स्वास्थ्य डायरी

विराटनगर- विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालमा गरिएको नाकको शल्यक्रियापछि सुनसरी इटहरी–१ हासपोसाका ७ वर्षीय जेनिस पाठकको दाहिने आँखाको ज्योति गुमिएको घटनाले अभिभावक स्तब्ध भएका छन्। नाकभित्र पलाएको मासु हटाउने सामान्य प्रक्रिया मानिएको सर्जरीले उल्टै बालकको भविष्य अँध्यारो बनाएको परिवारको गुनासो छ। मंसिर ४ गते नाकको दाहिने प्वालमा पलाएको मासुको उपचार गर्न जेनिसलाई अस्पताल भर्ना गरियो। चिकित्सकको सल्लाहअनुसार मंसिर ५ गते शल्यक्रिया सम्पन्न गरियो। तर भोलिपल्टै अस्पतालले चकित पार्ने गरी हतार–हतार डिस्चार्ज गरेको परिवारको आरोप छ। शल्यक्रियापछि भेट्न पुगेका आफन्तले जेनिसको दाहिने आँखा भित्र पसेको तथा ज्योति हराएको देखे।मामा श्रीकृष्ण प्रसाईं भन्छन्, “आँखाको ज्योति गुमिसकेको देखियो। त्यसपछि नै अस्पतालले छिटो–छिटो डिस्चार्ज…

विस्तृतमा...

-प्रा. डा. प्रकाशराज रेग्मी धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ। चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो। त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ। यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरू भएका छन्। विश्वका धेरै देशहरूमा चिया, कफीको सेवन निकै हुने गरेको छ। अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्दछ। नेपालमा पनि तराईदेखि हिमाली भेगसम्म यसको प्रयोग हुने गर्दछ। पछिल्लो समय कफीको प्रयोग गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ। नेपालमा चिया र कफी खेती पनि हुने भएकाले यसको प्रयोगलाई सामान्य रूपमा लिने गरिन्छ। यहाँ चिया र कफीको प्रयोग स्वास्थ्यका…

विस्तृतमा...

काठमाडाैं- नेपाल फिजियोथेरापी संघ (नेप्टा) द्वारा आयोजित १२औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन २०२५ सम्पन्न भएको छ । यही नोभेम्बर २१ र २२ तारिख (मङ्सिर ५ र ६ गते) सम्म काठमाडौंमा दुई दिनसम्म आयोजित उक्त सम्मेलन नेपालमा आयोजित सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फिजियोथेरापी कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मेलनमा ४५० भन्दा बढी फिजियोथेरापिस्ट, पुनःस्थापना व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो । सङ्घका अध्यक्ष समिद कतिला श्रेष्ठले सम्मेलनको मुख्य उद्देश्य नसर्ने रोगको रोकथाम, नियन्त्रण, जनचेतना र पुनःस्थापनामा विभिन्न स्वास्थ्यसम्बन्धी सरोकार भएकाहरूबीच समन्वय र सहकार्य गर्नु रहेको बताइन् । उनले सम्मेलनमा स्ट्रोक तथा न्यूरोलोजिकल समस्या, कम्मर दुखाइ/अर्थोपेडिक समस्या, मुटुसम्बन्धी रोगहरू, क्यान्सर रोगीको पुनःस्थापनालगायत नसर्ने…

विस्तृतमा...

जनकपुर– नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र नेपाल मेडिकल एशोसिएसन शाखा, जनकपुरको सहयोगमा आयोजित निरन्तर उपचार शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्त्रीरोग तथा शल्यकला र टाउको तथा घाँटी सम्बन्धी दुई महत्वपूर्ण केसहरू प्रस्तुत गरिएको थियो। अनुसन्धान केन्द्रका विशेषज्ञ चिकित्सकहरूले प्रस्तुत केसहरूको गहन विश्लेषण, उपचार पद्धति र हालैका बहु-विषयगत अभ्यासबारे सहभागीहरूलाई विस्तृत रूपमा जानकारी गराएका थिए। कार्यक्रममा अनुसन्धान केन्द्रमा अपनाइने समग्र उपचार दृष्टिकोणलाई पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी अनुसन्धान केन्द्रका ८ विशेषज्ञ चिकित्सकहरू- डा. सुदीप श्रेष्ठ, डा. बिजेश राज घिमिरे, डा. गिसुप निखा प्रासिको, डा. हरि ढकाल, डा. कपेन्द्र शेखर अमात्य, डा. अञ्जु श्रेष्ठ,…

विस्तृतमा...

