स्वास्थ्य डायरी

काठमाडौं । नेपालको औषधि बजारको वार्षिक बिक्री मूल्य ७२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। औषधि बजार अनुसन्धान संस्था आईक्यूभीआईए (IQVIA) को मार्च २०२६ सम्मको १२ महिनाको (MAT) तथ्याङ्कअनुसार बजार अघिल्लो समान अवधिको तुलनामा ४ प्रतिशतले बढेको हो। प्रतिवेदनअनुसार मार्च २०२६ महिनामा मात्रै ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको औषधि बिक्री भएको छ। यो अघिल्लो वर्षको मार्च महिनाको तुलनामा ६ प्रतिशत बढी हो। वार्षिक बिक्री मूल्यले बजारमा भएको कारोबार जनाउँछ; यसलाई कम्पनीहरूको नाफा वा सरकारी राजस्वका रूपमा बुझ्नु हुँदैन। शीर्ष कम्पनीमा नेपालीको अग्रता मार्च २०२६ सम्मको वार्षिक बिक्रीका आधारमा क्वेस्ट फर्मास्युटिकल्स ३ अर्ब ९४ करोड रुपैयाँसहित पहिलो स्थानमा छ। दोस्रो…

विस्तृतमा...

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा यसबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्ताबेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१/८२ मा कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका २ लाख २३ हजार ५१० घटना रिपोर्ट भएका थिए। तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित रहेको र रेबिजका ९९ प्रतिशत कारण कुकुरको टोकाइ रहेको दस्ताबेजमा उल्लेख छ। रणनीतिअनुसार रेबिज नियन्त्रणका लागि रोग…

विस्तृतमा...

काठमाडाैँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले रुसमा प्लेगसम्बन्धी खबर सार्वजनिक भइरहेका बेला प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनियाबारे थप जानकारी उपलब्ध गराउन रुसी अधिकारीसँग आग्रह गरेको छ। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सम्भावित जनस्वास्थ्य जोखिमको सही मूल्याङ्कन गर्न समयमै, पूर्ण र पारदर्शी रूपमा सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन्। उनले आवश्यक परे मस्कोलाई प्राविधिक सहयोग उपलब्ध गराउन डब्लुएचओ तयार रहेको बताए। टेड्रोसले सामाजिक सञ्जाल ‘एक्स’मा डब्लुएचओले इर्कुत्स्कस्थित एन्टी–प्लेग रिसर्च इन्स्टिच्युटमा प्रयोगशालाका एक कर्मचारीको मृत्युबारे अनुसन्धान गरिरहेको उल्लेख गरे। उनका अनुसार ती कर्मचारीलाई अक्टोबर २ मा गम्भीर निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो र पछि उनको मृत्यु भएको…

विस्तृतमा...

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ । बालबालिका,छात्ररछात्रा,कर्मचारी,मजदूर,किसान,सवारी साधनका चालक आदि सबैको दैनिक जीवनका अधिकांश गतिविधि स्पष्ट दृष्टिमा निर्भर छन् । आँखाका स्वास्थ्यमा देखिने समस्या सधैँ पीडा…

विस्तृतमा...

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छिन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डा विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए । छलफलमा टेलिमेडिसिन सेवालाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति तथा संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो । सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिलाई छुट्टै व्यवस्थापन गर्दै सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ । त्यस्तै, टेलिमेडिसिनमार्फत प्रदान हुने सेवाको रेकर्ड तथा अभिलेख…

विस्तृतमा...

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ । सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणमा यो शून्य दशमलव…

विस्तृतमा...

