काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ । अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अपनाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सिमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको बताए । “अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छौँ । तर पनि हामी नेपालमा भाइरसको सङ्क्रमणको प्रवेश नगरोस् भनेर उच्च सतर्कता अपनाएका छौँ”, उनले भने, “स्वास्थ्यकर्मी अभिमुखीकरणसहित उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायबारे पनि छलफल गरिएको छ ।”…
स्वास्थ्य डायरी
चितवन – नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३।१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ । यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३।५० प्रतिशत र बिडिएसतर्फ ८१।५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी, उक्त परीक्षामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना…
कञ्चनपुर- सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन्। कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन्। महाकाली प्रादेशीक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा.अर्जुन भट्टले आपूर्ति केन्द्रबाट रेबिजविरुद्धको खोप नआएपछि समस्या भएको बताए। “अस्पतालमा दैनिक ४०/५० जना बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन आउँछन्, हामीसँग खोप उपलब्ध छैन”, उनले भने, “जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन सकेको छैन।” धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ।…
ललितपुर – नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (एनसीएचआरसी) ले आफ्नो नवौं स्थापना दिवसका अवसरमा १ अर्ब रुपैयाँ लगानीमा विश्वस्तरीय सर्वाङ्गीण क्यान्सर उपचार केन्द्र निर्माण गर्ने घोषणा गरेको छ। अस्पतालले आगामी वर्षहरूमा रोबोटिक शल्यचिकित्सा, न्यूक्लियर मेडिसिनअन्तर्गत पेट–सिटी सेवा, क्याथल्याबलगायत अत्याधुनिक सुविधा एकै छतमुनि उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो। यसबाट नेपाली बिरामीले क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम हुने विश्वास अस्पतालको छ। अस्पतालका संस्थापक अध्यक्ष डा. सुदिप श्रेष्ठले नौ वर्षको यात्रामा संस्थाले हजारौं क्यान्सर बिरामीलाई उपचार सेवा प्रदान गर्दै विश्वासको केन्द्रका रूपमा आफूलाई स्थापित गरेको बताए। अबको विस्तार योजनाले नेपाललाई क्यान्सर उपचारको क्षेत्रीय गन्तव्य बनाउन सहयोग पुग्ने उनको भनाइ…
विराटनगर- स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगन गरेसँगै बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिरामीहरूलाई राहत दिने निर्णय गरेको छ । अस्पतालले उपचार सेवा लिइरहेका तथा सेवा लिन आउने सबै बिरामीका लागि जनरल ओपीडी (कन्सल्टेसन) शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको जनाएको छ । अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा सेवा प्रभावित भएपछि बिरामीहरूलाई सहज उपचार उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो । स्वास्थ्य बीमा बोर्डले गत जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका बीमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बिराट मेडिकल कलेजले ओपीडी शुल्क हटाएको हो ।
काठमाडौं- सरकारी अस्पतालहरूमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारी गरिएको छ । यस विषयमा स्वास्थ्य तथा जनसंख्या तथा खाद्य स्वच्छतामन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच छलफल भएको छ । छलफलका क्रममा सरकारी अस्पतालहरूमा थन्किएर रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गर्ने, तिनको अवस्था मूल्याङ्कन गर्ने तथा आवश्यक मर्मत सम्भार गरी पुनः प्रयोगमा ल्याउने विषयमा सहकार्य गर्ने सहमति भएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय आविष्कार केन्द्रमार्फत देशभरका सरकारी अस्पतालमा रहेका यस्ता उपकरणहरूको सूची तयार गरी चरणबद्ध रूपमा मर्मत गर्ने योजना अघि सारिएको छ । यसले स्वास्थ्य सेवामा देखिएको…
काठमाडौं- पछिल्ला पाँच वर्षमा मुलुकभर १ हजार ७ सय ५५ सरकारी स्वास्थ्य संस्था थप भएका छन्। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ सम्म देशभर सरकारी स्वास्थ्य संस्थाको संख्या ८ हजार ९ सय ७६ पुगेको छ। आर्थिक सर्वेक्षण २०७७ मा उक्त संख्या ७ हजार २ सय २१ रहेको थियो। फागुन २०८१ देखि फागुन २०८२ सम्म मात्रै २ सय ३० स्वास्थ्य संस्था थपिएको तथ्यांकमा उल्लेख छ। हाल देशभर अस्पताल ४ सय २०, प्राथमिक स्वास्थ्य केन्द्र १ सय ८१, स्वास्थ्य चौकी ३ हजार ६ सय ३, आयुर्वेदिक औषधालय ४ सय २६ र अन्य स्वास्थ्य संस्था ४ हजार ३ सय ४६ रहेका छन्। तुलनात्मक रूपमा…
सुर्खेत- कर्णाली प्रदेशका सुर्खेत, कालीकोट र जाजरकोट जिल्लामा दादुराको प्रकोप देखिएको छ। संक्रमित बिरामी भेटिएपछि सम्बन्धित जिल्लामा उपचार, खोप र नियन्त्रणका गतिविधि सुरु गरिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा तीन जना, जाजरकोटमा चार जना र कालीकोटमा चार जनामा दादुरा पुष्टि भएको हो। भारतबाट फर्किएका तथा विगतमा खोपबाट वञ्चित भएका बालबालिकामा संक्रमण देखिएको बताइएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौर क्षेत्रमा ज्वरो आएका बिरामीको परीक्षण गर्दा पाँचमध्ये तीन जनामा दादुरा पुष्टि भएको थियो। थप नमुनाहरू पनि पोजेटिभ देखिएपछि संक्रमितलाई घरमै आइसोलेसनमा राखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक धनबहादुर बुढाले जानकारी दिनुभयो। संक्रमितमध्ये १० महिनादेखि १५ वर्षसम्मका बालबालिका रहेका…
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा स्वास्थ्य सम्बन्धी निकायहरूमा रिक्त पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिललगायत निकायमा रिक्त पदाधिकारीका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो। त्यस्तै बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका पदाधिकारी पदहरू तथा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक पदका लागि पनि आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता…
मोरङ- रंगेली अस्पतालले ओपीडी सेवा सञ्चालन हुने समयमा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) हरूलाई अस्पताल परिसरमा प्रवेश गरी चिकित्सकहरूलाई भेट्न रोक लगाएको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने ओपीडी सेवाको समयमा एमआरहरूलाई अस्पताल प्रवेश गर्न नपाइने जनाएको हो। अस्पताल प्रशासनका अनुसार उक्त व्यवस्था सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो। ओपीडी समयमा चिकित्सकहरू बिरामीको उपचारमा व्यस्त रहने भएकाले सेवा प्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनामा सम्बन्धित सबै एमआर तथा सरोकारवालालाई उक्त व्यवस्था पालना गर्न अनुरोध गरिएको छ।

