स्वास्थ्य डायरी

काठमाडौं– नेपालमा क्यान्सर उपचारका क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। प्रारम्भिक ग्यास्ट्रिक क्यान्सर शल्यक्रिया नगरी निको पार्न सकिने अत्याधुनिक प्रविधि एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (इएसडी) अब नेपालमै नियमित रूपमा उपलब्ध भएको छ। ग्यास्ट्रिक क्यान्सर नेपालमा पनि तीव्र रूपमा बढ्दै गएको स्वास्थ्य चुनौती हो। धेरैजसो बिरामीमा सुरुआतमै लक्षण नदेखिने भएकाले रोग उन्नत चरणमा पुगेपछि मात्र पहिचान हुने समस्या छ। तर समयमै पत्ता लागेमा क्यान्सरलाई शल्यक्रिया नगरी हटाउन सकिने यो प्रविधि विश्वभर प्रभावकारी मानिन्छ। ह्याम्स अस्पतालका गैस्ट्रोएन्टेरोलोजिस्ट डा. विवेक पूर्बेले चीनका विश्व–स्तरीय इएसडी केन्द्रहरूमा विशेष प्रशिक्षण लिएपछि नेपालमा पहिलोपटक नियमित ग्यास्ट्रिक इएसडी सेवा सञ्चालन गरेका छन्। यसले नेपालमा ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर(जीआइ) क्यान्सर उपचारको…

विस्तृतमा...

दशरथचन्द- बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् । जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो । “भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन । नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन”, महराले भने, “प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेका छौँ ।” स्थानीय…

विस्तृतमा...

काठमाडौं– स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य प्रणालीले पछिल्ला वर्षमा उल्लेख्य प्रगति गरे पनि आन्तरिक कमजोरी हटाउन सबै तहको प्रतिवद्धता अझै आवश्यक रहेको बताएकी छन्। उनले सरकारी स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीसँग पर्याप्त ज्ञान, क्षमता र तालीम भए पनि व्यवहारिक उपयोगमा ‘खिया लागेको’ जस्तो अवस्था देखिनु चिन्ताजनक रहेको टिप्पणी गरिन्। नेशनल ज्वाइन्ट एनुअल रिभ्यू कार्यक्रममा बोल्दै मन्त्री गौतमले स्रोत–साधन प्रभावकारी रुपमा प्रयोग हुन नसक्नु गम्भीर समस्या भएको बताइन्। हालैका केही घटनाले व्यवस्थापनमा रहेको कमजोरीबारे महत्वपूर्ण शिक्षा दिएको भन्दै उनले भनिन्, “मानिसको मनभित्रको आक्रोशलाई भोलि दोहोरिन नदिने गरी सिकाइको रूपमा लिनुपर्छ।” स्वास्थ्य संस्थामा उपचारका क्रममा त्रुटि सम्भव हुने तथ्य स्वीकार्दै…

विस्तृतमा...

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाले उत्पादन गरेको ‘रेक्सामोल’ औषधि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ। बुधबार जारी सूचनामा विभागले क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर TRX–695 न्यून गुणस्तर भएको पुष्टि भएको भन्दै औषधि ऐन, २०३५ को दफा १४ अनुसार बिक्री–वितरण रोक्का गर्न आदेश दिएको छ। साथै, उक्त ब्याचका सबै औषधि बजारबाट तुरुन्तै फिर्ता लैजान कम्पनीलाई आग्रह गरिएको छ। बजार अनुगमनका क्रममा सङ्कलन गरिएका नमुनाहरू राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सो ब्याचको औषधि न्यून गुणस्तरीय रहेको पाइएको विभागले जनाएको छ। विभागले उक्त ब्याचका औषधि सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न सबै चिकित्सक, स्वास्थ्यकर्मी, औषधि पसल…

विस्तृतमा...

काठमाडौं– काठमाडौं महानगरपालिकाले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । महानगरको स्वास्थ्य विभागले बुधबार एक सुचना जारी गर्दै प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराएका गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा गर्ने जनाएको हो । चालु आर्थिक वर्ष २०८२ ८३ को वार्षिक बजेट तथा कार्यक्रममा प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराउने महिलाहरूलाई स्वास्थ्य बीमामा निःशुल्क आबद्ध गराउने नीतिअनुसार निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको सूचनामा भनिएको छ । आफूलाई पायक पर्ने नजिकका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गर्भ जाँच गरी निःशुल्क स्वास्थ्य बीमा सेवा लिन महानगरले आग्रह गरेको छ ।

विस्तृतमा...

