स्वास्थ्य डायरी

धनगढी – सुदूरपश्चिम प्रदेशमा शिशु तथा बाल पोषणको अवस्था अझै सन्तोषजनक बन्न नसकेको एक सर्वेक्षणले देखाएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले सार्वजनिक गरेको ‘स्मार्ट प्लस’ सर्भेअनुसार छ महिनाभन्दा कम उमेरका ६८.३ प्रतिशत शिशुले मात्रै पूर्ण स्तनपान गरिरहेका छन्। सर्वेक्षणका अनुसार करिब ३२ प्रतिशत शिशुले छ महिना नपुग्दै आमाको दूधबाहेक पानी, अन्य दूध वा थप खानेकुरा सेवन गर्ने गरेका छन्, जसले पूर्ण स्तनपानको अभ्यास अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ। यद्यपि प्रारम्भिक स्तनपानको अवस्था भने उत्साहजनक देखिएको छ। प्रदेशका ९८.२ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाएका छन् भने ८४.९ प्रतिशत शिशुले जन्मेको पहिलो एक घण्टाभित्रै स्तनपान सुरु…

विस्तृतमा...

बाजुरा- बाजुराको दुर्गम स्वामिकार्तिक गाउँपालिकामा स्वास्थ्य सेवा र सडक पहुँचको अभाव फेरि उजागर भएको छ। अस्पताल पुग्नुअघि नै एक गर्भवती महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन्। घटनास्थलमै पुगेकी स्वास्थ्यकर्मीको सक्रियताले भने आमा र नवजात शिशु दुवै सुरक्षित भएका छन्। स्वामिकार्तिक गाउँपालिका–३ जोरूकी २४ वर्षीया अनिता महतारा प्रसूति सेवा लिन स्वास्थ्य संस्थातर्फ जाँदै गर्दा अधारी खोलानजिकै सुत्केरी भएकी हुन्। प्रसव व्यथा अचानक सुरु भएपछि उनी स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै शिशुलाई जन्म दिन बाध्य भएकी थिइन्। घटनाको जानकारी पाएलगत्तै जुकोट स्वास्थ्य चौकीबाट खटिएकी अनमी (एमसीएचडब्ल्यू) ज्ञानु शाही घटनास्थलमा पुगेर आवश्यक प्रसूति सेवा उपलब्ध गराएकी थिइन्। उनको तत्परता, साहस र व्यावसायिक सेवाका…

विस्तृतमा...

बाजुरा – बाजुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ धम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रामे थापा र उनकी ५० वर्षीया श्रीमती नाम्सरी थापाले जंगली च्याउ खाएपछि स्वास्थ्यमा समस्या देखिएको थियो। दुवैलाई सोमबार राति करिब १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार नाम्सरी थापाको अवस्था गम्भीर रहेकाले अस्पतालमै उपचार भइरहेको छ। मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको…

विस्तृतमा...

काठमाडौं- नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले औषधिको गुणस्तर, सुरक्षित आपूर्ति प्रणाली, सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा औषधि व्यवसायको विश्वसनीयता कायम राख्ने उद्देश्यले थोक तथा खुद्रा औषधि व्यवसायीहरूका लागि १० बुँदे व्यवसायिक सूचना जारी गरेको छ। संघले शुक्रबार जारी गरेको सूचनामा औषधि खरिद, बिक्री, भण्डारण, ढुवानी तथा वितरणका सम्पूर्ण प्रक्रियामा प्रचलित कानुन, मापदण्ड र निर्देशिकाको पूर्ण पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। सूचनाअनुसार औषधि केवल आधिकारिक उत्पादक, आयातकर्ता वा उनीहरूले नियुक्त गरेका आधिकारिक स्टकिस्ट तथा थोक बिक्रेताबाट मात्र खरिद गर्नुपर्ने उल्लेख गरिएको छ। स्रोत पुष्टि नभएका वा अनधिकृत माध्यमबाट आएका औषधि खरिद, बिक्री वा वितरण नगर्न पनि संघले निर्देशन दिएको…

विस्तृतमा...

काठमाडौं- अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिहरू र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच आन्दोलनका मागबारे समाधान खोज्न वार्ता सुरु भएको छ। मन्त्रालयमा जारी वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्। मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू उपस्थित छन्। मन्त्रालय स्रोतका अनुसार वार्तामा रानाभाटले लामो समयदेखि उठाउँदै आएका मागहरूलाई सहमतिमार्फत सम्बोधन गर्ने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। आन्दोलनलाई संवादमार्फत निष्कर्षमा पुर्‍याउने उद्देश्यका साथ दुवै पक्षबीच सहमतिको प्रयास जारी रहेको जनाइएको छ। वार्ताको निष्कर्षबारे भने हालसम्म कुनै औपचारिक जानकारी…

विस्तृतमा...

