काठमाडौं– शहीद गङ्गालाल हृदय रोग केन्द्रमा स्वास्थ्य बीमाको सर्वर बिग्रिएपछि बिहानैदेखि बिरामीहरू मर्कामा परेका छन्।
बिहान ८ बजे टिकट काउन्टर खुल्नेबित्तिकै सर्वर डाउन भएपछि लाइनमा उभिएका बिरामीहरूले सेवा लिन नसकेको एक सेवाग्राहीले बताए।

‘सर्वरमा समस्या आएको छ, केही बेरमै सेवा सुचारु हुन्छ’ भनेर अस्पताल प्रशासनले आश्वासन दिइरहेका छन्। ‘तर तीन घण्टा बितिसक्दा पनि सेवा सुरु हुन सकेको छैन,’ सेवाग्राहीले गुनासो गरे।
स्वास्थ्य बीमा प्रणालीमा सर्वर सुस्त हुने, इन्टरनेट अवरुद्ध हुनेजस्ता समस्या पटक–पटक दोहोरिने गरेकाले बिमितहरू निरन्तर समस्यामा पर्दै आएका छन्।
Last Modified Date: २०८२ मंसिर ९, मंगलवार








