

काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका स्वास्थ्य व्यवसायी हुन् ।



