काठमाडौं – नेपालका निजी मेडिकल कलेजमा विदेशी चिकित्सकको नाम र उपस्थितिलाई लिएर गम्भीर प्रश्न उठेपछि नेपाल मेडिकल काउन्सिलले विस्तृत अनुसन्धान सुरु गरेको छ। कलेजमा कार्यरत रहेको विवरण पेस गरेका केही विदेशी चिकित्सकको कागजात र वास्तविक कार्यस्थलबीच मेल नखाएपछि काउन्सिलले छानबिन समिति बनाएको हो। प्रारम्भिक जाँचका क्रममा एक विदेशी चिकित्सकले नेपालमा काम गरिरहेको देखाउन पेस गरेका विवरण शंकास्पद भेटिएका थिए। अनुसन्धान अगाडि बढाउँदा उनले नेपालमा कार्यरत रहेको भनिएको अवधिमै आफ्नो देशमा पनि व्यावसायिक काम गरिरहेको देखिएको काउन्सिल स्रोतले जनाएको छ। आवश्यक कागजातको आधिकारिकतासमेत पुष्टि हुन नसकेपछि काउन्सिलले यो विषयलाई व्यापक रूपमा अनुसन्धान गर्ने निर्णय गरेको हो। अब अनुसन्धान एक जना चिकित्सकमा…
स्वास्थ्य डायरी
काठमाडौं – बीएण्डबी अस्पतालको स्किन एण्ड एस्थेटिक्स क्लिनिकले हरितालिका तीजलाई लक्षित गर्दै विभिन्न छाला तथा सौन्दर्य उपचार सेवामा ४० प्रतिशत छुट दिने भएको छ। अस्पतालले ‘तीज स्पेसल ग्लो, ग्रेस एण्ड गार्जियस यू’ अभियानअन्तर्गत चयनित स्किन तथा एस्थेटिक्स उपचार सेवामा विशेष छुट उपलब्ध गराउने जनाएको हो। यो अफरअन्तर्गत हाइड्रा फेसियल, माइक्रो निडलिङ, हेयर पीआरपी, केमिकल पिल्स तथा माइक्रो निडलिङसँगै पीआरपी (भ्याम्पायर फेसियल) सेवामा ४० प्रतिशत छुट दिइनेछ। उक्त विशेष छुट योजना साउन २९ गतेदेखि भदौ २९ गतेसम्म अर्थात् अगस्ट १४ देखि सेप्टेम्बर १४ सम्म लागू हुने अस्पतालले जनाएको छ। तीजको अवसरमा आफूलाई विशेष महसुस गराउन तथा छालाको हेरचाह गर्न चाहने सेवाग्राहीलाई…
काठमाडौँ – मौसमजन्य तथा महामारीजन्य रोगको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्वास्थ्य सेवा विभाग विगत तीन महिनादेखि निमित्त महानिर्देशकको भरमा सञ्चालन भइरहेको छ । देशभर मौसमी रोगको जोखिम बढिरहेका बेला स्वास्थ्य सेवाको मुख्य निकायमै स्थायी नेतृत्व नहुँदा जनस्वास्थ्य व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ । पछिल्लो चार महिनामा मात्रै सर्पदंशका कारण ६६ जना र जापानी इन्सेफलाइटिस (जेई) बाट १६ जनाको मृत्यु भएको तथ्याङ्कले पनि जोखिमको अवस्था देखाउँछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा १२औँ तहका दुई जना अतिरिक्त सचिव कार्यरत रहे पनि स्वास्थ्य सेवा विभागको महानिर्देशक पद भने रिक्त छ । मन्त्रालयले ११औँ तहका अधिकृत डा. अनुज भट्टचनलाई…
काठमाडौं – चिकित्सा शिक्षा आयोगका रिक्त तीन निर्देशक पदमा तीन जना चिकित्सक नियुक्त भएका छन् । आयोगको निर्देशकमा डा. सन्ध्या चापागाईं, डा. सङ्गरत्न बज्राचार्य र डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् । क्यान्सर रोग विशेषज्ञ डा. चापागाईंलाई आयोगको परीक्षा निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ । त्यस्तै, फार्माकोलोजी विशेषज्ञ डा. बज्राचार्यलाई नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक नियुक्त गरिएको छ । नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठलाई भने आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ ।
झापा – झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२-८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् । अघिल्लो आव २०८१-८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए । त्यस्तै, आव २०८०-८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालको तथ्याङ्कअनुसार गत आव २०८२-८३ मा ७६५ जनाले…
