काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको संक्रमण उच्च जोखिममा रहेका जिल्लाहरूमा विशेष खोप अभियान सञ्चालन गरेको छ। दादुराको फैलावट नियन्त्रण गर्न स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ अघि बढाएको हो। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार हाल जाजरकोट, सुर्खेत, कालिकोट, महोत्तरी, बागलुङ र सिराहामा अभियान सञ्चालन भइरहेको छ। यो अभियान यसै सातासम्म जारी रहनेछ। सर्लाहीमा भने यसअघि नै खोप अभियान सम्पन्न भइसकेको छ। यस्तै अछाम र दैलेखमा हालसम्म दुई जनामा मात्र दादुरा संक्रमण पुष्टि भएकाले तत्काल विशेष खोप अभियान सञ्चालन गर्नुपर्ने अवस्था नरहेको डा. गौतमले बताए। उच्च…
स्वास्थ्य डायरी
नारायणगढ – चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ । देशको मध्यभागमा अवस्थित तथा सडक सञ्जालमार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएकाले भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । पछिल्ला दिनमा अस्पतालको बहिरङ्ग ९ओपिडी० सेवामा बिहानैदेखि अत्यधिक भीड हुन थालेपछि अस्पतालले पटकपटक सूचना जारी गर्दै सेवा दिनभर उपलब्ध रहने भएकाले बिहानै लाइनमा बस्न आवश्यक नरहेको जनाएको छ । अस्पतालका अनुसार हाल दैनिक तीन हजारदेखि तीन…
नेपालगन्ज – यातायात व्यवस्था कार्यालय नेपालगन्जमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा नवीकरणका लागि आवश्यक पर्ने मेडिकल परीक्षणमा अनियमितता गरेको आरोपमा प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आवश्यक प्रक्रिया पूरा नगरी तथा आधिकारिक मेडिकल जाँचबिना नै ‘निरोगिताको प्रमाणपत्र’ वितरण गरिएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरका अनुसार चालक अनुमतिपत्र लिन तथा नवीकरणका लागि आवश्यक मेडिकल जाँच आधिकारिक चिकित्सकमार्फत हुनुपर्ने व्यवस्था भए पनि नियमविपरीत रकम लिएर प्रमाणपत्र जारी गरिएको पाइएको छ। प्रहरीका अनुसार २०० रुपैयाँ लिएर निरोगिताको प्रमाणपत्र वितरण भइरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली परिचालन गरी निगरानी गरिएको…
कंगो- प्रजातान्त्रिक गणतन्त्र कंगो(डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ। इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार २६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको छ। यसले सङ्क्रमणको मृत्यु दर २३.८ प्रतिशत पुर्याएको छ। आइतबारसम्म कुल ३६३ बिरामीहरू आइसोलेसनमा रहेका थिए भने ४८ बिरामीहरू प्रकोप सुरु भएदेखि निको भएका थिए। इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ। बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको…
डडेल्धुरा- गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आफ्नै पालिकामा चिकित्सकीय सेवा पाउन थालेका छन्। एमबीबीएस चिकित्सकसहित सेवा सुरु भएको उक्त अस्पताल डडेल्धुरा जिल्लामा स्थानीय तहबाट सञ्चालनमा आएको पहिलो आधारभूत अस्पताल बनेको छ। संघीय सरकारले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति ल्याएपछि गन्यापधुरामा पनि अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको थियो। निर्माण सम्पन्न भएसँगै अस्पतालले गत वैशाख १६ गतेदेखि औपचारिक रूपमा सेवा दिन थालेको हो। यसअघि सामान्य स्वास्थ्य चौकीको सीमित सेवामा निर्भर स्थानीयले अब क्रमशः विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै गाउँपालिकाबाट पाउने अपेक्षा गरेका छन्। अस्पताल सञ्चालनमा आएपछि…
काठमाडौँ- विगतमा भुक्तानी लगायतको समस्या झेलिरहको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले काम सुरु गरेको छ । यसको पहिलो चरणमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीसहित प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मी तथा अधिकारीसँग बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आवश्यक वर्गको पहुँचमा पुरयाउने र बिमाको दाबी रकम भुक्तानीलाई समस्यारहित बनाउने उपायहरुबारे छलफल गरेको थियो । छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सरकारले बिमा कार्यक्रको पुनःसंरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृहकार्य गरिरहेको जानकारी दिइन् । “स्वास्थ्य बिमा कार्यक्रम अत्यन्त आवश्यक भएको वर्ग कुन हो भनेर छुट्याउनुपर्छ, त्यसका लागि…
