स्वास्थ्य डायरी

पाल्पा- पाल्पा अस्पतालमा रेबिजविरुद्ध प्रयोग हुने एन्टी–रेबिज भ्याक्सिन (एआरभी) अभाव भएपछि निःशुल्क खोप सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। खोप मौज्दात सकिएसँगै सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष अजय कर्मचार्यका अनुसार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, रूपन्देहीबाट नियमित रूपमा प्राप्त हुँदै आएको एआरभी खोप पछिल्ला तीन महिनादेखि आपूर्तिमा समस्या देखिएको छ। यसबीच अस्पतालले करिब एक लाख रुपैयाँ खर्च गरेर खोप खरिद गरी निःशुल्क सेवा सञ्चालन गर्दै आएको थियो। तर खरिद गरिएको खोप पनि सकिएपछि जेठ २६ गतेदेखि एआरभी सेवा पूर्ण रूपमा रोकिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अनुसार प्रदेश आपूर्ति केन्द्रबाट पुनः खोप प्राप्त भएपछि मात्र सेवा…

विस्तृतमा...

काठमाडौं- नेपालमा पहिलोपटक सन् २००४ (वि.सं. २०६१) मा चितवनबाट देखिएको डेंगु संक्रमण अहिले देशव्यापी स्वास्थ्य चुनौतीका रूपमा स्थापित भएको छ। हरेक वर्ष मनसुन सुरु भएसँगै संक्रमण बढ्ने क्रम दोहोरिन थालेपछि विज्ञहरूले डेंगुलाई अब ‘मौसमी प्रकोप’का रूपमा लिनुपर्ने बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार डेंगु अब आकस्मिक रूपमा देखिने रोग मात्र नभई नेपालमा नियमित रूपमा दोहोरिने मौसमी समस्या बनिसकेको छ। उनका अनुसार असार महिनादेखि संक्रमण बढ्न सुरु हुने, साउन–भदौमा तीव्र रूपमा फैलिने र असोज–कात्तिकमा चरम अवस्थामा पुग्ने प्रवृत्ति देखिएको छ। विगतका वर्षहरूमा पनि यही अवधिमा अस्पताल तथा स्थानीय तहमा डेंगुका बिरामीको चाप उल्लेख्य रूपमा बढ्ने…

विस्तृतमा...

काठमाडौं – औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि देशका ११ वटा तोकिएका स्वास्थ्य संस्था तथा फार्मेसीमा उपलब्ध रहेको जनाएको छ। मंगलबार सूचना जारी गर्दै विभागले क्यान्सर रोगीहरूको उपचारमा प्रयोग हुने सिस्प्लाटिन इन्जेक्सन र कार्बोप्लाटिन इन्जेक्सन लगायतका औषधि निश्चित स्वास्थ्य संस्थामार्फत वितरण भइरहेको जानकारी दिएको हो। विभागका अनुसार औषधि आवश्यक पर्ने बिरामीहरूले चिकित्सकको सक्कल पुर्जा (प्रेस्क्रिप्सन) सहित सम्बन्धित स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्न सक्नेछन्। साथै, औषधिको मौज्दात र वितरण प्रक्रियालाई व्यवस्थित बनाउन सम्बन्धित संस्थाहरूलाई स्पष्ट अभिलेख राख्न निर्देशन दिइएको छ। औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यद्वारा हस्ताक्षरित सूचनाअनुसार नेपालका विभिन्न सहरस्थित स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले चिकित्सा शिक्षा, चिकित्सक दर्ता, लाइसेन्स परीक्षा, डिजिटल अभिलेखीकरण तथा नियामक व्यवस्थासम्बन्धी १८ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। काउन्सिलले नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्षलाई पदेन सदस्यका रूपमा स्वागत तथा शपथग्रहण गराएको छ भने निवर्तमान अध्यक्षलाई धन्यवादसहित बिदाइ गरेको छ। नेपाल मेडिकल काउन्सिल ऐन तथा नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यवाहक अध्यक्ष डा. कुञ्जाड शेर्पाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। उक्त कार्यदललाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। बैठकले ‘एन्टी–क्व्याकरी गाइडलाइन २०८३’ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। कानुनी परामर्शपछि अन्तिम रूप दिएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पठाइने निर्णय गरिएको छ। काउन्सिलले…

विस्तृतमा...

