वीरगन्ज- बारा जिल्लामा एक जना महिलामा हैजाको संक्रमण पुष्टि भएको छ। कलैया उपमहानगरपालिका–२३ बैराटपुरकी करिब ४१ वर्षीया महिलामा हैजाको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालयका अनुसार ती महिलाको वीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विगत दुई दिनदेखि उपचार भइरहेको छ। गत शुक्रबारदेखि झाडापखालाबाट पीडित रहेकी ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि आइतबार अस्पताल ल्याएर भर्ना गरिएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको दिसामा हैजाका जीवाणु भिब्रियो कोलेरा भेटिएपछि संक्रमण पुष्टि भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी ती महिलाको उपचार भइरहेको र हाल स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा राखिएको जनाइएको छ।
स्वास्थ्य डायरी
गर्मीको समयमा रक्तचाप, डिप्रेसन तथा मुटुसम्बन्धी समस्या उपचारका लागि औषधि सेवन गरिरहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन्। केही औषधिले शरीरको तापक्रम नियन्त्रण गर्ने प्राकृतिक प्रक्रियामा असर पार्ने तथा शरीरमा पानी र लवणको सन्तुलन बिगार्न सक्ने भएकाले गर्मीमा स्वास्थ्य जोखिम बढ्न सक्छ। डिप्रेसन, चिन्ता तथा अन्य मानसिक स्वास्थ्य समस्याका लागि प्रयोग हुने केही औषधिले शरीरको तापक्रम नियन्त्रणमा भूमिका खेल्ने मस्तिष्कको हाइपोथालामसमा प्रभाव पार्न सक्छन्। यसका कारण अत्यधिक पसिना आउने वा पसिना कम आउने, शरीर तात्ने तथा पानी र आवश्यक लवणको कमी हुने समस्या देखिन सक्छ। सिजोफ्रेनिया तथा बाइपोलार डिसअर्डरको उपचारमा प्रयोग हुने केही मनोविकारविरोधी औषधिले पनि शरीरलाई चिसो राख्ने…
दाङ – नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र्रहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३ लाख ३८ हजार ९२८ जनालाई आँखा उपचार सेवा प्रदान गरेका छन् । यस अवधिमा १४ हजार ४७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया तथा तीन हजार ६५५ जनाको अन्य आँखासम्बन्धी शल्यक्रिया गरी कूल १८ हजार १२१ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ । कार्यक्रमअन्तर्गत अस्पताल तथा उपचार केन्द्र्रका साथै विभिन्न बाह्य कार्यक्रममार्फत निःशुल्क आँखा शिविर, आँखा जाँच तथा विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रमबाट ९७ हजार ६६९ जनाले निःशुल्क आँखा जाँच सेवा प्राप्त गरेका छन् भने चार…
काठमाडौँ – जनकपुरमा कार्यरत एक चिकित्सक र उनका बुबामाथि भएको कुटपिटको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिअनुसार भदौ ५ गते जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि काम गरिरहेको अवस्थामा एक समूहले हातपात गरेको थियो। संघका अनुसार आक्रमणकारीहरूले डा. अधिकारीका बुबामाथिसमेत मरणासन्न हुने गरी कुटपिट गरेका थिए। स्वास्थ्य सेवा प्रदान गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटनालाई संघले अमानवीय, आक्रामक र निन्दनीय भनेको छ। यस्ता…
काठमाडौं – सरकारले विभिन्न सरकारी निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव दिवस आचार्यको कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ। आचार्यले अब कोशी प्रदेश सरकारअन्तर्गत रहेर जिम्मेवारी सम्हाल्नेछन्। आचार्यको स्थानमा गोविन्दप्रसाद अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ल्याइएको छ। अधिकारी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। सरकारले गरेको पछिल्लो सहसचिव सरुवाअन्तर्गत अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी दिइएको हो।
काठमाडौं – पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन्। ९८ वर्षीया शाहलाई आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो। अस्पतालका सूचना अधिकारी विमल बोगटीका अनुसार शाहलाई फ्लु भएपछि उपचारका लागि अस्पताल ल्याइएको हो। उनका अनुसार शाहको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। “उहाँको अवस्था सामान्य छ। फ्लु भएको कारण अस्पताल ल्याइएको थियो। अहिले स्वास्थ्य अवस्था सामान्य छ,” बोगटीले भने। उमेरका कारण देखिएका स्वास्थ्यसम्बन्धी समस्यालाई ध्यानमा राख्दै शाहलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
काठमाडौँ – एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायतका विषयमा सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। सहमति भएको १६ दिन बितिसक्दा पनि चिकित्सा शिक्षा आयोगबाट आवश्यक निर्णय नभएको भन्दै एमबीबीएस/बीडीएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपालका संयोजक डिल्ली हरिजनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। २०८३ साउन २२ गते अनशनरत हरिजन र सरकारी वार्ता टोलीबीच भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट तत्काल निर्णय गरी कार्यान्वयन गर्नुपर्ने उनको माग छ। सरकारी कार्यदलको प्रतिवेदनमा एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकले अस्पतालमा अनिवार्य रूपमा तोकिएको समय बिताउनुपर्ने, कामको कठिनाइ, रात्रीकालीन सेवा तथा अतिरिक्त कार्यबोझसमेत वहन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। उनीहरूको आवास,…
नयाँ दिल्ली- भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको संक्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन्। संक्रमण बढिरहेका राज्यहरूले स्वास्थ्यसम्बन्धी परामर्श जारी गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ संक्रमित भेटिएका छन्। तीमध्ये १ हजार ७ सय ७७ जनामा एच१एन१ संक्रमण पुष्टि भएको छ। गत वर्ष यही अवधिमा एच१एन१ का २ सय २९ संक्रमित मात्रै भेटिएकाले यस वर्ष दिल्लीमा संक्रमितको संख्या करिब आठ गुणाले बढेको देखिएको छ। अगस्ट २० मा मात्रै दिल्लीमा १ सय १४ नयाँ एच१एन१ संक्रमित थपिएका थिए। सोही अवधिमा एच३ का १…
चितवन – चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ। बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक तथा कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ। बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरूमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको र तीन वटा त्यस्ता कार्यक्रम गरिसकिएको छ। उनले भने, ‘यहाँ आउने सेवाग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका छौँ।’ कतिपय समयमा काम गर्ने क्रममा हुने…
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ। यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने विषयमा प्रतिबद्धता जनाइएको छ। यस विषयमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूले प्रतिबद्धता जनाएका छन्। स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले काभ्रेमा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा हालसम्म प्राप्त उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गर्दै यसबाट उच्च रक्तचापबाट उत्पन्न हुनसक्ने जटिलता न्यूनीकरणमा सहयोग पुगेको बताइन्। विक्रम संवत् २०७९ भदौ १७ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहका १६७ स्वास्थ्य…

