काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले संघीय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका विशिष्ट पदाधिकारीसहित कपिलवस्तु र रूपन्देहीका विभिन्न स्वास्थ्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्। मातृ मृत्युदर उच्च रहेको लुम्बिनी प्रदेश, विशेषगरी कपिलवस्तु जिल्लामा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि आवश्यक कदम तत्काल चालिने मन्त्री गौतमले स्पष्ट गर्दै लुम्बिनीसहित अन्य प्रदेशमा पनि सुधारका विशेष कार्य शुरुवाकाेरूपमा घोषणा गरेकी छन्। अनुगमनका क्रममा उनले कपिलवस्तुको लबनी स्वास्थ्य चौकी, पकडी आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टरसहित), बाणगंगा आयुर्वेद औषधालय, शुद्धोधन र मायादेवी गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पताल, हरनामपुर प्राथमिक अस्पताल तथा दोहनीस्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको अवलोकन गरिन्। त्यसपछि मन्त्री शर्माले रूपन्देहीका महत्त्वपूर्ण…
स्वास्थ्य डायरी
काठमाडौं– शहीद गङ्गालाल हृदय रोग केन्द्रमा स्वास्थ्य बीमाको सर्वर बिग्रिएपछि बिहानैदेखि बिरामीहरू मर्कामा परेका छन्। बिहान ८ बजे टिकट काउन्टर खुल्नेबित्तिकै सर्वर डाउन भएपछि लाइनमा उभिएका बिरामीहरूले सेवा लिन नसकेको एक सेवाग्राहीले बताए। ‘सर्वरमा समस्या आएको छ, केही बेरमै सेवा सुचारु हुन्छ’ भनेर अस्पताल प्रशासनले आश्वासन दिइरहेका छन्। ‘तर तीन घण्टा बितिसक्दा पनि सेवा सुरु हुन सकेको छैन,’ सेवाग्राहीले गुनासो गरे। स्वास्थ्य बीमा प्रणालीमा सर्वर सुस्त हुने, इन्टरनेट अवरुद्ध हुनेजस्ता समस्या पटक–पटक दोहोरिने गरेकाले बिमितहरू निरन्तर समस्यामा पर्दै आएका छन्।
काठमाडौँ – एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौँ केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अध्ययनअनुसार हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७.३ प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ । रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो जसले अन्धोपना पनि निम्त्याउन सक्छ । अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाडौँ जिल्लामा ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका…
काठमाडौं – नेपालमा पहिलोपटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पहिचान गर्न सकिने अत्याधुनिक डायग्नोस्टिक किट ‘एचएलए-डीआर४’ भित्रिएको छ। नेक्सजेन ल्याब सोलुसन प्रालिले चेक रिपब्लिकस्थित ‘हाेला बायाे ल्याब’सँगको सहकार्यमा यो किट नेपाल ल्याएको हो। कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी किटको औपचारिक शुभारम्भ गरेको छ। नेक्सजेन ल्याब सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार, बाथरोग वा टाइप–१ मधुमेह प्रारम्भिक चरणमै पत्ता लगाउनु उपचारको दृष्टिले अत्यन्त महत्वपूर्ण छ। प्रारम्भिक पहिचान भएपछि रोगले गम्भीर रूप लिनुअघि नै उपचार थाल्न सकिने भएकाले बिरामी दीर्घकालीन जटिलता र महँगा औषधोपचारबाट जोगिन सक्छन्। आरटी–पीसीआर प्रविधिमा आधारित नेक्सजेनले भित्र्याएको यो किट अत्याधुनिक आरटी-पिसीआर प्रविधिमा आधारित छ, जसले रोगको सुरुवाती…
काठमाडौं – स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा सहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आरोपपत्रमा सार्वजनिक सम्पत्ति हानी गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ। आरोपपत्र अनुसार, केन्द्रका तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निशियन रवीकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्र नर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठमाथि जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो माग गरिएको छ। अख्तियारले हेटौँंडा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सबैभन्दा कम मूल्य कबोल…