काठमाडौं- नेप्लीज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजिस्टका अध्यक्षको जिम्मेवारी प्राडा शशी शर्माले पाएका छन्। २०८२ साउन १७ गते सम्पन्न निर्वाचनमार्फत प्राडा शर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो। चयन भएको करिब चार महिनापछि बुधबार नयाँ कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको नेपाल स्वास्थ्य समाजले जनाएको छ। नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा प्राडा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा डा. राहुल पाठक, सहमहासचिवमा डा. नन्दु सिलवाल पौडेल, कोषाध्यक्षमा डा. विनोद कार्की र सह–कोषाध्यक्षमा विवेककुमार पूर्वे रहेका छन्। त्यसैगरी, एसोसिएसनका सदस्यहरूमा डा. मोहन भुसाल, डा. कुमुद भट्टराई, डा. सन्दीपराज कुवर, डा. दीपकराज पाण्डे, डा. आध्याश्री कार्की र सञ्जीत कार्की चयन भएका छन्। नयाँ कार्यसमितिको कार्यावधि दुई…

विस्तृतमा...

विराटनगर – औषधि ऐन २०३५ मा गरिएको संशोधनका केही प्रावधान व्यावहारिक नभएको र ती खारेज हुनुपर्ने मागसहित कोशी प्रदेशका औषधि व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्। संशोधित ऐनका केही धाराहरू औषधि व्यवसायीलाई विस्थापित गर्ने प्रकृतिका रहेको भन्दै उनीहरूले बिहीबार औषधि व्यवस्था विभागको विराटनगर कार्यालयमा धर्ना दिएका छन्। व्यवसायीहरूको भनाइअनुसार सरकारले समयमै आवाज नसुने र समस्या समाधान नगरेपछि उनीहरू चरणबद्ध सडक संघर्ष र व्यवसाय बन्दसम्मका कार्यक्रमसहित दबाबमूलक आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले राज्यले ‘नियमन’ को नाममा व्यवसायीलाई त्रसित बनाउने नीतिगत कदम चालेको आरोप लगाएका छन्। व्यवसायीहरूको मुख्य आपत्ति औषधि ऐन २०३५ को संशोधित दफा ११ का उपदफाहरूमा केन्द्रित छ। संशोधनअनुसार औषधि पसल दर्ता…

विस्तृतमा...

काठमाडाैं- सर्वोच्च अदालतले आयातित तरकारी, फलफूल तथा अन्य खाद्यवस्तुमा विषादी अवशेष परीक्षणका लागि भन्सार नाकामै अत्याधुनिक प्रयोगशाला स्थापना गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। अदालतले स्थापना गरिने प्रयोगशालाहरूबाट सबै प्रकारका विषादीको अवशेष परीक्षण गर्न सकिने व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय स्तरका उपकरण उपलब्ध गराउने तथा आवश्यक दक्ष जनशक्ति सुनिश्चित गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ। अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल), नारायणप्रसाद दवाडी, कञ्चनकृष्ण न्यौपाने, विष्णुप्रसाद तिमिल्सेना र कुमारी खरेलसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमार्इ र डा. नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। विषादी परीक्षणबिनै आयातित फलफूल र तरकारी भन्सार पार गरिन थालेको देखिएपछि दायर गरिएको रिटमध्ये सर्वोच्चले…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमलाई पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूले गरेको कामको विवरण बुझाएका छन् । हिजाे मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमलाई उनले आफ्नो पालामा गरेका कामको विवरण समेटिएको विवरण हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा मन्त्री गौतमले पूर्वमन्त्री पौडेलको पालामा सुरु भएका कार्यक्रमलाई निरन्तरता दिने बताइन् । उनले गुणस्तर स्वास्थ्य, स्वास्थ्य बिमा र स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई व्यवस्थित गराउनु रहेको समेत बताइन् । उनले सरकार जेनजीको भावनाअनुसार चलेको समेत बताइन् । पूर्वमन्त्री पौडेलले स्वास्थ्यलाई सुधार गर्नसके मुलुककै सुधार हुने उल्लेख गर्दै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा ध्यान दिन आग्रह गरे ।

विस्तृतमा...

नेपालगञ्ज – बाँकेका निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप अत्यधिक बढ्दै गएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगञ्जमा रहेको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेकोभेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए । उनले प्रसूति गराउने महिलाको चापले गर्दा कतिपय अवस्थामा भर्ना भएका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रसूतिका लागि शल्यक्रिया र औषधि, उपचार निःशुल्क हुने भएकाले अस्पतालप्रतिको भरोसा बढ्दै गएको बताए । “सरकारी अस्पताल भुइँ मान्छेका लागि नै हो, उनीहरू बाहिरको अस्पतालमा ठूलो रकम तिर्न…

विस्तृतमा...