काठमाडौं । कोलेस्ट्रोलको मात्रा सामान्य हुँदैमा मुटु पूर्ण रूपमा सुरक्षित छ भनेर ढुक्क हुन नहुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव राजभण्डारी बताउँछन्। मुटु रोगको जोखिम कोलेस्ट्रोलसँग मात्रै सम्बन्धित नभई मधुमेह, उच्च रक्तचाप, धुम्रपान, मोटोपना तथा वंशाणुगत कारणलगायत विभिन्न जोखिममा निर्भर हुने उनको भनाइ छ। बीएण्डबी अस्पतालमा कार्यरत डा. राजभण्डारीका अनुसार धुम्रपान गर्ने व्यक्तिमा हृदयघातको जोखिम धुम्रपान नगर्ने व्यक्तिको तुलनामा करिब चार गुणासम्म बढी हुन सक्छ। त्यसैले ‘कम चुरोट पिउँछु’ भन्दै धुम्रपानलाई सामान्य रूपमा लिन नहुने उनी बताउँछन्। एउटा चुरोटले समेत मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले धुम्रपान पूर्ण रूपमा त्याग्नु नै सुरक्षित उपाय हुने उनको सुझाव छ। मधुमेहले पनि हृदयघातको…

विस्तृतमा...

काठमाडौं । मुटु हाम्रो शरीरको प्रमुख अंग हो। मुटुको धड्कन बन्द हुनेबित्तिकै शरीरका अन्य अंगमा रगत तथा अक्सिजनको आपूर्ति रोकिन्छ र जीवन नै जोखिममा पर्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न दैनिक जीवनशैलीदेखि खानपान र नियमित स्वास्थ्य परीक्षणसम्म विशेष ध्यान दिनुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जगेश्वर प्रसाद शाह बताउँछन्। बीएण्डबी अस्पतालमा कार्यरत डा. शाहका अनुसार मुटु स्वस्थ राख्ने पहिलो उपाय धुम्रपान पूर्ण रूपमा त्याग्नु हो। धुम्रपानले मुटु तथा रक्तनलीमा प्रत्यक्ष असर पार्ने भएकाले मुटुको स्वास्थ्य जोगाउन धुम्रपानबाट टाढा रहन आवश्यक हुन्छ। त्यसपछि स्वस्थ जीवनशैली अपनाउनु अर्को महत्वपूर्ण पक्ष हो। स्वस्थ जीवनशैलीमा नियमित शारीरिक व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र स्वस्थ खानपान पर्छ।…

विस्तृतमा...

काठमाडौं। सरकारले मेडिकल क्षेत्रको बेतिथिलाई अन्त्य गरी यस क्षेत्रलाई जिम्मेबार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ। मेडिकल कलेजहरूको निरीक्षणका बेला मात्र फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाबा’ (घोस्ट फ्याकल्टी) विरुद्ध सरकार निर्मम बन्ने भएको हो। शिक्षामन्त्रीको निर्देशन अनुसार अनियमितता र बेतिथिमा सम्लग्न मेडिकल कलेजको निगरानी गरी दोषी उपर कडा कारबाही गर्ने तयारी गरिएको छ । स्वास्थ्यजस्तो संवेदनशिल विषयमा अस्पलाल र चिकित्सकले लापरबाही गरेको विशेष सूचनाको आधारमा सरकारले यस क्षेत्रको बेतिथि अन्त्य गर्न नयॉ कदम चाल्न लागेको हो । मन्त्रालयका अनुसार सम्बन्धित सरकारी तथा नियामक निकायले देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि सूक्ष्म निगरानी सुरु गर्दैछन्। नियुक्ति, नियमित उपस्थिति,…

विस्तृतमा...

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा मेडिकलका सञ्चालक गणेशबहादुर थापामाथि औषधि पसलभित्रै प्रवेश गरेर कुटपिट तथा दुर्व्यवहार गरिएको घटनाको विरोध गरेको छ। संघले असोज १७ गते थापा मेडिकलभित्र प्रवेश गरी एक समूहले सञ्चालक थापामाथि कुटपिट, धरपकड तथा गालीगलौज गरेको र घटनालाई व्यक्तिगत तथा व्यावसायिक चरित्रमा आँच पुग्ने गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले कानुनविपरीत हुने कुनै पनि कार्यको अनुसन्धान, अभियोजन तथा कारबाही गर्ने व्यवस्था प्रचलित कानुनमै रहेको उल्लेख गरेको छ। सम्बन्धित व्यवसायीबाट कुनै गलत कार्य भएको भए निष्पक्ष छानबिन तथा अनुसन्धानबाट सत्यतथ्य पुष्टि गरी आवश्यक कानुनी कारबाही हुनुपर्ने संघको…

विस्तृतमा...