काठमाडौं- आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त भएका छन्। नवनियुक्त रजिस्ट्रार डा. अर्यालले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। डा. अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन्। उनले एमडी अध्ययनमा स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए। सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत डा. अर्यालले यसअघि नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए। डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिलका पूर्व कार्यकारी सदस्य तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन्। आयुर्वेद चिकित्सा तथा प्रशासनिक…
स्वास्थ्य डायरी
काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन्। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. जोशीलाई सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सदस्यसचिव डा. जोशीले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. जोशीसँग नेपाल स्वास्थ्य अनुसन्धान परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभवसमेत छ। उनले सन् २०२४ देखि २०२६ सम्म परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। डा. जोशीले सन् २००० मा युक्रेनस्थित ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका हुन्। सन् २००९ मा नेशनल एकेडेमी…
काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका स्वास्थ्य व्यवसायी हुन् ।
काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिस्ट्रार पदमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेको हो । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
काठमाडौँ – औषधि कम्पनी मर्क र मोडेर्नाले विकास गरिरहेको क्यान्सर खोपले छालाको क्यान्सर अर्थात् मेलानोमाविरुद्धको परीक्षणमा उत्साहजनक नतिजा दिएको छ। खोपलाई इम्युनोथेरापी औषधिसँग संयोजन गरेर प्रयोग गर्दा शल्यक्रियापछि क्यान्सर पुनः फर्किने जोखिम घटेको कम्पनीहरूले बताएका छन्। ‘इन्टिस्मेरान’ नाम दिइएको यो खोप उच्च जोखिमयुक्त मेलानोमा भएका बिरामीलाई शल्यक्रियापछि दिइएको थियो। प्रारम्भिक नतिजाअनुसार खोप र ‘किट्रुडा’ नामक इम्युनोथेरापी औषधिको संयुक्त प्रयोगले केवल किट्रुडा प्रयोग गर्ने बिरामीको तुलनामा क्यान्सर पुनः देखिने तथा शरीरका अन्य भागमा फैलिने जोखिम कम गरेको पाइएको छ। तेस्रो चरणको परीक्षणमा दोस्रो, तेस्रो र चौथो चरणका मेलानोमा भएका एक हजारभन्दा बढी बिरामी सहभागी थिए। उनीहरूमध्ये केहीमा क्यान्सर एउटै स्थानमा ठूलो…
काठमाडौँ – ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नारासहित आज विश्व लामखुट्टे दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। लामखुट्टेको टोकाइबाट फैलिने रोगबारे जनचेतना बढाउने र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाइबाट औँलो, डेंगु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता विभिन्न रोग फैलिने गर्छन्। नेपालमा हालसम्म लामखुट्टेका १६८ प्रजाति पहिचान भइसकेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र फैलावटमा समेत परिवर्तन देखिन थालेको छ।…
काठमाडौँ – प्राचीन भारतीय चिकित्सक महर्षी सुश्रुतको सालिक स्कटल्यान्डस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गमा स्थापना गरिएको छ। शल्यचिकित्साको विकासमा ऐतिहासिक योगदान पुर्याएका सुश्रुतलाई सम्मान गर्दै सालिक स्थापना गरिएको हो। करिब ईसापूर्व ६०० वर्षअघि जीवित रहेको मानिने सुश्रुतलाई आधुनिक शल्यचिकित्साको प्रारम्भिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने चिकित्सकका रूपमा लिइन्छ। उनलाई ‘शल्यचिकित्साका जनक’ भनेर समेत चिनिन्छ। सुश्रुतले लेखेको ‘सुश्रुत संहिता’लाई विश्वका प्राचीन तथा प्रभावशाली चिकित्सा ग्रन्थमध्ये एक मानिन्छ। ग्रन्थमा विभिन्न प्रकारका शल्यक्रियाका विधि, चिकित्सा उपकरण, मानव शरीर रचनासम्बन्धी अध्ययन तथा उपचार पद्धतिबारे विस्तृत विवरण समेटिएको छ। ‘सुश्रुत संहिता’मा पुनर्निर्माणात्मक तथा प्लास्टिक शल्यक्रियाका प्रारम्भिक विधिहरूबारे समेत उल्लेख गरिएको पाइन्छ। त्यस समयमै शल्यक्रियाका लागि…
बाजुरा – बाजुराका नौ स्थानीय तहमध्ये दुई गाउँपालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। पर्याप्त जनशक्ति, औषधि र उपकरणको चुनौतीबीच जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन्। सरकारले स्वास्थ्य सेवाबाट वञ्चित तथा दुर्गम क्षेत्रका नागरिकलाई स्थानीय तहमै उपचारको पहुँच पुर्याउने उद्देश्यले २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अघि सारेको थियो। सोही कार्यक्रमअन्तर्गत निर्माण भएका अस्पतालमध्ये जगन्नाथले २०८० चैतदेखि र गौमुलले यही भदौ ३ गतेदेखि सेवा सुरु गरेका हुन्। जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण गरिएको १० शय्याको अस्पताल ११ करोड ७८ लाख ४५ हजार रुपैयाँको लागतमा तयार भएको हो। अस्पताल सञ्चालनमा आए पनि आवश्यक जनशक्ति र उपकरणको…
लमजुङ – लमजुङ अस्पतालमा एक बिरामीको घाँटीमा जिउँदो रातो कमिला अड्किएको असामान्य घटना सार्वजनिक भएको छ। करिब ३५ वर्षीय पुरुषले गुलियो पदार्थ खाएपछि अचानक घाँटीमा अत्यधिक दुखाइ र असहजता महसुस भएपछि अस्पताल पुगेका थिए। बिरामीको प्रारम्भिक परीक्षणका क्रममा गरिएको एक्सरेमा घाँटीमा कुनै वस्तु देखिएको थिएन। तर दुखाइ अत्यधिक रहेपछि लमजुङ अस्पतालको शल्यचिकित्सा विभागका चिकित्सकहरूले थप परीक्षणका लागि दूरबिनको माध्यमबाट घाँटीभित्र हेर्ने निर्णय गरेका थिए। दूरबिनबाट परीक्षण गर्दा श्वासप्रश्वास नली र खाना जाने नलीको बीचमा रहेको घाँटीको संवेदनशील भागमा जिउँदो रातो कमिला बलियोसँग टाँसिएको अवस्थामा भेटिएको अस्पतालले जनाएको छ। कमिला घाँटीको संवेदनशील भागमा टोक्दै अड्किएको अवस्थामा रहेकाले चिकित्सकहरूले निकै सावधानीपूर्वक निकाल्ने…
कञ्चनपुर- कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गाैला पीडित बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्। सीमित स्रोतसाधनका कारण अस्पतालमा डायलाइसिस गराउँदै आएका बिरामीलाई नियमित सेवा दिन समस्या भइरहेको छ। मिर्गाैला पीडित बिरामीले हस्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि अस्पतालमा उपलब्ध जनशक्ति र उपकरण बिरामीको चापअनुसार पर्याप्त नहुँदा बिरामीले पालो कुरेर बस्नुपर्ने समस्या रहेको महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीले जानकारी दिए। “हामीसँग चार जना स्टाफनर्स भए भोलिदेखि नै रातिको सिफ्टमा समेत डायलाइसिस सेवा सञ्चालन गर्न सक्छौँ,” जोशीले भने, “अहिले कार्यरत जनशक्तिसमेत पर्याप्त छैन समिति उपकरण छन् बिरामीको चाप छ।” मेसु जोशीका अनुसार अहिले…

