काठमाडौं । लामो समयदेखि रोकिएको आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। नेपाल आयुर्वेद चिकित्सा परिषद्को नियमावलीअनुसार प्रत्येक ६–६ महिनामा नियमित रूपमा सञ्चालन हुनुपर्ने लाइसेन्स परीक्षा लामो समयदेखि रोकिँदा अध्ययन पूरा गरेका विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक भविष्य अन्योलमा परेको भन्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले मंगलबार प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन्। विज्ञप्तिमा परिषद्मा आवश्यक कर्मचारीको पदपूर्ति तथा प्रशासनिक व्यवस्थापनमा सरकारले तदारुकता नदेखाउँदा नियमित कार्यसम्पादन प्रभावित भएको उल्लेख छ। त्यसको प्रत्यक्ष असर विद्यार्थीको भविष्यमा परेको युनियनको भनाइ छ। अखिल (क्रान्तिकारी) ले नेपाल सरकार,…
स्वास्थ्य डायरी
काठमाडौं । मध्ययुगीन युरोपसँग जोडिने प्लेग रोग फेरि साइबेरियाको एउटा घटनाका कारण विश्वभर चर्चामा आएको छ। रुसको साइबेरियास्थित इरकुत्स्क एन्टी–प्लेग अनुसन्धान संस्थानकी २८ वर्षीया प्रयोगशाला कर्मचारी दर्या शिपिलोभाको गम्भीर निमोनियापछि मृत्यु भएपछि निमोनिक प्लेगको आशंका गरिएको हो। घटनापछि करिब २ सय जनालाई चिकित्सकीय निगरानीमा राखिएको छ भने सम्पर्कमा आएका व्यक्तिको खोजी तथा परीक्षणसमेत अघि बढाइएको छ। शिपिलोभा सेप्टेम्बर २९ मा गम्भीर निमोनियापछि अस्पताल भर्ना भएकी थिइन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर दुई दिनपछि उनको मृत्यु भयो। उनी प्लेगसम्बन्धी अनुसन्धान हुने संस्थानमा कार्यरत रहेकाले उपचारका क्रममा प्लेगको सम्भावित संक्रमणबारे चासो बढेको हो। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले शिपिलोभा प्रयोगशालामा काम गर्ने…
न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपत्काल घोषणा गरिएको छ । न्युयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढेपछि आपत्काल घोषणा गरेका हुन् । यस वर्ष न्युयोर्क राज्यमा अहिलेसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ । तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित हुनुभएको हो । धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा छन् । न्युयोर्क सहरमा पनि ७ जनामा दादुरा पुष्टि भएको छ । छिमेकी राज्य पेन्सिलभेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म ३९ जिल्लामा १ हजार ४ जनामा दादुरा पुष्टि भएको छ । दादुरासँग सम्बन्धित ५ जनाको मृत्यु…
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा खाद्य तथा औषधि प्रशासन (एफडीए) को संस्थागत डिजाइन, आगामी कार्यदिशा तथा मस्यौदाको खाका तयार गर्ने विषयमा छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कानुन शाखा, नीति, योजना तथा अनुगमन महाशाखाका साथै सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा एफडीएको संरचना, जिम्मेवारी र कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। एफडीएलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक कानुनी, नीतिगत तथा संस्थागत पक्षबारे समेत सहभागीबीच छलफल भएको जनाइएको छ। एफडीएको संस्थागत संरचना निर्माण तथा कार्यान्वयनका क्रममा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको…
काठमाडौं । चर्चित अभिनेता विपिन कार्कीले आफ्नी जेठी छोरीको उपचारका क्रममा भोगेको अनुभव सार्वजनिक गरेका छन्। उनले एक अन्तर्वार्तामा महँगो निजी अस्पतालमा हुने उपचार, परीक्षणको नाममा लाग्ने खर्च र जटिल रोग पहिचानको क्षमतामाथि प्रश्न उठाएका छन्। अन्तर्वार्ताका क्रममा आमाको तस्बिर देखाइँदा भावुक बनेका कार्की छोरीहरूको तस्बिर देख्दा पनि भक्कानिएका थिए। उनकी जेठी छोरी केही महिनाअघि अचानक गम्भीर बिरामी परेकी थिइन्। उपचारका क्रममा भोगेको पीडा सम्झँदै कार्कीले सुरुमा छोरीको वास्तविक रोग पहिचान हुन नसकेको बताएका छन्। कार्कीका अनुसार छोरीलाई जेडीएम अर्थात् बालबालिकामा देखिने दुर्लभ अटोइम्युन रोग भएको थियो। तर, सुरुमा उनलाई यसको जानकारी थिएन। छोरी बिरामी भएपछि उनी उपचारका लागि मेडिसिटी…