काठमाडौं – केही वर्षअघिसम्म नेपालमा मनोचिकित्सक (साइकाइट्रिस्ट) लाई ‘बौलाहाको डाक्टर’ भनेर हेप्ने र मानसिक रोगलाई लुकाउने प्रवृत्ति व्यापक थियो। मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई ‘पागल’ को संज्ञा दिइन्थ्यो र अस्पताल पुर्याउन परिवारसमेत हिच्किचाउने गर्थे। तर समय परिवर्तनसँगै मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना बढ्न थालेको छ। बीएण्डबी अस्पतालकी वरिष्ठ मनोचिकित्सक डा. नम्रता प्रधान भने अझै पनि समाजमा मानसिक रोगप्रतिको भ्रम र कलंक पूर्ण रूपमा हट्न नसकेको बताउँछिन्। नौ वर्षदेखि मनोचिकित्सकका रूपमा कार्यरत उनी आफूले यो विषय अध्ययन गर्न थालेका बेला समेत मानिसहरूले साइकाइट्रिस्टलाई ‘बौलाहाको डाक्टर’ भनेर होच्याउने गरेको सम्झन्छिन्। “मैले साइकाइट्री पढ्न थालेको बेला पनि मानिसहरूले विभिन्न टिप्पणी गर्थे। तर अहिले आएर…
काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर मौसमजन्य तथा सरुवा रोगका बिरामीको संख्या बढ्न थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो साप्ताहिक निगरानी बुलेटिनले वर्षायामसँगै विभिन्न रोगको संक्रमण फैलिरहेको देखाएको छ। महाशाखाका अनुसार पछिल्लो एक सातामा देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका कुल १ हजार ८१५ जना बिरामी दर्ता भएका छन्। तीमध्ये तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी सबैभन्दा बढी रहेका छन्। एक साताको अवधिमा मात्रै ८६१ जना झाडापखालाबाट प्रभावित भएका छन्। त्यसैगरी इन्फ्लुएन्जा जस्तो लक्षण देखिने रोग (इन्फ्लुएन्जा लाइक इलनेस) का ४४२ जना तथा गम्भीर श्वासप्रश्वास संक्रमण (सिभियर एक्युट…
काठमाडौं- नेपाली औषधि उद्योगमा गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा सक्रिय एमडीएच फार्मास्युटिकल्स प्रालिले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘गुणस्तर उपलब्धि पुरस्कार–२०२६’ प्राप्त गरेको छ। बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित युरोपेली गुणस्तर अनुसन्धान समाज (ईएसक्यूआर) को अन्तर्राष्ट्रिय गुणस्तर सम्मेलन तथा पुरस्कार समारोहमा कम्पनीलाई स्वर्ण श्रेणी अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार गुणस्तरप्रतिको प्रतिबद्धता, अनुसन्धान तथा विकास, नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा अन्तर्राष्ट्रियस्तरको गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयनका आधारमा एमडीएचलाई उक्त सम्मान प्रदान गरिएको हो। विगत २२ वर्षदेखि नेपालमा पशु स्वास्थ्यसम्बन्धी औषधि तथा पशु आहार पूरक पदार्थ उत्पादन गर्दै आएको एमडीएच फार्मास्युटिकल्स स्वदेशी उद्योगमध्ये अग्रणी मानिन्छ। कम्पनीले पशुपालन तथा कृषि क्षेत्रका लागि आवश्यक…
काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा राजधानीका ठूला सरकारी अस्पताल तथा कलेजका क्यान्टिनहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा विभिन्न खाद्य स्वच्छता तथा व्यवस्थापनसम्बन्धी कमजोरी फेला परेपछि सम्बन्धित व्यवसायीहरूलाई सुधारका लागि निर्देशन दिइएको छ । विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार यो साताभर गरिएको संयुक्त अनुगमनका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा सञ्चालित ‘एमबी चमेना गृह’ को निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा केही पकाइएका खाद्य पदार्थ खुला रूपमा राखिएको, कीट नियन्त्रणका लागि बाह्य कम्पनीलाई जिम्मेवारी दिइए पनि प्रभावकारी रूपमा पेस्ट कन्ट्रोल नभएको तथा फोहरदानीको उचित प्रयोग नगरिएको पाइएको विभागले…

