स्वास्थ्य डायरी

काठमाडौं – कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट आजदेखि सेवा सुरु भएको छ । एक कार्यक्रमकाबीच अस्पताल सेवाको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने बताए । उनले यसअघि गाउँपालिका क्षेत्रमा स्तरीय स्वास्थ्य संस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत उपचारका लागि धनगढी जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । “अस्पतालले यहाँका नागरिकलाई सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ । खासगरी गाउँपालिकाको दक्षिणी क्षेत्रका कतिपय नागरिक उपचारका लागि सीमावर्ती भारतीय क्षेत्रमा जाने समस्या पनि समाधान हुनेछ”, अध्यक्ष चौधरीले भने । गाउँपालिका, स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं – आमरण अनशनमा रहेका इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगाइएको छ। डा. हरिजनले इन्टर्न चिकित्सकलाई रेसिडेन्ट चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत उपलब्ध गराउने यसअघि भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न, सबै शिक्षण संस्थामा इन्टर्न चिकित्सकलाई समान सेवा–सुविधा र समान निर्वाह भत्ताको व्यवस्था गर्न तथा विगतमा सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै हिजो माइतीघरमा आमरण अनशन सुरु गरेका थिए। तर, आज उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि वीर अस्पताल लगाइएको हो।

विस्तृतमा...

धनगढी – सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालले कार्यालय समयमा निजी अस्पताल तथा क्लिनिकमा सेवा दिने चिकित्सकमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। सरकारी ड्युटीका बेला अस्पतालमा चिकित्सक उपस्थित नहुने र बिरामीलाई निजी स्वास्थ्य संस्थातर्फ पठाउने गुनासो बढेपछि अस्पताल प्रशासनले यस्तो कदम चालेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले मंगलबार सूचना जारी गर्दै कार्यालय समयभित्र अस्पतालमा अनुपस्थित भई निजी स्वास्थ्य संस्थामा सेवा दिएको पाइए प्रचलित कानुन तथा सेवा–शर्तअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारे। उनका अनुसार पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’, मुख्यमन्त्री कार्यालय तथा अस्पतालको क्युआर गुनासो प्रणालीमार्फत चिकित्सकहरूको अनुपस्थितिबारे बारम्बार उजुरी आइरहेका…

विस्तृतमा...

काठमाडौं – नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। संघका अध्यक्ष डा. बद्री रिजालले अनशनस्थल पुगेर डा. हरिजनसँग भेट गर्दै उनका मागहरू न्यायोचित रहेको बताएका हुन्। अध्यक्ष रिजालले शिक्षा मन्त्रालयसँग यसअघि भएका सहमतिहरू कार्यान्वयन नभएकै कारण फेरि आमरण अनशनको अवस्था सिर्जना हुनु दुःखद भएको बताए। उनका अनुसार इन्टर्न चिकित्सकलाई रेसिडेन्ट चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत उपलब्ध गराउने सहमति भए पनि विभिन्न शिक्षण संस्थामा अहिले पनि १० हजारदेखि २४ हजार रुपैयाँसम्म फरक–फरक भत्ता दिने व्यवस्था कायम छ। उनले सबै इन्टर्न चिकित्सकलाई समान रूपमा सेवा–सुविधा उपलब्ध गराइनुपर्नेमा जोड दिँदै…

विस्तृतमा...

काठमाडौँ- नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा कादिर आलम नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै आलमलाई अध्यक्ष पदमा नियुक्त गरेकी हुन् । आलमले स्वास्थ्य मन्त्रालयमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनी आजै परिषद्मा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।

विस्तृतमा...

काठमाडौँ – बेलायतमा गैर–शल्यक्रियामार्फत गरिने ‘ब्राजिलियन बट लिफ्ट (बीबीएल)’ सौन्दर्य उपचारको सुरक्षा र नियमनमाथि गम्भीर प्रश्न उठेको छ। ३३ वर्षीया एलिस वेबको यस्तो उपचार गराएको २४ घण्टाभित्र मृत्यु भएपछि बेलायतमा पहिलो पटक गैर–शल्यक्रियात्मक बीबीएलसँग जोडिएको मृत्युको घटना सार्वजनिक भएको हो। एलिस पाँच सन्तानकी आमा थिइन्। उनी सन् २०२४ को सेप्टेम्बरमा एक अस्थायी क्लिनिकमा डर्मल फिलर प्रयोग गरी गरिने ‘लिक्विड बीबीएल’ उपचारका लागि पुगेकी थिइन्। सामान्य उपचार गरेर त्यही दिन घर फर्कने योजना बनाएकी एलिसको उपचारपछि स्वास्थ्य अवस्था अचानक बिग्रिएको र २४ घण्टाभित्र मृत्यु भएको थियो। घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको छ। यस घटनापछि बेलायतमा तीव्र गतिमा फैलिरहेको सौन्दर्य उपचार उद्योगको…

विस्तृतमा...

