

काठमाडौं- ह्याम्स अस्पतालका अध्यक्ष आर.एस. भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। काठमाडौंमा आयोजित ‘१८औँ कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ समारोहका क्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उनले पुर्याएको नेतृत्वदायी भूमिका, व्यावसायिक दक्षता तथा देशको व्यावसायिक क्षेत्रमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गरिएको आयोजकले जनाएको छ।
राज्यका विशिष्ट व्यक्तित्व, प्रतिष्ठित उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका अग्रणी व्यक्तिहरूको उपस्थितिमा सम्पन्न समारोहमा भण्डारीलाई सम्मान हस्तान्तरण गरिएको थियो।
सम्मान प्राप्तिपछि हेम्स अस्पताल परिवारले यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै उक्त सम्मानले संस्थालाई अझ जिम्मेवार बनाएको जनाएको छ। अस्पतालका अनुसार यस उपलब्धिले आगामी दिनमा नेपाली नागरिकलाई थप आधुनिक, परिष्कृत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रेरणा र ऊर्जा प्रदान गरेको छ।
हेम्स अस्पतालले विगत लामो समयदेखि आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सक तथा दक्ष जनशक्तिमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको जनाएको छ।
अस्पतालका अनुसार अध्यक्ष भण्डारीको नेतृत्वमा हेम्सले स्वास्थ्य सेवा विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। यही योगदानको कदरस्वरूप उनलाई ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड २०२६’ प्रदान गरिएको हो।