दोलखा- बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा विशेषज्ञ र डायलाइसिस सेवा सुरू भएसँगै उपकरण र स्रोतसाधनको माग भएको छ । दीर्घरोगीका लागि गत ६ महिनादेखि नियमित डायलाइसिस सेवा सुरु गरेको सो अस्पतालमा हाडजोर्नी, स्त्री तथा प्रसूति, बालरोग, साधारण शल्यचिकित्सा र दाँतको उपचारजस्ता ६ विशेषज्ञ सेवा पनि सञ्चालन भएको छ । हाल अस्पतालमा सबै किसिमका बिरामीका लागि सुविधा मिल्ने अवस्था सृजना भएको छ । जिल्लावासी र जिल्लामा अस्थायी रूपमा बस्नेलाई उपचार पाउन विगतमा जस्तो जनकपुर, धुलिखेल वा काठमाडौँ धाउनुपर्ने अवस्था क्रमशः अन्त्य भएको छ । जिल्लाका स्थानीय तहमा विशेषज्ञ सेवा नभएकाले जिल्ला सदरमुकामको यो अस्पताल अब…

विस्तृतमा...

भोजपुर- जनशक्ति अभाव हुँदा भोजपुर अस्पतालका उपकरणहरु जनशक्ति अभावले प्रयोगमा आउन नसकेको जनाइएको छ । सदरमुकाममा रहेको एक मात्र सरकारी भोजपुर अस्पतालमा सङ्घीय सरकारको करिब रु दुई करोडकोे लागतमा सघन उपचार कक्ष (आइसियू) तयार भएको छ । आइसियू तयार भए पनि आवश्यक जनशक्ति अभावमा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख डा पवित्रा श्रेष्ठले बताइन् । डा. श्रेष्ठले भनिन्, ‘पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमा पनि कर्मचारी राख्न सकिएको छैन ।’ नागरिकको स्वास्थ्यका लागि भएको प्रविधि प्रयोगमा आउनुपर्ने नागरिक समाजका संयोजक पर्शुराम तिवारीको भनाइ छ । उनले भने, ‘दुर्गमका अस्पतालमा सरकारले जनशक्ति व्यवस्थापन…

विस्तृतमा...

म्याग्दी- प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० जनाले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । म्याग्दी ,मुस्ताङ सहित पर्वतको जलजला, बागलुङको ताराखोलाका गर्भवती समस्यामा परेका छन् । जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कात्तिकमा राजीनामा दिएर गएपछि अब प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता सृजना भएको हो । प्रसूति ब्यथाले छटपटिएका गर्भवतीलाई बागलुङ र पोखरा पुर्याउनुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले गुनासो गरे । “विशेषज्ञ चिकित्सक…

विस्तृतमा...

काठमाडाैं- दुर्गम हिमाली जिल्ला मनाङमा चार दिनसम्म निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। कात्तिक २८ देखि मंसिर १ गतेसम्म चलेको शिविरमा ६१२ जनाले सेवा लिए। चिसो मौसम सुरु भइसकेपछि स्थानीयको दन्त स्वास्थ्य समस्यालाई ध्यानमा राखी गोरखा वेलफेयर ट्रस्टले मनाङ अस्पताल, चामे नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय मनाङसँग सहकार्यमा क्याम्प सञ्चालन गरेको हो। काठमाडौँस्थित कान्तिपुर डेन्टल कलेज (केडीसी)ले प्राविधिक सहयोग गरेको शिविरमा डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा दन्त विशेषज्ञ, दन्त हाइजिनिस्ट तथा प्राविधिकहरूको टोली खटिएको थियो। शिविरमा ११५ जनाको दाँत सफा, ११५ को भराई, १७८ जनाको दाँत निकालिएको, ९४ जनालाई कृत्रिम दाँत अपूर्ति गरिएको, साथै १ कर्नियोप्लास्टी र १० डीसीएम प्रक्रिया…

विस्तृतमा...

काठमाडौँ – जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्नसक्ने हुन्छ । जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार विशेषगरी चिसो बढ्न थालेपछि श्वासप्रश्वासका समस्या बढी देखिन थाल्छ । जसमा छाती, मुख, नाक तथा फोक्सोमा सङ्क्रमण बढ्नसक्ने सम्भावना धेरै हुन्छ । फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकका व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा…

विस्तृतमा...

काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट पारित गरेको हो। सभामा प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणअनुसार प्रतिष्ठानको चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ रहेको छ। यसमध्ये ३६ करोड ९५ लाख रुपैयाँ सरकारबाट प्राप्त अनुदान हो भने १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ आन्तरिक स्रोतबाट जुटाइने योजना छ। गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख रुपैयाँ पाएको थियो भने आन्तरिक आम्दानी १ अर्ब १३…

विस्तृतमा...