काठमाडौँ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले नुवाकोटमा बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै निःशुल्क मुटु स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन गर्ने भएको छ। केन्द्रको आयोजनामा नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आगामी असोज २१ गते बुधबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले जनाएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो। शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञहरूले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श दिनेछन्। शिविरमा मुटुको विद्युतीय जाँच (ईसीजी), मुटुको भिडियो एक्सरे (इको), रक्तचाप परीक्षण र रगतमा चिनीको मात्रा परीक्षण गरिनेछ। यसका…
स्वास्थ्य डायरी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार बनाउने तयारी गरेको छ। तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ। सो पदमा डा. मिश्रालाई अघि सार्ने निर्णय सरकारले गरिसकेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। उनका लागि सदस्य राष्ट्रहरूसँग कूटनीतिक समन्वय गर्दै समर्थन जुटाउने गृहकार्यसमेत सुरु भइसकेको स्रोतको भनाइ छ। डब्लूएचओले नयाँ क्षेत्रीय निर्देशक चयनको औपचारिक कार्यतालिका चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार आगामी अक्टोबर १२ मा उम्मेदवारी आह्वान गर्ने र जनवरी…
बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी एक बिरामीमाथि दुर्व्यवहार भएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। परिषद्ले जारी गरेको विज्ञप्तिमा शनिबार भएको घटनाबारे अनलाइनमार्फत उजुरी प्राप्त भएको उल्लेख छ। उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न पाँच सदस्यीय समिति गठन गरेको हो। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडितले प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारीले बताएका छन्। प्रहरीका अनुसार जाहेरीका आधारमा कोहलपुर नगरपालिका–११ का ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिइएको छ। थापा उक्त पोलिक्लिनिकका सञ्चालकसमेत रहेको र उनीसँग सीएमए…
काठमाडौं । नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका छन्। नवनियुक्त चारै सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। परिषद्को सदस्यका रूपमा नियुक्त उनीहरूले नर्सिङ तथा मिडवाइफ्री शिक्षाको नियमन, पेशागत मापदण्ड निर्धारण तथा सेवा व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछन्।
काठमाडौं । नेपाल फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन्। नवनियुक्त चारै सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। परिषद्को सदस्यमा नियुक्त उनीहरूले अब फार्मेसी क्षेत्रको नियमन तथा व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्।
काठमाडौं । इन्टर्न तथा आवासीय चिकित्सकका माग सम्बोधन गर्ने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. डिल्ली हरिजनले दोस्रोपटक आमरण अनशन सुरु गरेका छन्। डा. हरिजन सोमबारदेखि भक्तपुरको सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगको कार्यालयमा आमरण अनशनमा बसेका हुन्। इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरणलगायतका विषयमा यसअघि पनि उनले आन्दोलन गर्दै आएका थिए। यसअघि आमरण अनशन बसेपछि सरकारले डा. हरिजनसँग पाँचबुँदे सहमति गरेको थियो। तर सहमति भएको दुई महिना बितिसक्दा पनि त्यसको कार्यान्वयन नभएको उनको आरोप छ। सहमति कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएपछि बाध्य भएर पुनः आमरण अनशनमा बस्नुपरेको उनले बताएका छन्। डा.…
बाँके । बाँकेको कोहलपुरमा उपचारका लागि पोलिक्लिनिक पुगेकी एक महिलाको संवेदनशील अंग छोएको आरोपमा प्रहरीले पोलिक्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकका सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उपचारका क्रममा महिलाको संवेदनशील अंग छोएको तथा चलाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि पीडित महिलाले करणीसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले कोहलपुर नगरपालिका–११ निवासी थापालाई पक्राउ गरेको हो। उनी प्रमाणपत्र तहको सामुदायिक चिकित्सा शिक्षा (सीएमए) उत्तीर्ण स्वास्थ्यकर्मीसमेत रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका थापामाथि बाँके जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी…
बर्दिया । जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचार कक्ष (आइसियु)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसियु सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने गरेको छ । बर्दियाको मधुवन नगरपालिका–४ का मस्तराम चौधरीका बुबा गत भदौ १७ गते रक्तचाप कम भएपछि उपचारका लागि बर्दिया अस्पताल ल्याइएको थियो । बिरामीको शरीरमा अक्सिजनको मात्रा कम भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि जिल्ला अस्पतालमा सो सुविधा नभएपछि चिकित्सकले थप उपचारका लागि…
काठमाडौं । भारतमा औषधि निर्माता कम्पनी सिप्लाको गोदामको औषधि बिक्री तथा वितरण अनुमतिपत्र खारेज भएपछि नेपालमा समेत ठूलो कारोबार गर्ने उक्त कम्पनीको औषधि भण्डारण, गुणस्तर र नियमनमाथि प्रश्न उठेको छ। महाराष्ट्रको खाद्य तथा औषधि प्रशासनले पुणेस्थित सिप्ला फार्मा एन्ड लाइफ साइन्सेस लिमिटेडको वाड्कीस्थित ‘गोदाम नम्बर ए’ को औषधि बिक्री तथा वितरण अनुमतिपत्र खारेज गरेको हो। सिप्ला फार्मा एन्ड लाइफ साइन्सेस औषधि निर्माता सिप्ला लिमिटेडको एकाइ हो। खाद्य तथा औषधि प्रशासनका अनुसार चिकित्सकको सिफारिसमा मात्र बिक्री हुने ‘रेक्टिन प्लस’ नामक औषधिको प्याकेटमा अनुमति नपाएका प्रचार सामग्री तथा दाबी राखिएको भेटिएको थियो। गोदामको निरीक्षण गर्दा औषधि भण्डारण, अभिलेख व्यवस्थापन, मौज्दात मिलान, सरसफाइ…
काठमाडौं । नेपाल क्यान्सर सम्मेलन (एनसिसी–२०२६) काठमाडौंमा सम्पन्न भएको छ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको हो । क्यान्सरको उपचार, निदान तथा अनुसन्धानका क्षेत्रमा देखिएका चुनौतीसँगै उपचारमा भित्रिएका नयाँ प्रविधिबारे सम्मेलनमा छलफल गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा क्यान्सर उपचारका पछिल्ला अभ्यास, अनुभव र नयाँ सिकाइ आदानप्रदान गरिएको थियो । क्यान्सरका बिरामीको उपचारमा देखिएका विभिन्न चुनौती, उपचारका नयाँ प्रविधि तथा क्यान्सरको क्षेत्रमा भइरहेका अनुसन्धानका विषयमा विज्ञहरूले आफ्ना अनुभव र ज्ञान प्रस्तुत गरेका थिए । सम्मेलनको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. लेखजंग थापाले गरेका थिए ।…

