स्वास्थ्य डायरी

काठमाडौं – लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस (जेइ) संक्रमण बढ्दै जाँदा यसबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। हालसम्म देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा जेइ संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमणको जोखिम बढिरहेकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार पुष्टि भएका संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु भएका सबै २१ जनाले पनि जेइ खोप नलगाएको महाशाखाले जनाएको छ। हालसम्म झापामा सबैभन्दा धेरै १० जनामा संक्रमण पुष्टि भएको छ। कैलाली र मोरङमा सात/सात, सप्तरी र कञ्चनपुरमा छ/छ…

विस्तृतमा...

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बीचपोर्टमा फेला परेको बताइन् । ‘अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो’, कोलिन्सले पत्रकारहरूलाई बताइन् । सङ्क्रमित जङ्गली चराहरू वा तिनको साझा वातावरणको सम्पर्कमा आएपछि सिलमा भाइरस सरेको हुन सक्ने उनले बताइन् । हालसम्म यो घटना अन्य बिरामी वा मृत समुद्री स्तनधारी जीवसँग सम्बन्धित रहेको कुनै…

विस्तृतमा...

बाँके – लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेशकुमार चौधरीले जानकारी दिए। उनका अनुसार मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्नेलगायत समस्या देखिन्छ। डा. चौधरीले भने, “लामो समय कुरा गर्नका लागि मोबाइललाई कानभन्दा टाढा राखेर गर्नुपर्छ, नत्र त्यसले ठूलो समस्या निम्त्याउन सक्छ।” डा. चौधरीले गर्मी मौसममा चिसो पेय पदार्थको अधिक प्रयोगले पनि…

विस्तृतमा...

गुल्मी – गुल्मीमा अवैध रूपमा सञ्चालन हुँदै आएका दुई मेडिकल बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा इस्मा गाउँपालिकाका वडा नम्बर १ र २ मा सञ्चालित दुई मेडिकल बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार इस्मा गाउँपालिकाका केही स्थानमा गाउँपालिका तथा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले अवैध रूपमा मेडिकल सञ्चालन गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा शुक्रबार स्थलगत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा वडा नम्बर १ हर्पुकोटस्थित आलम मेडिकल र वडा नम्बर २ छल्दीटारीस्थित राम क्लिनिक अवैध रूपमा सञ्चालन भइरहेको पाइएको थियो। त्यसपछि दुवै मेडिकल बन्द गराई थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन…

विस्तृतमा...

भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको पहिचान तथा उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। तर बिरामीको चाप बढेसँगै अस्पतालको विद्यमान क्षमता, भौतिक पूर्वाधार र उपकरण भने अपुग हुँदै गएको छ। काठमाडौं उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरबाहेक देशका विभिन्न स्थानबाट समेत उपचारका लागि अस्पताल आउने बिरामीको संख्या विगतको तुलनामा दोब्बरले बढेको अस्पतालले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार पछिल्लो एक–दुई वर्षमै बिरामीको संख्या दोब्बरभन्दा बढी बढेको छ। उनका अनुसार दुई वर्षअघिसम्म अस्पतालको ओपिडीमा वार्षिक ५० देखि ६० हजार बिरामी आउने गरेका थिए। तर गत वर्षदेखि ओपिडीमा उपचारका लागि आउने बिरामीको संख्या वार्षिक एक…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य संस्थामा प्रयोग भइरहेका बायोमेडिकल उपकरणको व्यवस्थित मर्मत–सम्भार तथा व्यवस्थापनका लागि स्वास्थ्य संस्था र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा ‘बायोमेडिकल इकाइ’ गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा प्रयोग हुने बायोमेडिकल उपकरणको गुणस्तरीय, सुरक्षित, मितव्ययी र दिगो व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले ‘बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका, २०८१’ (वा २०८२) जारी गरेको छ। सोही निर्देशिकाअनुसार बायोमेडिकल इकाइ गठन गर्न लागिएको हो। स्वास्थ्य सेवा विभागले गत साउन २० गते आफ्नो वेबसाइटमार्फत निर्देशिका सार्वजनिक गरेको थियो। निर्देशिकाअनुसार एक्स–रे, अल्ट्रासाउन्ड, भेन्टिलेटर, मोनिटर तथा प्रयोगशाला परीक्षणका उपकरणलगायत बायोमेडिकल उपकरणको खरिद, जडान, सञ्चालन, मर्मत, मौज्दात विवरण, डिकमिसनिङ र विसर्जनसम्मका कामलाई व्यवस्थित गरिनेछ। स्वास्थ्य…

विस्तृतमा...

-दिपक राज जोशी मेरो ससुरा बुबाको उपचारका लागि वीर अस्पताल जानुपर्ने भयो। बिहीबार बिहान ६ बजे गुगलमा नम्बर खोजेर फोन गरेँ र टिकटबारे जानकारी लिएँ। ७ बजेदेखि टोकन र साढे ७ बजेदेखि टिकट वितरण हुँदो रहेछ। त्यसैअनुसार पौने ७ बजे वीर अस्पताल पुगेँ। मभन्दा अगाडि नै ३०–३५ जना लाइनमा लागिसकेका रहेछन्। ७ बजेर ३५ मिनेटपछि स्वास्थ्य बीमा गरेका बिरामीका लागि टिकट वितरण गर्ने ढोका खुल्यो। बिरामीको प्रकृतिअनुसार दुई जना डाक्टरलाई देखाउनुपर्ने भएकाले दुईवटा छुट्टाछुट्टै टिकट काटियो। टिकट काट्दाकाट्दै ८ बजिसकेको थियो। त्यसपछि सोधपुछ कक्षमा गएर डाक्टर आउने समय सोधेँ। जवाफ आयो– ९ बजेपछि। टिकटमै पनि डाक्टर भेट्ने समय बिहान ९…

विस्तृतमा...

काठमाडौँ – आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराइने औषधिको अभाव हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूची र त्यसको व्यवस्थापनसम्बन्धी विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहमा पठाएको हो। स्थानीय तहले आफ्ना मातहतमा रहेका स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा मेडिकल सामग्रीको नियमित आपूर्ति, उचित भण्डारण र निःशुल्क वितरणको व्यवस्था मिलाउनुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले वर्षभरि आवश्यक औषधिको उपलब्धता कायम राख्न सम्बन्धित स्थानीय तहलाई आफ्नो जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्री व्यवस्थापन गर्न आग्रह गरेको छ।…

विस्तृतमा...

काठमाडौँ – निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको छ । विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ । अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछन् । उनका अनुसार, निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रुपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागिएको हो ।

विस्तृतमा...

चितवन – भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ । सोही युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उनले जानकारी दिए । यसैगरी अस्पतालमा जडान गरिएका दुई भेन्डिङ मेसिनबाट पनि बहिरङ्ग (ओपिडी) टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यसले बिरामीलाई काउन्टरमा लाइन…

विस्तृतमा...