नवलपुर – नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयले औषधिविहीन उपचार पद्धतिमार्फत हजारौँ बिरामीलाई सेवा प्रदान गर्दै आफूलाई देशकै नमुना प्राकृतिक स्वास्थ्य संस्थाका रूपमा स्थापित गरेको छ। विशेषगरी कोभिड–१९ महामारीका बेला भर्ना भएका ७८९ जना बिरामीको सफल उपचार गरेपछि चिकित्सालय थप चर्चामा आएको हो। गण्डकी प्रदेशको योग तथा प्राकृतिक चिकित्साको गौरवका रूपमा चिनिने यस चिकित्सालयमा नेपालका विभिन्न जिल्लामात्र नभई विदेशबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन्। कोभिड महामारीका क्रममा दुधे बालकदेखि ८९ वर्षसम्मका ज्येष्ठ नागरिकको समेत सफल उपचार गरिएको अस्पतालले जनाएको छ। चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाका अनुसार संस्थाले प्राकृतिक चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आहार चिकित्सा, जडीबुटी चिकित्सा, अनुसन्धानात्मक योग चिकित्सा,…

विस्तृतमा...

चितवन – चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ । अस्पतालका ‘इन्टरभेन्सनल रेडियोलोजिष्ट’ डा. विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा. डा. अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो । डा. साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी युवती खाना खान नसकेपछि तीन दिनअघि सिएमसी अस्पताल आएकी हुन् । परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो । कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न…

विस्तृतमा...

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव भएको छ । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा अभाव भएको दुई साता बितिसकेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सुदूरपश्चिममा निःशुल्क रूपमा सेवाग्राहीले उपलब्ध हुनुपर्ने खोप अभाव रहेको बताए । तर, उनले निजी स्वास्थ्य संस्थामा भने खोपको बिक्री वितरण भइरहेको बताए । ‘प्रदेश सरकारले खोप खरिदका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले दुई–तीन महिनायता त्यही खोपले सहजता भयो’, जोशीले भने । त्यसैगरी, प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र…

विस्तृतमा...

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) डा‍. विवेक पन्थीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले उनलाई स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो। कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा कार्यरत डा‍. पन्थीले गत चैत २६ गतेदेखि दुई दिनको भइपरी बिदा स्वीकृत गराएका थिए। तर बिदा अवधि सकिएपछि चैत ३० गतेदेखि उनी कार्यालयमा उपस्थित नभएको र कुनै जानकारीसमेत नगराई गैरहाजिर रहेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सम्बन्धित कार्यालय तथा स्थानीय तहमार्फत खोजतलास गर्दा पनि उनी सम्पर्कमा आउन सकेका छैनन्। त्यसपछि प्रहरी नियमावली, २०७१ (संशोधनसहित) मा व्यवस्था भएअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। यसैक्रममा…

विस्तृतमा...

काठमाडौँ – स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । आफैँ शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो । मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब रु एक करोड ७८ लाख ४४ हजार बेरुजु रकम रहेकाले उक्त रकम उठाउने तयारी थालेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्ने गरी काम सुरु गरिएको बताइन् । उनले बढी भएको रकम असुली गर्ने कार्य सुरु भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि…

विस्तृतमा...

काठमाडौं – सरकारले मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा पुनर्गठन गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था लागू भएको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गरिएपछि सचिवहरूको दरबन्दीसमेत पुनः समायोजन गरिएको हो। यसअनुसार यसअघि दुई सचिव रहने मन्त्रालयहरूमा अब एक जना मात्र सचिव राख्ने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअन्तर्गत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा लामो समयदेखि कायम रहेको स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ गरी दुई सचिव रहने संरचना पनि समाप्त भएको छ। नयाँ व्यवस्थापछि स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मन्त्रालयका एकमात्र सचिवका रूपमा…

विस्तृतमा...