स्वास्थ्य डायरी

कैलाली- सिकलसेल थालासेमियाबाट लामो समयदेखि ग्रसित कैलाली टीकापुरकी अनुपा चौधरीले सानैदेखि अनेकौँ कष्टकर समस्या भोग्दै आएकी छन्। आर्थिक हिसाबले सबल परिवारमा हुर्किएकी अनुपालाई निको पार्न परिवारले बाल्यकालमा धेरै उपचार गरे। नेपालमा रोग पत्ता नलागेपछि बुबाले उपचारका लागि पटक-पटक भारतसमेत पुर्‍याए। तर, लामो समयसम्म रोगको पहिचान हुन सकेन। पछि बाँकेको भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन एवं सिकलसेल एनिमियाका क्लिनिकल प्रोटोकल डेभलपमेन्ट विज्ञ डा राजन पाण्डेलाई भेटेपछि मात्र उनलाई सिकलसेल थालासेमिया भएको पुष्टि भयो र सही उपचार सुरु भयो। नियमित रगत चढाउनुपर्ने र अस्पतालमै बस्नुपर्ने बाध्यताका कारण अनुपाले विगतमा ठूलो मानसिक तनाव झेल्नुपर्‍यो। रोग निदान भएपछि उनले सेती प्रादेशिक अस्पताल र भेरी…

विस्तृतमा...

काठमाडौँ – ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष जुन २१ तारिखमा मनाइने अन्तर्राष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसङ्घको महासभाको सन् २०१४ को निर्णयअनुसार सन् २०१५ जुन २१ देखि विश्वभर सुरु गरिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योगलाई विश्वव्यापी रूपमा मनाउनुपर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन जनाएपछि युरोपियन युनियनलगायत धेरै राष्ट्रहरूले समर्थन गरेका थिए। छोटो समयमै १७७ देशले समर्थन जनाउँदै यो दिवस संयुक्त राष्ट्रसङ्घबाट अनुमोदन पाएको थियो, जुन एक कीर्तिमानका रूपमा समेत उल्लेख गरिएको छ।…

विस्तृतमा...

काठमाडौँ – निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै उक्त पदका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो। मन्त्रालयका अनुसार कार्यकारी निर्देशक नियुक्ति निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ तथा विनियमावली, २०७७ बमोजिम गरिनेछ। इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ। सूचनाअनुसार आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै सोही क्षेत्रमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको…

विस्तृतमा...

काठमाडौँ- विगत दुई महिनादेखि क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव झेलिरहेका बिरामीका लागि राहतको खबर आएको छ। औषधि व्यवस्था विभागले किमोथेरापीमा प्रयोग हुने औषधिहरूको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार हाल सीमित स्थानमा मात्रै उपलब्ध गराइँदै आएका क्यान्सर उपचारका औषधि अब देशभर सहज रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ। उनले औषधिको आयात प्रक्रिया सहज बनाएर बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउने तयारी भइरहेको बताए। ‘औषधिको अभावका कारण बिरामीलाई सहजता होस् भनेर केही अस्पताल र फार्मेसीलाई तोकेर औषधि उपलब्ध गराउने व्यवस्था गरिएको थियो,’ बज्राचार्यले भने, ‘अब आयात प्रक्रिया सहज बनाएर देशभर आवश्यक…

विस्तृतमा...

काठमाडौँ – गर्मीयामसँगै सर्पदंशका घटना बढ्न थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। तापक्रम वृद्धि भएसँगै सर्पहरू दुलोबाट बाहिर निस्कने र मानिससँगको सम्पर्क बढ्ने भएकाले सर्पदंशका घटना बढेको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार चालु वर्षको साउनयता हालसम्म २७९ जना सर्पदंशका बिरामी अस्पतालमा उपचारका लागि पुगेका छन्। उनका अनुसार जेठ महिनामा २५ जना र वैशाखमा १० जना बिरामी सर्पदंशबाट प्रभावित भएका थिए। त्यस्तै साउन महिनामा ६६, भदौमा ७५, असोजमा ७०, कात्तिकमा २०, फागुनमा एक र चैतमा १२ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्। अधिकारीका अनुसार गर्मी बढेसँगै सर्पहरू…

विस्तृतमा...

