भक्तपुर – डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै समस्या हुन्छ कि हुँदैन ? क्यान्सर रोग निको भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन ? क्यान्सर निको भएपछि पहिला जस्तै जीवन जिउँन सकिन्छ ? सूर्यविनायक नगरपालिकाले आयोजना गरेको क्यान्सर रोगसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका व्यक्तिहरूले यी र यस्ता धेरै प्रश्नहरु क्यान्सर रोग विशेषज्ञसमक्ष राखे । नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा सम्पन्न कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा उज्ज्वल चालिसेसँग क्यान्सर रोगसँग सङ्घर्ष गरिरहेका, क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका र हाल किमोथेरापी तथा अन्य उपचार प्रक्रियामा रहेका बिरामीले पीडादायक भोगाइ राखेका थिए।…
स्वास्थ्य डायरी
चितवन – भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको छ। सेवा बन्द भएपछि अस्पतालले बिरामीलाई निजी अस्पतालमार्फत सिटी स्क्यान गराउने व्यवस्था मिलाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्व बगालेका अनुसार बिरामीले भरतपुर अस्पतालमै बिलिङ गरेपछि अस्पतालकै गाडीमार्फत निजी अस्पताल लगेर सिटी स्क्यान गराइने र पुनः अस्पताल फर्काइने व्यवस्था गरिएको छ। उनका अनुसार स्वास्थ्य बीमाअन्तर्गतका बिरामीको शुल्क बीमामार्फत नै व्यवस्थापन गरिनेछ भने अन्य बिरामीले अस्पतालमै आवश्यक शुल्क तिर्नुपर्नेछ। अस्पतालले निजी अस्पतालसँग समन्वय गरेर सरकारी दररेटमै सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ। निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीका अनुसार भरतपुरका पाँच निजी अस्पतालले आलोपालो रूपमा…
काठमाडौं – कुकुरको टोकाइबाट सर्ने घातक रेबिज रोगविरुद्धको एन्टिरेबिज भ्याक्सिन (एआरभी) देशभर अभाव भएको छ। सरकारले समयमै खोप खरिद गर्न नसक्दा सरकारी स्वास्थ्य संस्थाहरूमा खोपको संकट देखिएको हो। सरकारले हरेक वर्ष रेबिजबाट बचाउन करिब तीन लाखभन्दा बढी मात्रा खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको थियो। तर यस वर्ष खरिद प्रक्रिया लम्बिँदा देशभरका अस्पतालमा खोप अभाव भएको स्वास्थ्यकर्मीहरू बताउँछन्। काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जहाँ दैनिक करिब दुई सय जना कुकुरले टोकेपछि खोप लगाउन पुग्ने गर्छन्, त्यहाँसमेत खोप अभाव देखिएको छ। खोप लगाउन आएका केही बिरामी खोप नपाएर फर्किनुपरेको गुनासो गरेका छन्। अस्पतालका मेडिकल…
काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा विशेष अदालतबाट सफाइ पाएपछि पुनः मन्त्रालय फर्किएकी छन्। म्यामोग्राफी मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि डा. मिश्रा सोमबारदेखि मन्त्रालयमा उपस्थित भएर नियमित हाजिरी सुरु गरेकी हुन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले डा. मिश्राले आजदेखि मन्त्रालयमा हाजिरी गरेको पुष्टि गरे। विशेष अदालतले सोमबार उक्त मुद्दामा फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. मिश्रासहित आठ जनालाई आरोपबाट सफाइ दिएको थियो। सफाइ पाउने अन्य व्यक्तिहरूमा विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाल रहेका छन्। अदालतको फैसलासँगै डा. मिश्रा पुनः मन्त्रालयको…
काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पतालहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ । बोर्डले असार ८ गते गरेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४१९ रुपैयाँ ३५ पैसा बराबरको दाबी रकम भुक्तानी तथा पेश्की फर्छ्यौट गरिएको जनाएको छ । अर्थ मन्त्रालयबाट असार ४ गते निकासा भएको बजेटका आधारमा सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्पप्रसाद गुरागाईंले जानकारी दिएका छन् । बोर्डका अनुसार आर्थिक वर्ष २०८१-०८२ र २०८२-०८३ को गरी कुल २७ अर्ब ८१ करोड ७० लाखभन्दा बढी दाबी…
काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक पुरुषको रेबिज सङ्क्रमणका कारण मृत्यु भएको छ। केही साताअघि कुकुरले टोकेपछि उनले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको छ। त्यसपछि रेबिजको सङ्क्रमण देखिएसँगै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। उपचारका लागि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो। अस्पतालमा उपचाररत अवस्थामा शनिबार उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार ती पुरुषले कुकुरले टोकेलगत्तै आवश्यक खोप नलगाएकाले पछि रेबिजको सङ्क्रमण विकसित भएको थियो। ‘उहाँले पहिलो टोकाइपछि रेबिजविरुद्धको भ्याक्सिन लगाउनुभएको रहेनछ। रेबिजको लक्षण देखिएपछि मात्रै अस्पताल आउनुभएको थियो,’ अधिकारीले भने, ‘उहाँको शनिबार मृत्यु भएको हो।’…
मानिसको मनभित्र चलिरहेको संघर्ष सधैं बाहिर देखिँदैन। कतिपय अवस्थामा एक व्यक्ति बाहिरबाट सामान्य देखिए पनि उसको मनभित्र यति ठूलो युद्ध चलिरहेको हुन्छ कि त्यसले जीवन र मृत्युबीचको दूरी समेत मेटाइदिन सक्छ। हालै उपचारका क्रममा भेटिएको एक युवकको घटनाले सिजोफ्रेनिया कति गम्भीर र खतरनाक हुन सक्छ भन्ने स्पष्ट देखाएको छ। एक दिन अस्पतालमा नियमित कामकै क्रममा मनोचिकित्सा विभागमा ईएनटी विभागबाट आकस्मिक परामर्शको अनुरोध आयो। जानकारी अनुसार एक युवकले आफ्नै घाँटी काटेका थिए। शल्यचिकित्सकहरूको टोली उनको जीवन बचाउन प्रयासरत थियो। तर सबैको मनमा एउटै प्रश्न थियो– आखिर उनले यस्तो किन गरे ? परिवारसँगको कुराकानीपछि उनको विगतको कथा विस्तारै खुल्दै गयो। परिवारका अनुसार…
काठमाडौँ – नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए । “सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ”, उनले भने, “बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।” अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
बागलुङ – बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो । गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्य संस्था सहयोग व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा अस्पतालले कुल ७१ प्रतिशत प्राप्ताङ्क हासिल गरेको उनले जानकारी दिए । अस्पतालको जग्गा व्यवस्थापन, भवन, फोहर व्यवस्थापन, अस्पतालको सेवा सुविधालगायत विवरणका आधारमा अस्पतालले सेवा प्रवाह, संस्थागत व्यवस्थापन र…
काठमाडौं – जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डेमाथिको कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धान प्रहरीले पूरा गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेठ २० गते धनुषाबाट पक्राउ गरेका पाण्डेसहित १२ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको हो। सीआईबीको अनुसन्धान अनुसार राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक पाण्डेले सेल कम्पनी तथा कृत्रिम व्यवसाय खडा गरेर प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेका थिए। महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनरी साइन्सेज प्रालि’ नामक कम्पनी स्थापना गरी बैंकबाट कर्जा लिएर उक्त रकम अन्य प्रयोजनमा प्रयोग गरिएको निष्कर्ष अनुसन्धानबाट निकालिएको छ। प्रहरीले जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डेसहित प्रभु…