काठमाडौँ- बङ्गलादेशको ठाकुरगाँवमा जारी निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता देखिएको छ। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँचदिने शिविर जारी राखेको छ । नेपाली अब्बल नेत्र विशेषज्ञद्वारा सञ्चालित सो आँखा शिविरको दोस्रो दिनसम्म एक हजार ३६५ जनाको निः शुल्क आँखा परीक्षण तथा १३६ जनाको मोयिाविन्दुको शल्यक्रिया सम्पन्न भएको सङ्घले आज यहाँ जनाएको छ । सङ्घका अनुसार सो शिविरमा १३ सदस्यीय चिकित्सकीय टोलीले सेवा प्रदान गरिरहेका छन् । टोलीमा विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ तथा अनुभवी नेत्र स्वास्थ्यकर्मी सहभागी छन् । टोलीमा डा प्रज्ञा लुइँटेल, डा गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी,…

विस्तृतमा...

काठमाडौँ- देशभर सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’को अभाव देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले थप औषधि खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। हाल मौज्दात रहेको औषधिले करिब ८५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने मन्त्रालयको अनुमान छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले देशभर हाल कुल १ हजार २६९ भाइल ‘एन्टी स्नेक भेनम’ मौज्दात रहेको जानकारी दिइन्। उनका अनुसार केन्द्रीय स्टोरमा १३८ भाइल, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४ भाइल तथा देशभरका २२२ सर्पदंश उपचार केन्द्र र स्वास्थ्य कार्यालयमा ४६५ भाइल उपलब्ध छन्। मन्त्री मेहताले अहिले मौज्दात रहेको औषधिले प्राविधिक रूपमा करिब ८५० जना…

विस्तृतमा...

काठमाडौं – पुरुषमा इरेक्टाइल डिस्फङ्सन (यौन दुर्बलता) को उपचारका लागि प्रयोग हुने चर्चित औषधि भायाग्रा (सिल्डेनाफिल) ले क्यान्सर फैलिनबाट रोक्न सक्ने नयाँ जैविक संयन्त्र पत्ता लागेको इजरायली वैज्ञानिकहरूले बताएका छन्। इजरायलको वाइजम्यान इन्स्टिच्युट अफ साइन्सका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार भायाग्राको सक्रिय तत्व सिल्डेनाफिल ले क्यान्सरका कोषिकालाई आवश्यक पर्ने कोलेस्ट्रोलको आपूर्ति अवरुद्ध गर्छ। कोलेस्ट्रोलको अभाव भएपछि क्यान्सरका कोषिकाले शरीरका अन्य अंगमा फैलिने (मेटास्टेसिस) क्षमता गुमाउने अनुसन्धानले देखाएको छ। यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल क्यान्सर रिसर्चमा जुलाई महिनामा प्रकाशित भएको हो। अध्ययनमा मुसामा गरिएको परीक्षण, मानव क्यान्सर कोषिकामाथिको प्रयोग तथा इजरायलको राष्ट्रिय स्वास्थ्य सेवा प्रदायक क्लालिट हेल्थ सर्भिसका करिब ५० लाख सदस्यको २०…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिकल सेल र थालसेमियाको समयमै पहिचान तथा उपचार सुनिश्चित गर्न नवजात शिशु र गर्भवती महिलाका लागि निःशुल्क स्क्रिनिङ सेवा सुरु गरेको छ। साथै, यी रोगका विपन्न बिरामीलाई उपचारका लागि आर्थिक सहायता र स्वास्थ्य बिमामार्फत थप सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विशेषगरी पश्चिम तराईका थारु समुदायमा सिकल सेल एनिमिया गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको बताइन्। उनले रोगको रोकथाम, प्रारम्भिक पहिचान र उपचारका लागि सरकारले विभिन्न अस्पतालमार्फत निःशुल्क परीक्षण, उपचार तथा औषधि सेवा सञ्चालन गरिरहेको जानकारी दिइन्। मन्त्री मेहताका…

विस्तृतमा...