काठमाडौं । काठमाडौं। युवाको मानसिक स्वास्थ्य सुधारका लागि उनीहरूका कुरा सुन्ने, भावना बुझ्ने र विश्वास गरेर अवसर दिने वातावरण आवश्यक रहेको सरोकारवालाले बताएका छन्। सामाजिक सञ्जालको बढ्दो प्रयोग, पुस्ताबीचको बुझाइमा फरक र तत्काल परिणाम खोज्ने प्रवृत्तिले युवाको मानसिक स्वास्थ्यमा चुनौती थपिरहेको उनीहरूको भनाइ छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शनिबार काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा ‘सम्भाव्य युथ मेन्टल हेल्थ समिट २०२६’ आयोजना गरिएको हो। सम्भाव्य फाउन्डेसनको आयोजना र वाट्सन इन्स्टिच्युटको सहकार्यमा आयोजित समिटमा युवाको मानसिक स्वास्थ्यका विभिन्न पक्षबारे छलफल गरिएको थियो। छलफलमा जेसीआई ग्लोबलकी अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा उद्यमी रजानी थापा, साइकोलोजिकल काउन्सिलर डा. आरती चन्द रेग्मी र कान्ति बाल अस्पतालकी कन्सल्टेन्ट…
स्वास्थ्य डायरी
काठमाडौं । नेपालमा सन् २०२६ को सुरुदेखि हालसम्म स्क्रब टाइफसबाट १० हजारभन्दा बढी संक्रमित भएका छन् । देशका ७७ मध्ये ७४ जिल्लामा फैलिएको यो संक्रमणबाट सात जनाको मृत्यु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार स्क्रब टाइफसका कारण मृत्यु भएको भन्दै २२ जनाको विवरण प्राप्त भए पनि सात जनाको मात्रै मृत्यु पुष्टि भएको हो । बाँकी १५ जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताएका छन् । ईडीसीडीका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी दुई हजार ७७९ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा एक हजार ९४७, गण्डकीमा एक…
काठमाडौं । नेपालमै उत्पादित ‘कार–टी’ सेल प्रविधिको प्रयोग गरेर पहिलोपटक क्यान्सरका बिरामीको सफल उपचार गरिएको छ। सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको संयुक्त सहकार्यमा यो उपलब्धि हासिल भएको हो। टिचिङ अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया अर्थात् रगतको क्यान्सरको उपचार गराइरहेका बिरामीलाई गत असोज ११ गते कार–टी सेल चढाइएको थियो। हेमाटो अङ्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीका अनुसार हाल बिरामीको अवस्था स्थिर रहेको छ। उपचारको प्रारम्भिक नतिजा उत्साहजनक देखिएको टोलीले जनाएको छ। कार–टी सेल प्रविधिमा बिरामीकै शरीरका टी–सेल अर्थात् रोग प्रतिरोधात्मक कोषलाई प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गरी क्यान्सरका कोष पहिचान गर्न सक्ने बनाइन्छ। त्यसपछि…
जय पाठक (जेपी), चितवन । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा स्तन क्यान्सर सचेतना दौड कार्यक्रम सम्पन्न भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) क्यान्सर इन्स्टिच्युट र माइनप्लस युवा क्लबको संयुक्त आयोजनामा करिब ६ किलोमिटर दूरीको दौड कार्यक्रम आयोजना गरिएको हो । दौड कार्यक्रमको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्याल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी), चितवन मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशकसहित विभिन्न क्षेत्रका प्रतिनिधि, स्वास्थ्यकर्मी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । स्तन क्यान्सरको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण र सही उपचारको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले…
दाङ। दाङमा जङ्गली च्याउ खाँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए। प्रहरी नायब उपरीक्षक केसीका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि एकाएक बिरामी परेका थिए। बिरामी परेकी आमा-छोरी दुवैलाई तत्काल उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। भालुवाङमा सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका हुन्। च्याउ खाएर बिरामी परेकी आमा सुमित्रा भने अस्पतालमा उपचारपछि घर फर्किएकी…
