स्वास्थ्य डायरी

म्याग्दी- विशेषज्ञ चिकित्सक नहुँदा म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रिया सेवा बन्द भएको छ । ५० शय्या क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा ‘हाइड्रोसिल’, ‘एपेण्डिसाइटिस’ र ‘हर्निया’लगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो । विशेषज्ञ डा अशोक पन्त मङ्सिर १ गतेदेखि राजीनामा दिएर गए र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अर्का चिकित्सक पठाउन नसक्दा सेवा बन्द भएको हो । गत कात्तिक १५ गतेदेखि बन्द भएको शल्यक्रियामार्फत गरिने प्रसूति सेवा पनि अझै सूचारु भएको छैन । अस्पतालको करार दरबन्दीमा कार्यरत चिकित्सक सरोज यादवले राजीनामा दिएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि बागलुङ र पोखरा जानुपर्ने बाध्यता सुरु भएको जनाइएको छ । प्रदेश…

विस्तृतमा...

काठमाडाैँ – अचानक र नाटकीय रूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्स विरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ । युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “एचआइभीविरुद्धको विश्वव्यापी प्रतिक्रियाले दशकौँयताकै सबैभन्दा ठूलो धक्का बेहोरेको छ ।” नयाँ प्रतिवेदन प्रस्तुत गर्दै ‘धेरै अन्तर्राष्ट्रिय दातृ निकायका लागि अचानक अन्तर्राष्ट्रिय कोष कटौतीको विनाशकारी परिणाम’ हुने चेतावनी दिँदै भनिन्, “यसले न्यून तथा मध्यम आय भएका मुलुकहरूलाई स्तब्ध बनाएको छ ।” ब्यानिमाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्षको सुरुमै ह्वाइट हाउस फर्केपछि ‘संयुक्त राज्य अमेरिकाको अचानक रोक’ लाई औँल्याइन्, तर अन्य प्रमुख दाताहरूले पनि उनीहरूको वैदेशिक सहायता खर्चमा…

विस्तृतमा...

काठमाडौँ- काठमाडौँ उपत्यकामा ४० वर्षभन्दा माथिका बासिन्दाको आँखा स्वास्थ्यबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययन सार्वजनिक गरिएको छ। नेपाल आँखा कार्यक्रम र तिलगंगा इन्स्टिट्युट अफ अफ्थाल्मोलोजीले २०२२–२०२४ बीच गरेको काठमाडौँ आँखा अध्ययन ले राजधानीवासीमा आँखाका रोगको दर अत्यधिक उच्च रहेको देखाएको छ। नतिजा सार्वजनिक कार्यक्रममा स्वास्थ्य सचिव डा. बिकास देवकोटा र तिलगंगाका कार्यकारी निर्देशक डा. सन्दुक रुइटले अध्ययनले नीति निर्माणका लागि ठोस प्रमाण दिएको बताए। प्रमुख अनुसन्धानकर्ता डा. रिता गुरुङले विस्तृत निष्कर्ष प्रस्तुत गरे। अध्ययनमा ४,९९० सहभागीमध्ये ९७.७ प्रतिशतमा कम्तीमा एक प्रकारको आँखा रोग भेटियो। अन्धोपनका ४१.७ प्रतिशत केस मोतियाबिन्दुका कारण देखिए भने लगभग ८० प्रतिशत दृश्यदोष अपवर्तक त्रुटिका कारण भएको पाइयो।…

विस्तृतमा...

झापा- जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौताअनुसार जिल्लाका १५ वटै पालिकामा गत वर्षदेखि अटिजम भएकाको पहिचान गरी उनीहरुलाई स्वास्थ्य, शिक्षालगायत मूल प्रवाहीकरणमा समाहित गरिएको छ । जिल्लामा पहिचान भएका १३ हजार ८६३ जना अपाङ्गता भएका व्यक्तिमध्ये तीन सय ८१ जना बालबालिकामा अजिटमको समस्या छ । प्रदेश सरकारले पाँच वर्ष अगाडिदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना…

विस्तृतमा...

काठमाडौं– व्यस्त जीवनशैलीका कारण अहिले धेरै मानिसहरू काँध र गर्दन दुखाइबाट पीडित हुने गरेका छन्। विशेषगरी जाडो मौसममा यो समस्या अझ धेरै बढ्ने चिकित्सकहरू बताउँछन्। यही समस्याबाट राहत पाउन योगगुरु आचार्य बालकृष्णले केही घरेलु आयुर्वेदिक उपाय सुझाएका छन्। उनका अनुसार लसुन र अरण्डी (क्यास्टर) तेलको मिश्रणले मांसपेशीको तनाव कम गर्न, रक्तसञ्चार सुधार गर्न तथा लामो समयसम्म आराम प्रदान गर्न प्रभावकारी मानिन्छ। आवश्यक सामग्री बनाउने तरिका मालिस गर्ने तरिका फाइदा किन प्रभावकारी ? तर, यदि दुखाइ लगातार तीन महिनाभन्दा बढी समयदेखि जारी छ वा अन्य स्वास्थ्य समस्या पनि देखिएको छ भने केवल घरेलु उपचारमा भर नपरी चिकित्सक वा फिजियोथेरापिस्टसँग परामर्श गर्न…

विस्तृतमा...

