स्वास्थ्य डायरी

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीविरुद्ध लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कमलेशप्रसाद यादवले गाली–बेइज्जती र धम्की दिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएका छन्। बुधबार दर्ता गरिएको जाहेरीमा मेयर शाहीले आफूलाई अस्पतालमा प्रवेश गर्न नदिने, अस्पताल आए गाली–बेइज्जती गर्ने तथा आफू रहेको स्थानमै आएर कारबाही गर्ने भन्दै धम्की दिएको उल्लेख गरिएको छ। डा. यादवका अनुसार असार ११ गते दिउँसो करिब ३ः१० बजे अस्पतालबाट फर्किएर निवासमा पुगेका बेला मेयर शाहीले फोनमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिएकी थिइन्। उक्त घटनाले आफ्नो मान–प्रतिष्ठामा आँच पुगेको, मानसिक तनाव सिर्जना भएको तथा सरकारी जिम्मेवारी निर्वाहमा समेत असर परेको उनले…

विस्तृतमा...

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सेवा प्रवाहलाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन ‘हेलो एनएमसी’ सुरु गरेको छ । काउन्सिलले डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझावका निम्ति पोर्टल सञ्चालनमा ल्याएको हो ।  काउन्सिलका अनुसार, अब सर्वसाधारण नागरिक तथा दर्तावाला चिकित्सकहरूले कार्यालयमा प्रत्यक्ष उपस्थित नभई अनलाइन माध्यमबाटै आफ्ना जिज्ञासा, गुनासो, उजुरी तथा सुझावहरू पठाउन सक्नेछन् । दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् । सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइटwww.nmc.org.np रहेको हेलो एनएमसी पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । काउन्सिलको आधिकारिक क्युआर कोड स्क्यान गरेर वा nmc@nmc.org.np मा इमेल गरेर पनि उजुरी तथा आवश्यक कागजात पठाउन…

विस्तृतमा...

काठमाडौं – प्राकृतिक चिकित्सा तथा योग क्षेत्रमा कार्यरत चिकित्सकहरूले बीएनवाइएस (बैचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज) अध्ययन गरेकी चिकित्सक डा. चेतना पौडेललाई पक्राउ गरिएको घटनाको विरोध गरेका छन्। उनीहरूले प्राकृतिक चिकित्सा अभ्यास गरिरहेका चिकित्सकमाथि एलोपेथिक चिकित्सा प्रणालीको मापदण्ड लागू गरेर कारबाही गर्न खोजिएको आरोप लगाएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चन्द्रागिरि नगरपालिका–८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतना ए.एम. (पौडेल) लाई गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ गरेको थियो। नेपाल मेडिकल काउन्सिलको अनुसन्धान प्रतिवेदनका आधारमा उनीविरुद्ध ‘इलाजसम्बन्धी कसुर’ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। नेपाल मेडिकल काउन्सिलले पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गरेको, नेपाल…

विस्तृतमा...

काठमाडौं – सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरका एक हजार ५४६ विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको सम्बन्धित महाशाखाकी निर्देशक हीरादेवी निरौलाका अनुसार विद्यालय तहका बालबालिकाको स्वास्थ्य परीक्षण, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि विद्यालयमा नर्स खटाउने व्यवस्था गरिएको हो। उनका अनुसार हाल सञ्चालनमा रहेका कार्यक्रममध्ये ३२७ विद्यालयमा सङ्घीय सरकारमार्फत नर्स खटाइएको छ भने बाँकी विद्यालयमा प्रदेश र स्थानीय तहसँगको समन्वयमा सेवा सञ्चालन भइरहेको छ। ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ अन्तर्गत विद्यार्थीलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयन गरिएको उनले बताइन्। ‘विद्यालय तहमा…

विस्तृतमा...

बुटवल – नक्कली औषधि बिक्री भइरहेको सूचनापछि प्रहरीले बुटवलको अस्पताल लाइनस्थित सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा छापा मारेर शङ्कास्पद औषधि जफत गरेको छ। बुधबार जनस्वास्थ्य कार्यालय रूपन्देहीको रोहबरमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले फार्मेसीमा छापा हानेको हो। छापामार कारबाहीका क्रममा प्रहरीले श्वासप्रश्वाससम्बन्धी ६७ पत्ता औषधि बरामद गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार बरामद गरिएका औषधिहरूको गुणस्तर तथा वैधताबारे परीक्षण गर्न औषधि व्यवस्था विभागमा पठाइएको छ। उनले औषधिको मूल्य निर्धारण, बिक्री वितरणको शैली तथा प्राप्त भएका विभिन्न गुनासाका आधारमा उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखिएको बताए। प्रहरीका अनुसार बरामद गरिएका…

विस्तृतमा...

