स्वास्थ्य डायरी

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ‘नक्कली फ्याकल्टी’ र ‘नक्कली बिरामी’ देखाएर चिकित्सा शिक्षा आयोगको निरीक्षणमा अनियमितता गरिएको आरोप लागेपछि विवाद चर्किएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले शुक्रबार प्रतिनिधिसभामा कलेजमाथि गम्भीर आरोप लगाएपछि निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालले त्यसप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै वीरगञ्ज निवासी सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्र्याजुएट (पीजी) विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको बताएका थिए। विद्यार्थीहरूले कलेजमा भइरहेको भनिएको अनियमितताबारे आवाज उठाएपछि उनीहरूलाई होस्टेल खाली गर्न लगाइएको, अस्पतालमा काम गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको…

विस्तृतमा...

काठमाडौँ । जापानिज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको र तीमध्ये १३१ जनामा जापानीज इन्सेफलाइटिस (जेई) पुष्टि भएको हो । जेई सङ्क्रमणका कारण हालसम्म २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ । सङ्क्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ । हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई सङ्क्रमण पुष्टि भएको छ । अधिकांश सङ्क्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाइएको…

विस्तृतमा...

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले स्वास्थ्य सूचना विज्ञानका दक्ष जनशक्तिका लागि राष्ट्रिय स्तरमा रोजगारी तथा अवसर विस्तार गर्नुपर्ने बताएकी छन्। यस विषयलाई संसद् र सम्बन्धित निकायमा उठाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छन्। नेपाल हेल्थ इन्फर्मेटिक्स एसोसिएसन (एनएचआईए) ले काठमाडौंमा आयोजना गरेको ‘एनएचआईए कनेक्ट २०२६’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै डा. कार्कीले स्वास्थ्य सूचना विज्ञानका विज्ञका लागि अवसर सिर्जना गर्ने विषय राष्ट्रिय नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताइन्। उनले कार्यक्रममा भएका विभिन्न सत्र र छलफलबाट स्वास्थ्य सूचना विज्ञान क्षेत्रमा रहेका चुनौती, सम्भावना र आगामी प्राथमिकताबारे महत्वपूर्ण दृष्टिकोण तथा नयाँ विचार प्राप्त भएको बताइन्। एसोसिएसनका अध्यक्ष दीपबहादुर सिंहको अध्यक्षतामा भएको…

विस्तृतमा...

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका–१ डाँडाखर्कमा नेपाली औषधि कम्पनीले उत्पादन गरेको औषधिलाई ‘भारतीय’ भन्दै बिक्री गरिएको दाबी सार्वजनिक भएपछि औषधिको मूल्य र बिक्री प्रक्रियामाथि प्रश्न उठेको छ। भूपेन्द्र मोक्तान तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार उनले डाँडाखर्कमा सञ्चालित एक मेडिकलबाट दुई प्रकारका औषधि खरिद गरेका थिए। औषधि लिएपछि उनले मेडिकल सञ्चालकलाई ‘पैसा कति भयो?’ भनेर सोध्दा ४०० रुपैयाँ भएको जवाफ पाएको उनको दाबी छ। त्यसपछि औषधिको प्याकेटमा लेखिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) हेर्दा एउटा औषधिमा १४५ रुपैयाँ र अर्कोमा ६० रुपैयाँ उल्लेख रहेको उनले बताएका छन्। दुवै औषधिको एमआरपी जोड्दा २०५ रुपैयाँ मात्रै हुने भए पनि आफूबाट ४०० रुपैयाँ लिइएको…

विस्तृतमा...

कैलाली । सुदूरपश्चिममा स्वास्थ्य बिमा प्रणालीमा आबद्ध हुने नागरिकको संख्या सात लाख ३२ हजार नाघेको छ। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म प्रदेशका नौ जिल्लाबाट सात लाख ३२ हजार ७५२ जना स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका संयोजक जनकबहादुर साउदका अनुसार बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा बढी कैलालीका नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन्। कैलालीमा मात्रै तीन लाख ६१ हजार ९७९ जनाले स्वास्थ्य बिमा गरेका छन्। त्यस्तै, कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३…

विस्तृतमा...

