

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विज्ञान समितिको सभापतिमा नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष तथा महासंघका नवनिर्वाचित कार्यसमिति सदस्य विप्लव अधिकारी नियुक्त भएका छन्।
महासंघको सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अधिकारीलाई समितिको सभापतिको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै अधिकारीले स्वास्थ्य तथा विज्ञानजस्तो संवेदनशील र महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर पाउनु गौरवको विषय भएको बताए। उनले विभिन्न सरोकारवाला निकाय, विज्ञ तथा व्यवसायिक समुदायसँग सहकार्य गर्दै परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