दाङ – दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या देखिएको छ । गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्त अल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो । गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा तीन विद्यालयका ७०० बढी किशोरीको परीक्षण सम्पन्न भएको छ । जनता माध्यमिक विद्यालय, शुभतारा इङ्लिस बोर्डिङ स्कुल र ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुल गरी तीन विद्यालयका ७४५ किशोरीको परीक्षण गर्दा ५३७ जनामा रक्त अल्पता देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिस्ट उज्ज्वलकुमार पौडेलले जानकारी दिए। गढवा…

विस्तृतमा...

काठमाडौं- ह्याम्स अस्पतालका अध्यक्ष आर.एस. भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। काठमाडौंमा आयोजित ‘१८औँ कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ समारोहका क्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उनले पुर्‍याएको नेतृत्वदायी भूमिका, व्यावसायिक दक्षता तथा देशको व्यावसायिक क्षेत्रमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गरिएको आयोजकले जनाएको छ। राज्यका विशिष्ट व्यक्तित्व, प्रतिष्ठित उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका अग्रणी व्यक्तिहरूको उपस्थितिमा सम्पन्न समारोहमा भण्डारीलाई सम्मान हस्तान्तरण गरिएको थियो। सम्मान प्राप्तिपछि हेम्स अस्पताल परिवारले यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै उक्त सम्मानले संस्थालाई अझ जिम्मेवार बनाएको जनाएको छ। अस्पतालका अनुसार…

विस्तृतमा...

काठमाडौं- देशभर रेबिजविरुद्धको भ्याक्सिन (खोप) को माग तीव्र रूपमा बढेपछि आपूर्ति व्यवस्थापनमा चुनौती देखिएको छ। पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसक्दा केही स्वास्थ्य संस्थाहरूले आफ्नै स्रोतबाट खोप खरिद गरेर सेवा सञ्चालन गर्नुपरेको अवस्था आएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार चालु आर्थिक वर्षमा खरिद गरिएको खोपको परिमाणभन्दा खोप लगाउनेको संख्या उल्लेख्य रूपमा बढेपछि अहिले अभावको अवस्था सिर्जना भएको हो। रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्ने अधिकांश बिरामी कुकुरले टोकेका हुने गरेका छन्। अस्पतालहरूमा कुकुर, बाँदर, बिरालो, स्याल, भालु, चितुवा तथा अन्य जनावरको टोकाइपछि खोप लगाउन आउनेहरूको संख्या बढ्दो क्रममा रहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का ओपीडी इन्चार्ज शंकर…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड र चिकित्सकको जिम्मेवारीलाई लिएर नेपाल मेडिकल काउन्सिल (एनएमसी) र निजी अस्पताल तथा मेडिकल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स नेपाल (एफिन) बीच नयाँ बहस सुरु भएको छ। काउन्सिलले चिकित्सकहरूलाई कानुनविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थाबाट सचेत रहन आग्रह गरेपछि एफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले त्यसको सार्वजनिक रूपमा प्रतिवाद गरेका छन्। असार ५ गते जारी विज्ञप्तिमा मेडिकल काउन्सिलले केही स्वास्थ्य संस्थाहरूले स्वीकृत बेड क्षमता तथा अनुमति प्राप्त सेवाको दायराभन्दा बाहिर गएर सेवा सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यस्ता संस्थामा काम गर्दा चिकित्सक स्वयं कानुनी तथा नैतिक जोखिममा पर्न सक्ने चेतावनी दिएको थियो। काउन्सिलले कुनै पनि…

विस्तृतमा...

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ विपरीत सेवा सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै चिकित्सकहरूलाई सचेत रहन आग्रह गरेको छ। काउन्सिलले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही स्वास्थ्य संस्थाहरूले आफ्नो स्वीकृत बेड क्षमता तथा अनुमति प्राप्त सेवाको दायराभन्दा बाहिर गएर अनाधिकृत रूपमा विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिरहेको पाइएको उल्लेख गरेको छ। त्यस्ता संस्थामा कार्यरत कतिपय चिकित्सकहरू संस्थाको वास्तविक अवस्था र कानुनी हैसियतबारे पर्याप्त जानकारी नहुँदा क्षेत्राधिकार बाहिरका सेवामा समेत संलग्न भइरहेको तथ्य प्राप्त भएको काउन्सिलले जनाएको छ। विज्ञप्तिअनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २१ र २२ बमोजिम तोकिएको मापदण्डअनुसार…

विस्तृतमा...