

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिस्ट्रार पदमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेको हो ।
उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।



