स्वास्थ्य डायरी

काठमाडौँ – विदेशी चिकित्सकहरूले नेपालमा दर्ताका लागि पेस गरेका कागजातमध्ये केही फर्जी रहेको पुष्टि भएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विभिन्न अस्पतालमा कार्यरत विदेशी चिकित्सकले पेस गरेका कागजात सम्बन्धित देशका मेडिकल नियामक निकायसँग प्रमाणीकरण गर्ने क्रममा केही ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित निकायबाट जारी नै नभएको पुष्टि भएको काउन्सिलले जनाएको छ। कागजातको आधिकारिकता परीक्षण नगरी विदेशी चिकित्सकको दर्ताका लागि सिफारिस गर्ने स्वास्थ्य संस्था, सम्बन्धित विदेशी चिकित्सक तथा उनीहरूको सनाखत गर्ने नेपाली चिकित्सकसँग काउन्सिलले लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको छ। आवश्यक परे उनीहरूलाई बयानका लागि काउन्सिलमा उपस्थित गराइने…

विस्तृतमा...

काठमाडाैँ – विश्वका १० मध्ये चारवटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन्। संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन। डब्लुएचओ र युनिसेफको प्रतिवेदनले पहिलोपटक स्वास्थ्य सेवा संस्थामा आधारभूत सरसफाइ सेवाको विश्वव्यापी अवस्था मापन गरेको हो। सन् २०२५ का लागि गरिएको अनुमानमा केवल ४० प्रतिशत स्वास्थ्य संस्थामा बिरामी तथा कर्मचारीका आवश्यकता पूरा गर्ने, पहुँचयोग्य र प्रयोग गर्न मिल्ने शौचालय रहेको पाइएको छ। आधारभूत सरसफाइ मापदण्ड पूरा गर्न कर्मचारीका लागि छुट्टै कम्तीमा एउटा शौचालय, महिनावारी स्वच्छताका सुविधासहित कम्तीमा…

विस्तृतमा...

पोखरा- बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयसँगको साझेदारी, नोरा हेल्थको आर्थिक सहयोग तथा बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) को नेतृत्व र कार्यान्वयनमा सञ्चालन हुने कार्यक्रमको प्रारम्भिक बैठक मंगलबार पोखरामा सम्पन्न भएको हो । प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेको प्रमुख आतिथ्य तथा स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. युवानिधि बसौलाको अध्यक्षतामा भएको बैठकमा प्रदेशका १४ प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा मेट्रोन र स्थानीय तहअन्तर्गतका दुई अस्पतालका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमअन्तर्गत अस्पतालमा बिरामी वा सुत्केरीको कुरुवा बस्ने परिवारका सदस्यलाई केवल सहयोगीका रूपमा नभई…

विस्तृतमा...

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ तथा अनुसन्धानकर्ता डा. सुधा बस्नेत नियुक्त भएकी छन् । स्वास्थ्य मन्त्री निशा मेहताले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. बस्नेतलाई परिषद्को अध्यक्षमा नियुक्त गरेकी हुन् । सोही निर्णयअनुसार परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा तथा सदस्यहरूमा डा. गणेश दंगाल, डा. सन्तोषकुमार ठाकुर, डा. सतिशकुमार देव, डा. धर्मागत भट्टराई र डा. रबा थापा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा. बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित उनले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस,…

विस्तृतमा...

काठमाडौं – जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त भएका छन् । स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म विभिन्न प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरिसकेका छन् । उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा समेत जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान पौडेलका प्रमुख कार्यक्षेत्र हुन् । शैक्षिक रूपमा उनले बेलायतको लन्डन…

विस्तृतमा...

काठमाडौँ – श्रीलङ्काका चिकित्सकहरूले एक ५५ वर्षीय पुरुषको मूत्राशयबाट ३.१ किलोग्राम तौलको विशाल पत्थरी शल्यक्रियामार्फत निकालेका छन्। चिकित्सकका अनुसार अभिलेखमा दर्ता भएका मूत्राशयका पत्थरीमध्ये यो अहिलेसम्मकै ठूलो हुन सक्छ। पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीस्थित अस्पतालमा गत साता गरिएको शल्यक्रियाका क्रममा करिब १७ सेन्टिमिटर लामो पत्थरी निकालिएको हो। यसको तौल पूर्ण विकसित नवजात शिशुको तौलजति रहेको चिकित्सकहरूले बताएका छन्। मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका ती बिरामीलाई पिसाब फेर्न समस्या देखिएपछि थप परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मूत्राशयमा ठूलो पत्थरी रहेको पत्ता लागेपछि चिकित्सकहरूले शल्यक्रिया गरेका थिए। शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलहन बालकृष्णनका अनुसार उक्त पत्थरी बिरामीको मूत्राशयमा पाँचदेखि १० वर्षसम्म रहेको हुन सक्ने…

विस्तृतमा...