विराटनगर- विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिइन्। दुई दिनमै निको भयो। तर, केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाइन्। तर, पनि असर गरेन। ज्वरो नघटेपछि बल्ल कोशी अस्पतालको बालरोग विभागमा जचाउन लगिन्, चिकित्सकले नयाँ र अझ शक्तिशाली एन्टिबायोटिक लेखिदिए। तब मात्र छोराको ज्वरो निको हुँदै गयो। अस्पतालको बालरोग विभागको ओपिडीमा भेटिएकी सरिताले भनिन्, “पहिलो पटक काम गरेको औषधि यसपालि काम नगरेपछि थाहा पाए, हामी कति गलत ढङ्गले औषधि खाइरहेका रहेछौँ।” त्यस्तै, मोरङको बेलबारीका ५५ वर्षीय रामबहादुर राईले पनि चिकित्सकको परामर्श बिना…

विस्तृतमा...

कैलाली- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया थप अनिश्चित बन्दै गएको छ। आवेदन दर्ताको म्याद एक पटक बढाइए पनि उपकुलपतिका लागि आवश्यक योग्यता पुगेका दाबेदार नआएपछि प्रक्रिया अन्योलमा परेको हो। उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिले कात्तिक १५ मा १५ दिनको समय तोकीदरखास्त आह्वान गरेको थियो। तर उपकुलपतिका लागि पर्याप्त आवेदन नआएपछि म्याद मंसिर ५ सम्म थपिएको थियो। थपिएको म्यादमा एक मात्र आवेदन परेको भए पनि आवश्यक योग्यता नपुगेकाले स्वीकृत गर्न नसकिएको जानकारी सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय सभाका सदस्य प्रा.डा. जयराज अवस्थीले दिए। उनले भने, “थपिएको म्यादमा एउटा आवेदन परेको थियो, तर कार्यविधिमा…

विस्तृतमा...

काठमाडाैं- आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनलाई लक्षित गर्दै डा. विश्वराज दवाडीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत एक विस्तृत वक्तव्य जारी गर्दै उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्। डा. दवाडीले चिकित्सकहरूको सुरक्षा, स्वाभिमान र स्वास्थ्य सेवाको गुणस्तरलाई आफ्नो अभियानको मूल नारा बनाउने स्पष्ट संकेत दिएका छन्। पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा चिकित्सकमाथि बढ्दो हिंसा, पेसाप्रतिको अविश्वास, र दक्ष जनशक्तिको निरन्तर विदेश पलायन गम्भीर चुनौती बनेको उल्लेख गर्दै उनले एनएमए अब केवल भेला र दर्ता गर्ने संस्था मात्र नभई स्वास्थ्य प्रणालीको मेरुदण्ड बन्नुपर्ने आवश्यकता औंल्याए। उनले चिकित्सकहरूको सुरक्षामा शून्य सहनशीलता, मेडिकल…

विस्तृतमा...

अछाम – अछाम जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशमै पहिलो भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा अछाम जिल्ला अस्पतालले सबै जिल्लालाई पछाडि पार्दै प्रथम स्थान हासिल गरेको हो। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रदेशभरका अस्पतालहरूको सेवा सूचकांक, रेकर्डिङ–रिपोर्टिङ, प्रशासनिक तथा आर्थिक प्रगतिसहितका सूचकमाथि गरिएको मूल्यांकनमा अछाम जिल्ला अस्पताल शीर्षस्थानमा रहेको स्वास्थ्य निर्देशनालय, राजपुर डोटीले जानकारी दिएको छ। एक आर्थिक वर्षभरि गरिएको कामकारबाही, स्वास्थ्य सेवा प्रवाह, विवरण संकलन तथा रिपोर्टिङ, प्रशासनिक क्षमता र आर्थिक व्यवस्थापनमा भएका प्रगतिलाई आधार मानेर मूल्यांकन गरिएको थियो। सोही आधारमा अछाम जिल्ला अस्पताल प्रदेशमै पहिलो भएको स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताए। प्रदेशमै पहिलो बनेको…

विस्तृतमा...

स्याङ्जा – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलोपटक ध्वनि चिकित्सा पद्धती (माध्यम) बाट उपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले ‘साउण्ड हिलिङ सेन्टर’ स्थापना गरी ध्वनि चिकित्सा पद्धतीबाट उपचार सेवा सुरु गरेको हो । अर्जुनचौपारी गाउँपालिका–१ मा स्थापित नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा ध्वनि चिकित्सा पद्धती सञ्चालनमा आएको छ । मानिसमा कार्य ब्यस्तता बढेसँगै तनाव बढ्दै जाने र जसले शरीरका महत्वपूर्ण ऊर्जाहरु क्षीण भई रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली कमजोर बन्दै जाँदा ध्वनि चिकित्सा पद्धतीको उपचार बरदान सावित हुन अपेक्षा गरिएको छ । विभिन्न सप्त धातुहरुबाट निर्मित उपकरणको प्रयोगबाट मानिसको शरीर, मन र आत्मालाई ध्वनिको माध्यमबाट शुद्धगरी सप्त चक्रलाई क्रियाशिल गरिन्छ ।…

विस्तृतमा...