काठमाडौं – वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षामा विदेशीसहित विद्यार्थी भर्ना संख्या बढाउने तथा अन्य नीतिगत परिवर्तनहरू लागू गर्ने सरकारी तयारीप्रति गम्भीर आपत्ति जनाएका छन्। मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले नीति अनुसन्धान प्रतिष्ठानमार्फत तयार गरिएका भनिएका सुझावलाई सरकारले नीतिका रूपमा लागू गर्न खोजेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। उनले विगतका सरकारहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीले तोकेका मापदण्ड तथा पूर्वाधार पूरा नगरी निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजहरूमा उल्लेखनीय रूपमा सिट वृद्धि गरेको उल्लेख गर्दै त्यसलाई सच्याउन गरिएको आग्रह बेवास्ता गरिएको आरोप लगाए। डा. केसीले बजेट भाषणमै सिट वृद्धि सम्बन्धी विषय समावेश गरिनु र…
स्वास्थ्य डायरी
नेपालगञ्ज – औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले प्रत्यक्ष सूर्यको किरण पर्ने स्थानमा औषधि भण्डारण गर्ने फार्मेसी तथा औषधि पसललाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। शाखा कार्यालयले सूचना जारी गर्दै औषधि विक्रिवितरण संहिता, २०८० अनुसार औषधि सञ्चय गर्ने स्थानमा प्रत्यक्ष घाम नपर्ने तथा अत्यधिक तापबाट सुरक्षित रहने व्यवस्था अनिवार्य गरिएको जनाएको छ। कार्यालयका अनुसार हालै केही खुद्रा तथा थोक औषधि पसलको स्थलगत निरीक्षणका क्रममा औषधि भण्डारण गरिएका स्थानमा प्रत्यक्ष सूर्यको किरण परेको भेटिएको छ। यस्तो अवस्थामा राखिएका औषधिको गुणस्तरमा जोखिम उत्पन्न हुन सक्ने भएकाले त्यस्ता औषधि बरामद गर्ने गरिएको विभागले जनाएको छ। सूचनामा आगामी दिनमा पनि गैरजिम्मेवारीपूर्ण ढंगले प्रत्यक्ष…
काठमाडौं- पशु सेवा विभागले मुलुकका विभिन्न भागमा फैलिएको बर्ड फ्लु नियन्त्रणका लागि उच्च सतर्कतासहित काम भइरहेको जनाएको छ। विभागका अनुसार पछिल्लो तीन महिनामा देखिएको संक्रमण हालसम्म ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको छ। विभागले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार गत चैत ४ गते मोरङबाट सुरु भएको बर्ड फ्लु संक्रमण क्रमशः झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ उपत्यकाका तीनै जिल्ला तथा काभ्रेपलाञ्चोकसम्म फैलिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएका छन्। त्यस्तै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र करिब १ लाख ९५ हजार…
काठमाडौं – पछिल्ला केही दिनदेखि देशका विभिन्न स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव देखिएको गुनासो बढिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने सरकारी भण्डारण पूर्ण रूपमा रित्तिएको अवस्था नरहेको दाबी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही मात्रामा खोप मौज्दातमा रहेको र ती नियमित रूपमा प्रयोग भइरहेको बताए। तर हालको कुल मौज्दात कति छ भन्ने विस्तृत विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन। यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिनिधिसभामा दिएको विवरणअनुसार देशभर १४ हजार ४७४ भाइल रेबिज खोप मौज्दात रहेको उल्लेख गरिएको थियो। तर पछिल्ला दिनहरूमा विभिन्न अस्पतालमा खोप अभाव देखिएको गुनासो बढ्दै गएपछि आपूर्ति व्यवस्थामाथि प्रश्न उठ्न…
काठमाडौँ- आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुक नै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ। नेपाल मेडिकल काउन्सिलले वार्षिक रूपमा झन्डै दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गरे तापनि त्यतिकै सङ्ख्यामा विदेश जानका लागि चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ। काउन्सिलको तथ्याङ्क अनुसार सन् २०२५ मा २ हजार १२२ जनाले चिकित्सकको दर्ता प्रमाणपत्र लिएका थिए। अचम्मको कुरा त के छ भने, सोही वर्ष लाइसेन्स लिनेको सङ्ख्याभन्दा २६८ जना बढी अर्थात् २ हजार ३९० जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा…
काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आगामी असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आउने भएको छ। करिब छ महिनादेखि रोकिएको बीमा सेवा पुनः सुरु गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ। यसअघि माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको थियो। स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने करिब ५० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी नआएपछि सेवा स्थगित गर्नुपरेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले बताए। उनका अनुसार स्वास्थ्य बीमा अन्तर्गतको उपचार सेवा प्रदान गरेबापतको ठूलो रकम लामो समयसम्म भुक्तानी नहुँदा अस्पताल आर्थिक रूपमा प्रभावित भएको थियो। ‘अस्पतालले पाउनुपर्ने करिब ५० करोड रुपैयाँ भुक्तानी हुन बाँकी थियो। उक्त रकम नपाएपछि…
काठमाडौं- सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ। १०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचार तालिम प्रदान गरिएको छ। यस पहलबाट सर्वसाधारणले नजिकैका अस्पतालमै प्रारम्भिक जलन उपचार सेवा पाउने अपेक्षा गरिएको छ। मन्त्रालयले जलनसँगै प्लास्टिक सर्जरी तथा अन्य जटिल उपचारको आवश्यकता पर्ने भएकाले छुट्टै अस्पतालभन्दा सुविधा सम्पन्न अस्पतालमा विशेष युनिट स्थापना गर्नु प्रभावकारी हुने जनाएको छ। हालसम्म कान्तिबाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण…
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न परिषद्, अनुसन्धान निकाय तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका विभिन्न पदमा नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ। सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ। नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष…
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विज्ञान समितिको सभापतिमा नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष तथा महासंघका नवनिर्वाचित कार्यसमिति सदस्य विप्लव अधिकारी नियुक्त भएका छन्। महासंघको सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अधिकारीलाई समितिको सभापतिको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै अधिकारीले स्वास्थ्य तथा विज्ञानजस्तो संवेदनशील र महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर पाउनु गौरवको विषय भएको बताए। उनले विभिन्न सरोकारवाला निकाय, विज्ञ तथा व्यवसायिक समुदायसँग सहकार्य गर्दै परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्ज – नारायणी अस्पताल वीरगञ्जमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ । हिमोफिलिया सोसाइटी नेपाल तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा वीरगञ्ज क्षेत्रका हिमोफिलियाका बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले पहिलो पटक आइतबारदेखि सो केन्द्र सञ्चालनमा ल्याइएको हो । सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेलका अनुसार यसबाट अस्पतालमा उपचाररत करिब ४० हिमोफिलियाका बिरामीलाई थप सहजता हुने छ । उनले सोसाइटीले उपचारका लागि आवश्यक औषधि पनि हस्तान्तरण गरेको जानकारी दिए । साथै सोसाइटीले स्वास्थ्यकर्मीलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने ‘फ्याक्टर’ को प्रयोगसम्बन्धी व्यवहारिक प्रशिक्षण पनि दिएको छ । नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भएसँगै मधेस प्रदेशका पर्सा,…

