चितवन – भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा अस्पतालले ८९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। गत आर्थिक वर्ष ८८ अंक प्राप्त गरेको भरतपुर अस्पतालले यस वर्ष एक अंक सुधार गर्दै ८९ अंकसहित ग्रिन जोनमा आफ्नो स्थान कायम राखेको छ। मूल्यांकनअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अंकसहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो स्थानमा रहेका छन्। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा अस्पतालले सेवा…
स्वास्थ्य डायरी
कैलाली- एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन्। सङ्क्रमित भनेपछि समाजले अझै हेलाको दृष्टिले हेर्ने भएकाले आफू बसेको भन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको उनीहरु बताउँछन्। लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउछिन्। लम्कीचुहा अस्पतालमा पनि एआरटी सेन्टर सञ्चालनमा छ तर त्यहाँ गए समाजमा पहिचान खुल्ने भएकाले टीकापुर आउने गरेको उनी बताउछिन्। “श्रीमान् एचआइभीकै कारण बित्नुभयो, मलाई त केही भएको छैन भनेकी छु”, उनी भन्छिन्, “थाहा पाएमा समाजले सरसापटी पनि गर्दैनन्, त्यसैले आफन्तको घर जाँदैछु भनेर टीकापुर अस्पतालमा आएर सेवा लिन्छु।” टीकापुर अस्पतालमा…
काठमाडौं – गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुङ्गेल ‘रोटरी जोर्नो अवार्ड–२०२६’बाट सम्मानित भएका छन्। स्वास्थ्य पत्रकारितामार्फत जनस्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण मुद्दा उजागर गर्दै नागरिकलाई तथ्यपरक सूचना प्रवाह गर्न र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान)ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा ढुङ्गेललाई ‘रोग रोकथाम तथा उपचार’ विधामा उत्कृष्ट पत्रकार घोषणा गर्दै नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा अवार्ड प्रदान गरेको हो। उनीलाई रोटरी इन्टरनेसनलका निर्देशक वासुदेव गोल्यान र डिस्ट्रिक्ट गर्भनर बिनोद कोइरालाले संयुक्त रूपमा सम्मान गरेका थिए। ढुङ्गेलले लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनचासोका विषयमा निरन्तर कलम चलाउँदै आएका…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् । खोप प्रदान गर्दै उनले भनिन्, ‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । खोपको अभावले आउने विपद्को सामनाका लागि प्रतिकार्य हो ।’ उनले रेबिज जोखिमको कुरा गर्दै भनिन्, ‘जनावरले टोकेपछि उपचारका लागि जाने अस्पताल नै सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिए पछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन…
काठमाडौं- बिरामीका आफन्तले आवश्यक रगतको खोजीमा एउटा अस्पतालबाट अर्को अस्पताल धाउनुपर्ने समस्या अब धेरै हदसम्म कम हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालनमा ल्याएको नि:शुल्क स्वास्थ्य पोर्टल अन्तर्गत ‘रक्त सूचना पोर्टल’ सुरु भएपछि काठमाडौं उपत्यकाभित्र उपलब्ध रगतको विवरण घरमै बसेर अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको हो। नयाँ प्रणालीमार्फत सेवाग्राहीले आफूलाई आवश्यक पर्ने रक्त समूह तथा त्यससँग सम्बन्धित रक्त घटक (ब्लड कम्पोनेन्ट) कुन अस्पताल वा रक्त सञ्चार सेवा केन्द्रमा कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी तत्काल प्राप्त गर्न सक्नेछन्। मन्त्रालयका अनुसार यसले विशेषगरी आकस्मिक अवस्थामा रगत खोज्न लाग्ने समय, सास्ती र अन्योललाई उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ। स्वास्थ्य मन्त्रालयका…