सुनसरी । सुत्केरी व्यथाले च्यापेर पीडामा छटपटाइरहेकी महिलालाई जिल्ला अस्पताल सुनसरी इनरुवाले तीन घण्टासम्म सिँढी र प्यासेजमा राखेर स्वास्थ्य परीक्षण तथा बेड भर्ना नगरी अन्यत्र पठाएको आरोप लागेको छ । अस्पतालबाट अन्यत्र लैजाने क्रममा ती महिलाले एम्बुलेन्समै बच्चा जन्माएकी छन् । सुनसरीको कोशी गाउँपालिका–३ जमुवा निवासी शर्मीला सदा मुसहरलाई सुत्केरी व्यथा लागेपछि उनका श्रीमान् देवकुमार सदा र जेठानी फगुनी सदाले बुधबार राति जिल्ला अस्पताल सुनसरी इनरुवा पुर्याएका थिए ।देवकुमारका अनुसार शर्मीलालाई सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेकी अवस्थामा अस्पतालको भुइँतलामा राखेर आफू माथिल्लो तलामा रहेको प्रसूति वार्डमा नर्सिङ स्टाफ तथा चिकित्सकलाई जानकारी गराउन पुगेका थिए । स्वास्थ्य परीक्षण गरी बेड भर्नाका लागि…
काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर २०० जनाको निःशुल्क मुटु परीक्षण गरेको छ। केन्द्रले नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी बाढी प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भोगिरहेका नागरिकलाई मुटुसम्बन्धी परीक्षण सेवा उपलब्ध गराएको हो। केन्द्रका अनुसार विदुर नगरपालिका–५ अन्तर्गत देवीघाट, पिपलटार र बट्टार बजार, बेलकोटगढी नगरपालिका–८, लिखु गाउँपालिका–२ र ३, सूर्यगढी गाउँपालिका, विदुर नगरपालिका–३ को सिर्खाली तथा बुहुनिबेँसीलगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमा २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये १९० जनाको इकोकार्डियोग्राफी र १०० जनाको इलेक्ट्रोकार्डियोग्राम परीक्षण गरिएको केन्द्रले जनाएको छ। बाढीका कारण प्रभावित भएका तथा नियमित स्वास्थ्य सेवा…
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी हुन्। क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसले यस क्षेत्रका नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ। सेवा शुभारम्भ कार्यक्रममा मन्त्री मेहताले क्याथ ल्याब सञ्चालनले क्षेत्रीय स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताइन्। उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय…
काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नी जेठी छोरीको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा महँगा परीक्षण गरिए पनि रोग पहिचान हुन नसकेको तथा उपचारमा लाखौँ रुपैयाँ खर्च भएको दाबी गरेपछि अस्पतालले त्यसप्रति आपत्ति जनाएको छ। कार्कीले हालै एक अन्तर्वार्तामा छोरी गम्भीर बिरामी भएपछि उपचारका लागि मेडिसिटी अस्पताल लगेको र त्यहाँ पटक–पटक महँगा परीक्षण गराउँदा पनि वास्तविक रोग पहिचान हुन नसकेको बताएका थिए। उनका अनुसार परीक्षणका नाममा लाखौँ रुपैयाँ खर्च भएको थियो भने छोरीलाई सुरुमा भाइरल ज्वरो भएको भनिएको थियो। कार्कीले अर्को चिकित्सकको सुझाव र आफ्नै खोजीपछि बालरोग विशेषज्ञ डा. धर्मागत भट्टराईसम्म पुगेको र त्यसपछि छोरीमा जुभेनाइल डर्माटोमायोसाइटिस (जेडीएम) अर्थात् दुर्लभ अटोइम्युन…
काठमाडौं । आवासीय चिकित्सकहरूको निर्वाह भत्ताको विषयलाई लिएर अनशन सुरु भएका बेला नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघले चिकित्सा शिक्षाको शुल्क, विद्यार्थी भर्ना, गुणस्तर र नियमनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गरेको छ। नेशनल मेडिकल कलेजमा ‘खडेबाबा’ प्रयोग गरिएको भन्ने आरोप चर्चामा आइरहेका बेला संघले बिहीबार राजधानीमा ‘नेपालमा चिकित्सा शिक्षा : चुनौती र अवसर’ विषयक अवधारणापत्र सार्वजनिक गरेको हो। संघका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न विद्यमान संस्थाहरूको क्षमताको पूर्ण उपयोग गर्नुपर्ने संघको धारणा प्रस्तुत गरे। संघले नयाँ संरचना थप्नुभन्दा हालका मेडिकल कलेजहरूको पूर्वाधार, शिक्षण जनशक्ति र अस्पतालको क्षमता उपयोग गर्नुपर्ने जनाएको छ। संघको…