काठमाडौँ – नेपालमा क्षयरोग (टीबी) को औषधि र आधारभूत उपचार सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने भए पनि रोगका कारण बिरामी परिवार ठूलो आर्थिक संकटमा पर्ने गरेको एक अध्ययनले देखाएको छ। हालै प्रकाशित अध्ययनअनुसार नेपालका ५१ प्रतिशत क्षयरोग प्रभावित परिवारले उपचारका कारण ठूलो आर्थिक भार बेहोर्नुपरेको छ। औषधि प्रतिरोधी टीबी भएका चारमध्ये तीन परिवारमा आर्थिक समस्या अझ गम्भीर देखिएको छ। क्षयरोगको उपचारका क्रममा औषधिसँगै विभिन्न परीक्षण, यातायात, खाना, आवास तथा पोषणमा खर्च हुने गर्छ। अध्ययनमा बिरामीको कुल खर्चमध्ये ४४ प्रतिशत उपचारबाहेकका प्रत्यक्ष खर्चमा र ३९ प्रतिशत आम्दानी गुमाउँदा हुने अप्रत्यक्ष खर्चमा जाने देखिएको छ। अध्ययनमा सहभागीमध्ये ३५ प्रतिशतले उपचार खर्च जुटाउन…

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडि फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजनाप्रति आपत्ति जनाएकी छन्। उनले संवेदनशील स्वास्थ्य संस्थाको आसपास फोहोर प्रशोधन केन्द्र निर्माण गर्दा आमा र नवजात शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने प्रसूति गृहको पछाडि स्थानीयलाई पर्याप्त सूचना र जानकारी नदिई निर्माण कार्य अघि बढाइएको दाबी गरिन्। निर्माणका क्रममा बाटोसमेत ढाकिएको भन्दै उनले स्थानीय बासिन्दाको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। प्रसूति गृहजस्तो संवेदनशील स्वास्थ्य संस्थाको आसपास फोहोर प्रशोधन केन्द्र निर्माण…

विस्तृतमा...

काठमाडौं – फोक्सोको क्यान्सरको जोखिम पहिचान गर्न जोखिममा रहेका व्यक्तिमा गरिने महत्वपूर्ण परीक्षण हो, फोक्सोको क्यान्सर स्क्रिनिङ। नेपाल क्यान्सर हस्पिटलमा कार्यरत वरिष्ठ परामर्शदाता मेडिकल अन्कोलोजिस्ट डा. बिजेशराज घिमिरेका अनुसार विशेषगरी लामो समयदेखि धुम्रपान गर्दै आएका व्यक्तिले फोक्सोको क्यान्सरको जोखिमप्रति सचेत हुन आवश्यक छ। डा. घिमिरेका अनुसार पुरुषमा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये फोक्सोको क्यान्सर पनि एक हो। फोक्सोको क्यान्सरका करिब ८५ प्रतिशत घटना धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनसँग सम्बन्धित हुने गर्छन्। वायु प्रदूषण पनि फोक्सोको क्यान्सरको महत्वपूर्ण जोखिम कारकका रूपमा रहेको उनको भनाइ छ। आफूले धुम्रपान नगरे पनि लामो समयसम्म घरपरिवार वा वरपरका व्यक्तिले धुम्रपान गर्ने अवस्थामा ‘सेकेन्ड ह्यान्ड स्मोक’का कारण…

विस्तृतमा...

काठमाडौँ- विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि सरकारले देशभरका अस्पतालमा तीन हजारभन्दा बढी शय्या निःशुल्क छुट्याएको भए पनि अधिकांश शय्या प्रयोगविहीन छन्। सरकारी तथ्यांकमा सुविधा देखिए पनि लक्षित वर्गका बिरामीले भने सहज रूपमा सेवा पाउन नसकेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको निःशुल्क स्वास्थ्य पोर्टलको सोमबारको विवरणअनुसार देशभरका ३० हजार ८ सय ७ शय्यामध्ये १० प्रतिशत अर्थात् ३ हजार ८० शय्या विपन्न, असहाय र बेवारिसे नागरिकका लागि छुट्याइएको छ। तर, तीमध्ये ८ सय ६९ शय्या मात्रै प्रयोगमा छन् भने २ हजार ६ सय ८२ शय्या खाली छन्। सरकारले लक्षित वर्गका बिरामीलाई निःशुल्क शय्यामा भर्ना भएपछि अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा…

विस्तृतमा...