जनकपुरधाम– मधेश प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत गरिएको अनुगमन निरीक्षण र कार्यसम्पादन मूल्यांकनमा रौतहट जिल्लाको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले तीन दिने वार्षिक समीक्षा गोष्ठीको समापन समारोहमा गौर अस्पताललाई उत्कृष्ट घोषणा गरेका हुन्। मूल्यांकन अनुसार प्रादेशिक अस्पताल गौरले ९१ प्रतिशत अंक प्राप्त गरी मधेश प्रदेशका सात प्रादेशिक अस्पतालमध्ये पहिलो स्थान हासिल गरेको छ। यसअघि पनि आर्थिक वर्ष २०८०/८१ मा गौर अस्पताल प्रदेशको उत्कृष्ट घोषणा भइसकेको थियो। तीन दिने वार्षिक समीक्षा गोष्ठीमा पर्सा बाहेकका जिल्लाका प्रादेशिक अस्पतालका वर्षभरका स्वास्थ्य कार्यक्रमहरूको मूल्यांकन गरिएको थियो। न्यूनतम सेवा मापदण्ड अन्तर्गत गौर…
काठमाडौं– आगामी माघमा नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचन हुँदैछ। त्यहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ४ दशकको जीवन, कठिनाइ र संघर्षले आकार लिएको उनको यात्रा अब नेपाली चिकित्सा जगतको एक नयाँ अध्यायतर्फ उन्मुख छ। डा. रावल हुम्ला जिल्लाको विकट सर्केगाडमा जन्मिएका हुन्। प्राथमिक र माध्यमिक शिक्षा गाउँमै प्राप्त गरेका उनी सानैदेखि अध्ययनशील थिए। कक्षा तीनदेखि एसएलसीसम्म जिल्लामा टपर रहेर प्रखर क्षमताको परिचय दिएका उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस अध्ययन गरेका थिए। त्यसपछि वीर अस्पतालमा एमडी हाडजोर्नी विशेषज्ञको रूपमा प्रशिक्षित भए। साथै पाटन अस्पतालमा अक्सफोर्ड विश्वविद्यालयसँग जोडिएको रिसर्चमा…
डडेल्धुरा – स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेलधुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट नतिजा हासिल गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकन गर्दा डडेल्धुराले ८५ दशमलव २० अङ्क प्राप्त गर्दै पहिलो स्थानमा उक्लिएको हो। उत्कृष्ट प्रदर्शनका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल–डोटीले डडेलधुरा स्वास्थ्य कार्यालयलाई सम्मान गरेको छ। आइतबार आयोजित एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदलाई प्रथम स्थानको प्रमाणपत्र प्रदान गरे। उल्लेखनीय उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न साझेदार संस्थाहरूको निरन्तर सहकार्य र श्रमको भूमिका महत्वपूर्ण रहेको…
म्याग्दी- प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको छ । सरकारले सन् २००२ देखि गर्भपतनलाई कानुनी मान्यता दिएको थियो भने सन् २०१६ देखि सरकारी स्वास्थ्य सस्थामाहरुमा गर्भपतन सेवालाई निःशुल्क गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७ सुत्केरी भए । सोही अवधिमा एक सय ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिए ।” उनका अनुसार सुरक्षित गर्भपतन सेवा लिनेमध्ये आठ र सुत्केरी हुनेमध्ये ३१ जना…
दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गरेकी थिइनन् । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ । स्वास्थ्यकर्मीले उनलाई तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । “पहिले कहिल्यै जाँच गरेकी थिइन”,उनले भनिन् “अहिले जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, शल्यक्रिया गर्ने भनिएको छ ।” त्यस्तै तुलसीपुर १२ कै ८२ वर्षीय चेतनाथ पोख्रेलको पनि आँखा परीक्षण गर्दा मोतिविन्दु देखियो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पतालले एनएबिपी नर्वेको आर्थिक एवं प्राविधिक सहयोग आयोजित निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका–१२ द्वारा संयोजित सो निःशुल्क आँखा जाँच कार्यक्रम…