काठमाडौं – नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक हो। अधिकांश बिरामी अस्पताल पुग्दा रोग निकै फैलिसकेको अवस्था हुने भएकाले उपचार जटिल बन्ने गरेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। त्यसैले पछिल्ला वर्षहरूमा फोक्सोको क्यान्सरको ‘स्क्रिनिङ’ अर्थात् लक्षण देखिनुअघि नै गरिने जाँचको महत्व बढ्दै गएको छ। नेशनल हस्पिटल एन्ड क्यान्सर सेन्टर, जावलाखेलकी क्यान्सर रोग विशेषज्ञ डा. रश्मी पुन गुरुङका अनुसार स्क्रिनिङ भनेको कुनै लक्षण नदेखिएको अवस्थामा पनि जोखिम समूहका व्यक्तिमा रोग प्रारम्भिक चरणमै पत्ता लगाउने प्रक्रिया हो। प्रारम्भिक अवस्थामै क्यान्सर पहिचान भए उपचार प्रभावकारी हुने, उपचार खर्च कम लाग्ने र बिरामीको जीवन बच्ने सम्भावना उल्लेख्य रूपमा बढ्ने उनले बताइन्। उनका अनुसार…

विस्तृतमा...

स्याङ्जा – प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जामा बिरामीको संख्या निरन्तर बढ्दै गए पनि स्थायी चिकित्सक र कर्मचारीको अभावका कारण स्वास्थ्य सेवा प्रवाहमा चुनौती थपिएको छ। सेवा विस्तार र व्यवस्थापकीय सुधार भए पनि अधिकांश सेवा करार कर्मचारीको भरमा सञ्चालन भइरहेकाले दीर्घकालीन रूपमा गुणस्तरीय सेवा दिन कठिन भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा दैनिक दुई सयदेखि दुई सय ५० जनासम्म ओपिडीका बिरामी तथा ५० भन्दा बढी आकस्मिक बिरामी उपचारका लागि आउने गरेका छन्। मौसम परिवर्तनसँगै विभिन्न रोगका बिरामी बढेपछि ५० शय्याको अस्पतालमा सेवाको माग उल्लेखनीय रूपमा बढेको छ। तर बढ्दो बिरामी चापअनुसार आवश्यक स्थायी जनशक्ति नहुँदा सेवा व्यवस्थापनमा समस्या देखिएको अस्पतालको भनाइ छ।…

विस्तृतमा...

दाङ- वर्षायामसँगै सर्पदंशका घटना बढिरहेका बेला दाङका प्रमुख अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव भएको छ। औषधिको मौज्दात सकिन थालेपछि सर्पदंशका बिरामीको उपचार प्रभावित हुने चिन्ता अस्पतालहरूले व्यक्त गरेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र लमही अस्पतालअन्तर्गत गढवास्थित सर्पदंश उपचार केन्द्रमा एन्टिस्नेक भेनम सकिएको छ। यस्तै, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा पनि मौज्दात न्यून रहेकाले केही बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था रहेको अस्पतालले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन्। तर आवश्यक भेनम अभाव भएपछि उपचारमा कठिनाइ भएको र मौज्दात सकिएपछि राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका…

विस्तृतमा...

चितवन – भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरु १११ छन् । प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या छन् । वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्रध्यापक डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने गरिएको छ । सुत्केरी हुनुअघि औषधि चलाउँदा शय्यामा…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पाँच दिनदेखि आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था र उनका मागहरूप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएकी छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री मेहताले आफू पनि स्वास्थ्यकर्मी भएकाले सत्याग्रहीको अवस्था नजिकबाट बुझिरहेको उल्लेख गरेकी छन्। उनले समस्या समाधानको सबैभन्दा उपयुक्त माध्यम संवाद र वार्ता नै भएको बताउँदै सरकारले सुरुदेखि नै निरन्तर समन्वय र छलफल गरिरहेको जानकारी दिइन्। उनका अनुसार मन्त्रालयले वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवादको प्रयास गरेको छ। साथै, स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिका सभापतिले पनि विषयलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन निरन्तर…

विस्तृतमा...