धनगढी- सुदूरपश्चिममा मुटु तथा मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारका लागि महत्वपूर्ण मानिएको क्याथ ल्याब सेवा धनगढीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल, गेटामा सञ्चालन हुने भएको छ। विश्वविद्यालयले अत्याधुनिक क्याथ ल्याब स्थापना गर्न २४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीका अनुसार क्याथ ल्याबका उपकरण खरिद प्रक्रिया एक साताभित्रै अघि बढाइनेछ। विश्वविद्यालयले मुटु र मस्तिष्क दुवैको उपचार गर्न सक्ने अत्याधुनिक एआई प्रविधियुक्त क्याथ ल्याब सञ्चालन गर्ने तयारी गरेको छ। केही महिनाभित्रै सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उपकुलपति जोशीले बताएका छन्। हाल सुदूरपश्चिमका सरकारी अस्पतालमा क्याथ ल्याब सेवा नहुँदा जटिल मुटु तथा मस्तिष्कका बिरामी उपचारका लागि…
काठमाडौँ- सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ। उपभोक्तालाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाबाट सुरु गरेर क्रमशः देशभर ऐन लागू गर्ने तयारी गरेको हो। नेपालको संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरेको छ। सोही संवैधानिक व्यवस्थाको कार्यान्वयन तथा सर्वोच्च अदालतबाट ऐन कार्यान्वयनका सम्बन्धमा जारी विभिन्न परमादेश र निर्देशनात्मक आदेशलाई आधार बनाएर सरकारले ऐन कार्यान्वयनलाई प्राथमिकता दिएको हो। सरकारले यसअघि हेटौंडा, वीरेन्द्रनगर र बुटवलका सीमित क्षेत्रमा ऐन कार्यान्वयनमा ल्याइसकेको छ। अब भने सीमित क्षेत्रबाट विस्तार गर्दै मुलुकभर लागू…
काठमाडौं । नर्सिङ तथा स्वास्थ्य क्षेत्रमा सुधार र नर्सहरूको अधिकार, सम्मान तथा पेशागत सुरक्षाका लागि अनशन बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको दुई साता बितिसकेको छ। तर, सहमति कार्यान्वयनका लागि तय गरिएका कामहरू अपेक्षित रूपमा अघि नबढेको भन्दै रानाभाटले सरकारप्रति असन्तुष्टि जनाएकी छन्। साउन २० गते सरकार र रानाभाटबीच १९ बुँदे सहमति भएको थियो। सहमतिपछि उनले आफ्नो अनशनका सम्पूर्ण कार्यक्रम अन्त्य गरेकी थिइन्। सहमतिमा सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा सुविधा निर्धारणका लागि सात दिनभित्र कार्यदल गठन गर्ने र कार्यदलले ६ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख थियो। त्यस्तै…
काठमाडौं – सामाजिक घुलमिल तथा पार्टीमा सहज महसुस गर्न केही युवाले चिकित्सकीय प्रयोजनका औषधि प्रयोग गर्न थालेपछि त्यसको दुरुपयोगप्रति विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी एङ्जाइटी कम गर्ने वा मुटुसम्बन्धी समस्यामा प्रयोग हुने औषधिलाई मदिराको विकल्पका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ। चीनकी २० वर्षीया विश्वविद्यालय विद्यार्थी मेई (परिवर्तित नाम)लाई साथीहरूसँग बाहिर निस्कँदा घाँटीमा गाँठो परेजस्तो हुने, हातमा पसिना आउने र आफूले गलत कुरा बोल्ने हो कि भन्ने डर लाग्थ्यो। सामाजिक सञ्जालमार्फत उनले चिकित्सकीय प्रयोजनमा प्रयोग हुने विभिन्न औषधिबारे जानकारी पाएपछि चिकित्सकको निगरानीबिनै प्रिग्याबलिन र बेटा ब्लकर प्रयोग गर्न थालिन्। सुरुमा सामाजिक भेटघाटका बेला मात्रै औषधि प्रयोग गर्ने…
काठमाडौं – नेपालमा मानिसको ज्यान जोखिममा पार्न सक्ने जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण बढ्दै गएको छ। पुषयता देशभर ५८ जनामा संक्रमण पुष्टि भएकोमा १६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। संक्रमितमध्ये मृत्यु हुनेको अनुपात करिब २७ प्रतिशत रहेको छ। जापानिज इन्सेफलाइटिस विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ। क्युलेक्स प्रजातिका संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्छ। समयमै उपचार नपाए बिरामीको ज्यानसमेत जान सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्। बाल स्वास्थ्य तथा खोप सेवा शाखा, परिवार कल्याण महाशाखाका जेई जोखिम विज्ञ डा. अभियान गौतमका अनुसार कुखुरा, हाँस तथा सुँगुर पाल्ने र धान खेती हुने…