काठमाडौं । ‘अवरोध तोडौँ, आशा जगाऔँ : क्यान्सरविरुद्ध सामूहिक लडाइँ’ भन्ने नारासहित नेपाल क्यान्सर सम्मेलन (एनसिसी–२०२६) काठमाडौंमा जारी छ। नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलन होटल र्‍याडिसनमा शनिबारसम्म चल्नेछ। सम्मेलनमा यस वर्ष स्तन तथा फोक्सोको क्यान्सरलाई विशेष प्राथमिकतामा राखिएको छ। क्यान्सर उपचार, निदान, अनुसन्धान तथा बिरामीको उपचारमा देखिएका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञबीच छलफल भइरहेको आयोजकले जनाएको छ। विश्व स्वास्थ्य संगठनअन्तर्गत अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोकान २०२४ अनुसार नेपालमा वार्षिक करिब २४ हजार ४९९ नयाँ क्यान्सरका बिरामी थपिने र १७ हजार २१३ जनाको क्यान्सरका कारण मृत्यु हुने अनुमान छ। ७५ वर्षको उमेर…

विस्तृतमा...

काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल सरकार मातहत छात्रवृत्ति करार तथा ज्यालादारी सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि स्वास्थ्य सेवामा खटिँदै आएका करार तथा ज्यालादारी चिकित्सकहरूलाई प्रोत्साहन भत्तालगायतका सुविधाबाट वञ्चित गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी ‘नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१’ मा करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित सेवा तथा समूहको सुरु तलब स्केल बराबर तलब, स्थानीय भत्तालगायत अन्य भत्ता तथा सुविधा पाउने व्यवस्था रहेको संघले जनाएको छ। तर, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करार तथा…

विस्तृतमा...

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ। हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ। महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ। पाँच स्टल रहने हेल्थ डेस्क मार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने छ। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा। केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार डेस्कमा ८ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरु रहनेछन् भने ब्लड प्रेसर, सुगर, सिटामोल, जिवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत सेवा निस्शुल्क प्रदान गरिनेछ। यसैगरी…

विस्तृतमा...

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक पढ्ने वातावरण बनाउन माग गर्दै चिकित्सा शिक्षा आयोग पुगेका छन्। कलेज प्रशासनले आवासीय चिकित्सकलाई अस्पताल तथा होस्टल खाली गर्न निर्देशन दिएपछि उनीहरू काठमाडौं आएका हुन्। आयोगमा आएका चिकित्सकहरू स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सक हुन्। आवासीय चिकित्सक विवेक भट्टराईका अनुसार नेशनल मेडिकल कलेजमा अध्ययनरत ५२ जनामध्ये ४० जना अहिले सानोठिमीमा आएका छन्। उनीहरू सबै वीरगञ्जबाट काठमाडौं आएको उनले बताए। ‘त्यहाँ पढ्ने वातावरण छैन। डर र धम्की दिइएको छ। अनुत्तीर्ण गर्ने, थेसिसमा साइन नगर्ने जस्ता धम्की आएको छ,’ भट्टराईले भने। पढ्ने वातावरण नभएपछि न्याय माग्दै चिकित्सा शिक्षा आयोग आएको उनले बताए। चिकित्सा शिक्षा…

विस्तृतमा...

काठमाडौं । ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले असोज १४ गते राति करिब १ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा पुगेर ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका थिए। उनीहरूले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गाली–गलौज गर्नुका साथै धाकधम्की दिएको र हातपातसमेत गरेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोली अस्पतालमा पुगेर चेकजाँच गर्दा पक्राउ परेका…

विस्तृतमा...