स्वास्थ्य डायरी

टीकापुर- टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरु क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह/समूह बनाइ खकार सङ्कलन अभियान तीव्र पारिएको छ । क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत पालिकाले जोखिममा रहेका समूहको समुदायमै गएर खकार सङ्कलन र परीक्षण थालेको हो । असार १ र २ गते अस्नेहरी सहरी स्वास्थ्य केन्द्र, असार २ र ३ गते टीकापुर–७ नयाँबस्तीमा परीक्षण शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले जानकारी दिए । “लगातार खोकी लागिरहेका मानिस क्षयरोगी हुनसक्छन, परीक्षण गर्नुपर्छ”, उनी भन्छन्, “सङ्क्रमित मानिसले रोग लुकाउने, तत्काल उपचारमा नजाने समस्याले समुदायमा जोखिम बढ्दै गएको छ ।” नेपालमा क्षयरोगमुक्त पालिका बनाउन स्थानीय तह, समुदाय, स्वास्थ्य…

विस्तृतमा...

कास्की- निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ । निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए । “स्वास्थ्य उपपचारका सम्बन्धमा निजामती अस्पतालसँग एक साताअघि सम्झौता भएको थियो । त्यसपछि केही व्यवस्थापनको काम बाँकी सकेर अहिले सेवा दिन सुरु गरेका छौँ”, सूचना अधिकारी अर्यालले भने । यस व्यवस्थाअनुसार निजामती कर्मचारी र उनीहरूका परिवारले ओपिडी, भर्ना, प्रयोगशाला परीक्षण, शल्यक्रिया तथा अस्पताल उपलध रहेका…

विस्तृतमा...

काठमाडौं – सरकारले औषधीको मूल्य समायोजन गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै एक साताभित्र औषधी परामर्श परिषद्को बैठक बोलाइने र मूल्य समायोजन प्रक्रियालाई अघि बढाइने जानकारी दिइन्। सांसदहरूले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावबारे प्रश्न उठाएपछि मन्त्री मेहताले सरकारले यसअघि ११७ प्रकारका औषधीको मूल्य निर्धारण गरेको स्मरण गराउँदै तीमध्ये कार्बोप्लाटिन र सिस्प्लाटिन पनि रहेको बताइन्। उनका अनुसार ती औषधीको मूल्य करिब एक दशकदेखि समायोजन नभएको छ। “विश्व बजारमै यी औषधीको अभाव भइरहेको अवस्थामा पुरानो मूल्य कायम रहँदा आपूर्तिमा थप समस्या देखिएको छ,” मन्त्री मेहताले भनिन्, “त्यसैले…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य बीमा प्रणालीमा सुधार ल्याउन विभिन्न नीतिगत परिवर्तनका विषयमा काम भइरहेको जानकारी दिइन्। उनले यस प्रक्रियामा सांसदसहित सरोकारवाला सबै पक्षबाट आवश्यक सुझाव र सहयोगको अपेक्षा समेत व्यक्त गरिन्। मन्त्री मेहताका अनुसार आधारभूत स्वास्थ्य सेवालाई स्वास्थ्य बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रमा अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने तथा सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई हालको स्वास्थ्य बीमा प्रणालीमा समाहित…

विस्तृतमा...

काठमाडौं – नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले देशभर क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रीले संसदलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद थपलियाले क्यान्सरका बिरामीहरूले औषधि अभावका कारण उपचारमा गम्भीर समस्या भोगिरहेको बताइन्। यसअघि स्वास्थ्य मन्त्रीले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएको जानकारी आए पनि बिरामीहरूले अझै औषधि नपाएको गुनासो गरिरहेको उनको भनाइ थियो। उनले हाल सिस्प्लाटिन नेपालका कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ भन्ने जानकारी तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरिन्। साथै यस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव भविष्यमा दोहोरिन नदिन सरकारको तत्कालीन तथा…

विस्तृतमा...

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिएअनुसार सेवामा खटाउन अनुरोध गरेको छ। आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई सोमबार पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आयोगमा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रही सेवामा खटाउने व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिएका छन्। त्यसैगरी, आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नसिप भत्ता विभिन्न शिक्षण संस्थामा समान नभई कतिपय मेडिकल कलेजको इन्टर्नसिप भत्ता अति न्यून रहेको भन्ने गुनासो आएको जनाएको छ। आयोगले गुनासोका सम्बन्धमा मेडिकल कलेजले आफ्नो…

विस्तृतमा...

हुम्ला- हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति सेवा सञ्चालनमा नआउँदा स्थानीय महिला अझै पनि जोखिमपूर्ण अवस्थामा घरमै सुत्केरी हुन बाध्य भएका छन्। बर्थिङ सेन्टर स्थापना भएको झन्डै आठ वर्ष बितिसक्दा पनि सरकारी स्वीकृतिको अभावमा सेवा सुरु हुन नसकेको गुनासो स्थानीयको छ। जिल्लाकै दुर्गम बस्तीमध्ये एक मानिने मासपुरमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीसहित तीन जनाको दरबन्दी भए पनि अधिकांश समय एक जना स्वास्थ्यकर्मीले मात्रै सेवा दिँदै आएको स्थानीय बताउँछन्। सीमित जनशक्ति र न्यून स्वास्थ्य सुविधाका कारण मातृ तथा शिशु स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ। २६ घरधुरी रहेको मासपुर गाउँका बासिन्दासँगै कुवाडीखोलापारि पर्ने बाजुराको बौडी…

विस्तृतमा...

काठमाडौँ- सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन् । पोर्टलमा अद्यावधिक गरिएको जानकारीअनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल २३ हजार ४५६ वटा शैय्या उपलब्ध छन् । सो सङ्ख्याको १० प्रतिशतअर्थात् दुई हजार ३५६ शैय्या पूर्णतः निःशुल्क उपलब्ध छन् । उपलब्ध कुल निःशुल्क शैय्यामध्ये हाल ३५४ शैय्यामा बिरामी छन् । यसरी तत्काल…

विस्तृतमा...

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो । नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो…

विस्तृतमा...

काठमाडौं – बजारमा अभाव देखिएको प्लेटिनम–आधारित औषधि कार्बोप्लाटिन अब काठमाडौं, भक्तपुर र चितवनका तोकिएका वितरण केन्द्रमार्फत सहज रूपमा उपलब्ध हुने भएको छ। यति फार्माकेम डिष्ट्रिब्युटर्स प्रालिले औषधि व्यवस्था विभागलाई पत्राचार गर्दै उक्त औषधि विभिन्न स्थानका सम्पर्क व्यक्तिहरूको समन्वयमा उपलब्ध गराइने जानकारी दिएको हो। कम्पनीका अनुसार चितवनस्थित ए प्लस मेडिको, भक्तपुरस्थित वाशा मेडिकेयर प्रा.लि. तथा काठमाडौंस्थित यतिकेम डिष्ट्रिब्युटर्समार्फत कार्बोप्लाटिन उपलब्ध गराइनेछ। सम्बन्धित सम्पर्क व्यक्तिहरूसँग समन्वय गरी औषधि सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको पत्रमा उल्लेख छ। औषधि अभावको अवस्था देखिएपछि वितरण प्रणालीलाई सहज बनाउन तथा आवश्यक औषधि उपलब्ध गराउने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यति फार्माकेम डिष्ट्रिब्युटर्स प्रा.लि.ले…

विस्तृतमा...