-शुभ मान श्रेष्ठ औषधि मानव स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील वस्तु हो। उत्पादन, आयात, भण्डारण, ढुवानी वा बिक्री–वितरणका क्रममा गुणस्तरमा समस्या देखिएमा सम्बन्धित औषधिलाई बजारबाट फिर्ता गर्ने प्रक्रियालाई औषधि फिर्ता (रिकल) भनिन्छ। औषधिको कुनै ब्याच गुणस्तरअनुसार नभएको, सुरक्षामा प्रश्न उठेको, लेबलमा त्रुटि भएको वा बिरामीको स्वास्थ्यमा जोखिम देखिएको अवस्थामा रिकल आवश्यक हुन सक्छ। यसको उद्देश्य कुनै व्यक्ति वा संस्थालाई दोषी ठहर गर्नु मात्र होइन, सम्भावित जोखिमबाट बिरामी र आम नागरिकलाई सुरक्षित राख्नु हो। रिकल कसरी प्रभावकारी बनाउने ? नेपालमा औषधि व्यवस्था विभागले औषधि फिर्ता, बिक्री रोक्का तथा बजार नियन्त्रणसम्बन्धी सूचना जारी गर्दै आएको छ। प्रभावकारी रिकलका लागि केही आधारभूत…
काठमाडौं । मुटुमा समस्या हुँदा देखिने लक्षणलाई सामान्य रूपमा लिएर बेवास्ता गर्न नहुने मुटुरोग विशेषज्ञ डा. आनन्द जी.सी.ले बताएका छन्। छाती दुख्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, बान्ता हुने, चिसो पसिना आउने, बेहोस हुने वा शरीर कमजोर तथा असहज महसुस हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्ने उनको सुझाव छ। अल्का अस्पतालमा कार्यरत कन्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. जी.सी.का अनुसार मुटु शरीरको अत्यन्त महत्वपूर्ण अंग हो। मुटुले शरीरका विभिन्न अंगमा रगत तथा अक्सिजन पुर्याउने भएकाले यसको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ। पछिल्लो समय मुटुरोगीको संख्या बढ्दै जानुको प्रमुख कारण बदलिँदो जीवनशैली भएको उनी बताउँछन्। उनका अनुसार अहिले कम उमेरमै…
जय पाठक (जेपी), चितवन । मौलाकालिका अस्पताल प्रा.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । रेडियोलोजिस्टका रूपमा लामो समयदेखि मौलाकालिका अस्पतालमा कार्यरत डा. घिमिरेले अस्पतालको विकास र विस्तारमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । करिब डेढ वर्षदेखि उनी अस्पतालमा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । त्यसअघि अस्पतालका प्रबन्ध निर्देशकमा डा. केशबराज भूर्तेल रहेका थिए । उनी सो पदमा नरहेपछि अस्पताले डा. घिमिरेलाई जिम्मेवारी दिएको थियो । नयाँ कार्यसमितिको गठनसँगै उनलाई पुनः प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो । जिम्मेवारी पाएपछि डा. घिमिरेले…
काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार (असोज २२ गते) विविध कार्यक्रम आयोजना गरेर विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ । बालबालिका,छात्ररछात्रा,कर्मचारी,मजदूर,किसान,सवारी साधनका चालक आदि सबैको दैनिक जीवनका अधिकांश गतिविधि स्पष्ट दृष्टिमा निर्भर छन् । आँखाका…
धनगढी । जुम्ल्याहा शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्राव हुँदा सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स सुशिला विकको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भएकी विकको आइतबार मृत्यु भएको हो। प्रसूतिको लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी विकले जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। उनका कान्छा ससुरा दीपक वडका अनुसार जन्मिएका दुई शिशुमध्ये एक मृत अवस्थामा जन्मिएको थियो भने अर्को जीवित थियो। शिशु जन्मिएपछि विकलाई अत्यधिक रक्तश्राव भएको र सोही कारण उनको मृत्यु भएको दीपक वडले जानकारी दिए। विक २०७८ सालदेखि सेवा करार कार्यक्रमअन्तर्गत नर्सिङ कर्मचारीका रूपमा सेती प्रादेशिक अस्पतालमा कार्यरत थिइन्। विकको निधनप्रति सेती प्रादेशिक अस्पतालले पनि शोक वक्तव्य जारी…

