स्वास्थ्य डायरी

काठमाडाैं- दुर्गम हिमाली जिल्ला मनाङमा चार दिनसम्म निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। कात्तिक २८ देखि मंसिर १ गतेसम्म चलेको शिविरमा ६१२ जनाले सेवा लिए। चिसो मौसम सुरु भइसकेपछि स्थानीयको दन्त स्वास्थ्य समस्यालाई ध्यानमा राखी गोरखा वेलफेयर ट्रस्टले मनाङ अस्पताल, चामे नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय मनाङसँग सहकार्यमा क्याम्प सञ्चालन गरेको हो। काठमाडौँस्थित कान्तिपुर डेन्टल कलेज (केडीसी)ले प्राविधिक सहयोग गरेको शिविरमा डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा दन्त विशेषज्ञ, दन्त हाइजिनिस्ट तथा प्राविधिकहरूको टोली खटिएको थियो। शिविरमा ११५ जनाको दाँत सफा, ११५ को भराई, १७८ जनाको दाँत निकालिएको, ९४ जनालाई कृत्रिम दाँत अपूर्ति गरिएको, साथै १ कर्नियोप्लास्टी र १० डीसीएम प्रक्रिया…

विस्तृतमा...

काठमाडौँ – जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्नसक्ने हुन्छ । जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार विशेषगरी चिसो बढ्न थालेपछि श्वासप्रश्वासका समस्या बढी देखिन थाल्छ । जसमा छाती, मुख, नाक तथा फोक्सोमा सङ्क्रमण बढ्नसक्ने सम्भावना धेरै हुन्छ । फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकका व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा…

विस्तृतमा...

काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट पारित गरेको हो। सभामा प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणअनुसार प्रतिष्ठानको चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ रहेको छ। यसमध्ये ३६ करोड ९५ लाख रुपैयाँ सरकारबाट प्राप्त अनुदान हो भने १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ आन्तरिक स्रोतबाट जुटाइने योजना छ। गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख रुपैयाँ पाएको थियो भने आन्तरिक आम्दानी १ अर्ब १३…

विस्तृतमा...

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई जना चिकित्सकको नयाँ नियुक्ति भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. प्रकाश बुढाथोकी र डा. इन्द्रकुमार झालाई काउन्सिल सदस्यमा नियुक्त गरेकी हुन्। मन्त्रालयका अनुसार डा. बुढाथोकीलाई डेन्टल समूहबाट तथा डा. झालाई मेडिकल समूहबाट प्रतिनिधित्व हुने गरी नियुक्त गरिएको हो।डा. इन्द्रकुमार झा हाल वीर अस्पतालमा कार्यरत छन् भने डा. प्रकाश बुढाथोकी स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता पनि हुन्। काउन्सिलमा तीन जना सदस्य मन्त्रिस्तरीय निर्णयबाट नियुक्त गर्ने व्यवस्था रहेकाले अझ एक पद खाली नै रहेको मन्त्रालयले जनाएको छ।

विस्तृतमा...

भक्तपुर- भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो । प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिइन् । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्याङ्कनमा कूल १०० अङ्कमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको उनको भनाइ छ । मन्त्रालयकी सचिव डा गौतम…

विस्तृतमा...

फ्रान्स- फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमताहरू परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् । कोभिड–१९ खोपमार्फत विश्वभर चर्चित बनेको एमआरएनए प्रविधि अहिले क्यान्सरविरुद्धको नयाँ आशाका रूपमा उदाउँदै छ । एमआरएनए अणुहरूले शरीरका प्रत्येक कोषमा डिएनएबाट आनुवंशिक सन्देश बोकेर विशिष्ट प्रोटिन उत्पादन गराउँछन् । “क्यान्सरको हकमा, यही सन्देशले बिरामीको शरीरलाई ट्युमरविरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता दिन सक्छ”, फ्रान्सेली अनुसन्धान संस्थान आइएनएसइआरएम अन्तर्गतको एआरटी प्रयोगशालाका परियोजना प्रबन्धक दिमित्री सिम्जाकले भने । एमआरएनए सन् १९६० को दशकमै खोजिएको भए पनि कोभिड महामारीका बेला यस प्रविधिले नयाँ पुस्ताका खोपहरू…

विस्तृतमा...

काठमाडौँ- सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए । अस्पतालका मेडिकल निर्देशक डा.सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका बिरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए । जलनका बिरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका बिरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ ।

विस्तृतमा...

-डा. घनश्याम खरेलचक्कर जीवनमा कुनै न कुनै बेला सबैलाई लाग्छ। वरिपरीको चीज संसार घुमेको जस्तो, हिँड्दा लड्न लाग्ने, वा टाउको फन्न झुम्म घुमेको जस्तो अनुभव भयो भने चक्कर लागेको भन्छन्। चक्करले दैनिक जीवनमा असजिलो मात्र होइन, कहिलेकाहीँ खतरनाक पनि हुन सक्छ। यसकारण यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ। चक्कर लाग्ने सबैभन्दा सामान्य कारण बीपीपीभी ‘बीनाइन प्याराक्जस्मल पोजिस्नल भर्टिगो’ हो। बीपीपीभीमा शरीरको स्थिति परिवर्तन हुँदा, जस्तै सुत्दा वा उठ्दा, अचानक चक्कर लाग्छ। कहिलेकाहीँ यससँग वान्ता, वाकवाकी वा उल्टी पनि हुन सक्छ। यो अवस्था केही सेकेन्डदेखि केही मिनेटसम्म मात्र रहन्छ। शरीर स्थिर हुँदा सामान्यतया चक्कर लाग्दैन। बीपीपीभीका कारण अनुभव हुने चक्कर अस्थायी भए…

विस्तृतमा...

बाजुरा- हिमाली गाउँपालिका–६ मा निर्माण भएको प्रसूति केन्द्र भवनमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त स्वास्थ्य कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार स्वास्थ्य कार्यालय, बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक कुमार सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, सब–इन्जिनियर नरेश रावत, उपभोक्ता समिति अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई प्रतिवादी बनाइएको छ। २०७५/७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख रुपैयाँ र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ गरी कुल २६…

विस्तृतमा...

काठमाडौँ – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम नेपाल (हाप्सा नेपाल) ले आपतकालीन स्वास्थ्य समस्या तथा चोटपटकसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउने मोबाइल एप सार्वजनिक गरेको छ। संस्थाले बुधबार काठमाडौँको दरबार हाई स्कुलमा आयोजित कार्यक्रममा ‘कम्युनिटी इमर्जेन्सी रेस्पोन्स टुलकिट (सीईआरटी)’ नामक उक्त एप औपचारिक रूपमा लॉन्च गरेको हो। ‘सडक साथी’ नामक संस्थाको प्राविधिक सहयोगमा विकसित गरिएको यस एपमा आपतकालीन अवस्थाको प्राथमिक उपचारका विधि नेपाली भाषामा सरल शैलीमा सिकाइने १९ वटा भिडियो समावेश गरिएको हाप्सा नेपालले जनाएको छ। एपमा घाँटीमा अड्किने (चोकिङ) समस्या, रक्तस्राव नियन्त्रण, जलन, हड्डी भाँचिएको अवस्थामा गर्नुपर्ने प्राथमिक उपचार, मुटु चाल रोकिएको अवस्था (कार्डियाक एरेस्ट) तथा अन्य आपतकालीन स्वास्थ्य स्थितिमा…

विस्तृतमा...