काठमाडौं- भारतीय प्राकृतिक चिकित्सा तथा योग स्नातक चिकित्सक संघ (इन्डियन नेचुरोप्याथी एन्ड योग ग्राजुएट्स मेडिकल एसोसिएसन–आईएनवाईजीएमए) ले बीएनवाईएस (बैचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज) चिकित्सक डा. चेतना पौडेल पक्राउ परेको घटनाप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. पौडेललाई ‘नक्कली प्रमाणपत्र’ प्रयोग गरेको तथा ‘डा.’ उपाधि प्रयोग गरेको आरोपमा पक्राउ गरिएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा डा. पौडेल भारतको बेङ्गलुरुस्थित राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय (आरजीयूएचएस) अन्तर्गत एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेजबाट बीएनवाईएस अध्ययन पूरा गरेकी योग्य चिकित्सक रहेको उल्लेख गरिएको छ। उक्त कार्यक्रम पूर्णकालीन व्यावसायिक अध्ययन भएको र…
काठमाडौं- चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८३/८४ का लागि चिकित्सा शिक्षाको स्नातक, स्नातकोत्तर, स्पेसियालिटी तथा डीएम, एमसिएच र सब–स्पेसियालिटी तहको एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ को उपदफा (९) बमोजिम क्यालेन्डर स्वीकृत गरिएको जनाएको हो। आयोगले सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्था तथा स्वास्थ्य संस्थालाई स्वीकृत क्यालेन्डर अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। सार्वजनिक क्यालेन्डरअनुसार सबै तहका कार्यक्रमका लागि सेल्फ अप्राइजल फाराम भर्ने, भेरिफिकेशन, शिक्षण संस्थाको स्थलगत अनुगमन, सिट निर्धारण, आवेदन आह्वान, एकीकृत प्रवेश परीक्षा, नतिजा प्रकाशन, पुनर्योग, प्राथमिकताक्रम निर्धारण, म्याचिङ तथा भर्नालगायत सम्पूर्ण…
काठमाडौं – दम तथा दीर्घकालीन फोक्सो रोग (सिओपिडी) को उपचारमा प्रयोग हुने ‘सेरोफ्लो रोटाक्याप्स २५०’ सम्बन्धी नक्कली औषधि बरामद प्रकरणमा नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले औषधि व्यवस्था विभागको सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानको अन्तिम निष्कर्ष नआउँदै औषधि व्यवसायीहरूको नाम सार्वजनिक गर्नु प्राकृतिक न्यायको सिद्धान्त र व्यवसाय गर्ने संवैधानिक अधिकारविपरीत भएको जनाएको हो। विज्ञप्तिमा नक्कली औषधिको उत्पादन, आयात, वितरण वा बिक्रीमा संलग्न जोसुकैलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्नेमा संघको पूर्ण समर्थन रहेको उल्लेख गरिएको छ। तर, सम्बन्धित औषधि वास्तवमै काउन्टरफिट भएको विषय अनुसन्धानकै क्रममा रहेकाले व्यवसायीहरूको नाम सार्वजनिक गर्नु उचित नभएको संघको भनाइ…
काठमाडौं – मनसुन सुरु भएसँगै डेङ्गी संक्रमणको जोखिम बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले रोग नियन्त्रणका लागि १ हजार ६५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्ने भएको छ। महानगरको स्वास्थ्य विभागले असार महिनाभित्रै सबै वडामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने तयारी गरेको हो। यसका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। तालिमपछि प्रत्येक वडामा केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले थप ५० जनालाई प्रशिक्षण दिनेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह तथा अन्य सामुदायिक संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूह बनाइएको छ। तालिम पूरा गरेपछि उनीहरूलाई वडाका विभिन्न क्षेत्रमा परिचालन गरी डेङ्गी सार्ने…
काठमाडौं – दम (अस्थमा) तथा दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सिओपिडी) को उपचारमा व्यापक रूपमा प्रयोग हुने चर्चित औषधी ‘सेरोफ्लो रोटाक्याप्स’ को नक्कली संस्करण नेपाली बजारमा बिक्रीवितरण भइरहेको पाइएको छ। यससँगै औषधी व्यवस्था विभागले चिकित्सक, फार्मासिस्ट, अस्पताल, औषधी व्यवसायी र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार भारतीय औषधी उत्पादक कम्पनी सिप्ला लिमिटेडले उत्पादन गर्ने ‘सेरोफ्लो रोटाक्याप्स’सँग मिल्दोजुल्दो नक्कली औषधी बजारमा भेटिएको हो। विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सक्कली औषधी मात्रै सिफारिस, बिक्री तथा प्रयोग गर्न आग्रह गरेकी छन्। उनले शङ्कास्पद औषधी फेला परे तत्काल प्रयोग नगर्न र विभागलाई जानकारी गराउन अनुरोध गरेकी…