काठमाडौं – कुनै समय वीर अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरूले रात बिताउन निकै सास्ती खेप्नुपर्थ्यो। विशेषगरी आइसियुमा भर्ना भएका बिरामीका आफन्तहरू बस्ने र सुत्ने उचित व्यवस्था नहुँदा भुइँमै रात कटाउन बाध्य हुने अवस्था थियो। तर अहिले भने अस्पतालमा उपलब्ध गराइएका कुरुवा पलङका कारण उनीहरूको समस्या केही हदसम्म समाधान भएको छ। गत भदौमा लायन्स क्लब काठमाडौं ३२५ डी शाखा र दुर्गालक्ष्मी प्रतिष्ठानले वीर अस्पताललाई ४५ वटा कुरुवा पलङ सहयोग गरेपछि आइसियु बाहिर बस्ने बिरामीका आफन्तहरू भुइँमा सुत्नुपर्ने बाध्यताबाट मुक्त भएका हुन्। हाल अस्पतालको आइसियु ए, सर्जिकल आइसियु तथा अन्य वार्ड आसपास नीलो रङका फलामे पलङहरू राखिएका छन्। ती पलङहरूमा आराम गर्न मिल्ने…

विस्तृतमा...

काठमाडौं- देशका विभिन्न जिल्लामा रेबिज खोप अभावको गुनासो बढिरहेका बेला स्वास्थ्य सेवा विभागले हाल मौज्दात रहेको खोपले आगामी साउनसम्मको आवश्यकता धान्न सक्ने जनाएको छ। विभागका अनुसार देशभर हाल ११ हजारभन्दा बढी भाइल रेबिज खोप मौज्दात रहेको छ भने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा थप ४ हजार ५ सय भाइल खोप आगामी शनिबारसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। आपूर्ति तथा व्यवस्थापन महाशाखाका अनुसार केन्द्र, प्रदेश, स्वास्थ्य कार्यालय र अस्पतालहरूमा गरी एआरभी तथा इम्युनोग्लोबिनसहित ११ हजारभन्दा बढी भाइल खोप उपलब्ध छ। दीर्घकालीन व्यवस्थापनका लागि ४ लाख २४ हजारभन्दा बढी भाइल रेबिज खोप खरिद प्रक्रिया पनि अगाडि बढाइएको विभागले जनाएको छ। यता…

विस्तृतमा...

काठमाडौं – फिफा विश्वकप २०२६ को रोमाञ्चक माहोलले विश्वभरका फुटबल समर्थकहरूलाई उत्साहित बनाइरहेको छ। नेपालसहित विभिन्न देशका समर्थकहरू फरक समय क्षेत्रका कारण राति अबेरसम्म वा रातभर जाग्राम बसेर खेल हेर्न बाध्य छन्। तर लगातार राति जाग्राम बस्दा शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र दैनिक कार्यक्षमतामा नकारात्मक असर पर्न सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले खेलको आनन्दसँगै स्वास्थ्यको पनि ख्याल गर्न आग्रह गरेका छन्। उनीहरूले विश्वकपका खेल हेर्दा अपनाउनुपर्ने केही महत्वपूर्ण सुझाव दिएका छन्। १. खेलअघि छोटो समय ‘पावर न्याप’ लिनुहोस् राति ढिलो हुने खेल हेर्नुअघि साँझतिर २० देखि ३० मिनेटसम्म छोटो निद्रा लिन सकिन्छ। यस्तो ‘पावर न्याप’ ले शरीरको थकान कम गर्नुका साथै…

विस्तृतमा...

डडेल्धुरा – प्राविधिक समस्याका कारण लामो समयदेखि अवरुद्ध रहेको डडेल्धुरा अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै सिटी स्क्यान मेसिनमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको जनाएको हो। अस्पतालले आवश्यक स्वास्थ्य परीक्षण गराउनुपर्ने सेवाग्राहीलाई अस्पतालमै उपलब्ध सिटी स्क्यान सेवा उपयोग गर्न अनुरोध गरेको छ। सिटी स्क्यान सेवा बन्द रहँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीहरू परीक्षणका लागि तराईका विभिन्न जिल्लामा जान बाध्य भएका थिए। यसले बिरामी र आफन्तलाई थप आर्थिक तथा समयको भार व्यहोर्नुपरेको थियो। सेवा पुनः सञ्चालनमा आएपछि पहाडी क्षेत्रका बिरामीलाई सहजता हुने तथा आवश्यक परीक्षणका लागि बाहिर धाउनुपर्ने…

विस्तृतमा...

विराटनगर – नेपालको नर्सिङ शिक्षाको क्षेत्रमा नयाँ अध्याय थप्दै बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक भौतिक पूर्वाधारसहितको नर्सिङ विभाग उद्घाटन गरेको छ। कलेजको पाँचौँ तल्लामा १९ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त नर्सिङ विभागको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले गरेका हुन्। कलेजका अनुसार नर्सिङ विभागमा आधारभूत नर्सिङ सीप प्रयोगशाला, प्रसूति तथा धाइआमा नर्सिङ सीप प्रयोगशाला, बाल स्वास्थ्य सीप प्रयोगशाला, सामुदायिक स्वास्थ्य नर्सिङ प्रयोगशाला तथा पोषण तथा आहारविज्ञान प्रयोगशालालगायतका अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरिएको छ। साथै आधुनिक कक्षाकोठा र अध्ययन–अध्यापनका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरिएको छ। विभागमा अध्ययन गर्ने विद्यार्थीहरूले…

विस्तृतमा...