स्वास्थ्य डायरी

काठमाडौं – नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगको जोखिम पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ। अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको सेवन, शारीरिक निष्क्रियता, मदिरापानलगायतका कारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढिरहेको हो। नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको हिस्सा पछिल्लो एक दशकमा उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाउँछ। सन् २०१० मा कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा ५१ प्रतिशत रहेकामा सन् २०१४ मा ६० प्रतिशत र २०१६ मा ६६ प्रतिशत पुगेको थियो। हाल कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको सरकारी तथ्याङ्क छ। नसर्ने रोगको जोखिम न्यूनीकरण गर्दै सन् २०३० सम्म अकाल मृत्यु एक…

विस्तृतमा...

काठमाडौँ- नेपाल चिकित्सक संघले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत आजीवन सदस्य डा. सरोज साहमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अमानवीय तथा निन्दनीय कार्यको घोर भत्सर्ना गरेको हो। बिहीबार कार्यथलोमा ड्युटीमा रहेकै अवस्थामा डा. साहमाथि बिरामीका आफन्त लगायतको समूहले सांघातिक आक्रमण गरेको थियो। देशका विभिन्न स्थानमा स्वास्थ्य सेवामा निरन्तर समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पटक-पटक यस्ता आपराधिक घटना व्यहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। यस्ता गतिविधिले चिकित्सकहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुऱ्याएको संघले जनाएको छ। घटनाका सन्दर्भमा टिप्पणी गर्दै संघले भनेको छ, ‘समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको…

विस्तृतमा...

काठमाडौं – औषधि व्यवस्था विभागले १५ दिनको अवधिमा टाइम फर्मास्युटिकल्सले उत्पादन गरेका दुईवटा औषधि न्यून गुणस्तरको पाइएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले असोज १ गते जारी गरेको सूचनाअनुसार टाइम फर्मास्युटिकल्स प्रालि, नवलपरासीले उत्पादन गरेको ग्लिपिड–१ (ग्लिमेपिराइड ट्याब्लेट्स यूएसपी) को ब्याच नम्बर जीएम–०७० न्यून गुणस्तरको पाइएको हो । उक्त औषधिको उत्पादन मिति अप्रिल २०२६ र म्याद सकिने मिति सेप्टेम्बर २०२७ रहेको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि यूएसपी–एनएफ २०२६ अनुसार घुलनशीलता परीक्षण (डिसोलुसन टेस्ट) मा तोकिएको मापदण्डअनुसार नपाइएको विभागले जनाएको छ । यसअघि विभागले भदौ १६ गते जारी गरेको सूचनामा पनि टाइम फर्मास्युटिकल्सले उत्पादन…

विस्तृतमा...

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभागमा सूचीकृत नभएका डाइटरी सप्लीमेन्ट, न्युट्रासिउटिकल तथा अन्य आहारपूरक खाद्य पदार्थ खरिद तथा बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले २०८३ भदौ ३० गते जारी गरेको सूचनामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक (डाइटरी सप्लीमेन्ट) खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ अनुसार विभागमा सूचीकृत हुनुपर्ने आहारपूरक खाद्य पदार्थ सूचीकृत नगरी बिक्रीवितरण भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । विभागका अनुसार फुड, हेल्थ, न्युट्रिसनल वा डाइटरी सप्लीमेन्ट, न्युट्रासिउटिकल तथा प्रोबायोटिक खाद्य पदार्थसम्बन्धी विभिन्न समाचार तथा सूचनाहरू सार्वजनिक भएका छन् । विशेषगरी गर्सिनिया कम्बोजिया तथा म्याग्नेसियम ग्लाइसिनेट विभागमा सूचीकृत नगरी विभिन्न सञ्चार माध्यम तथा…

विस्तृतमा...

काठमाडौँ – लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका वीर अस्पतालका दुई स्टाफ नर्सलाई अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। अस्पतालले बुधबार जारी गरेको सूचनामा स्टाफ नर्स सातौँ तहकी सुनिता सिंह डङ्गोल र सुनिता थापालाई कार्यालयमा अनुपस्थित भएको विषयमा स्पष्टीकरण मागिएको हो। सूचनाअनुसार डङ्गोल २०८२ असोज १९ गतेदेखि र थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्। अस्पताल प्रशासनले स्वीकृत बिदाबिना लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको जनाउँदै उनीहरूमाथि विभागीय सजाय किन नगर्ने भन्ने विषयमा सफाइ पेस गर्न भनेको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न भनिएको छ। तोकिएको अवधिमा सफाइ पेस…

विस्तृतमा...

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा रुघाखोकी, ज्वरो तथा झाडापखालालगायत सरुवा रोगका बिरामी देखिन थालेका छन्। प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा गरिएको निगरानीका क्रममा ज्वरो तथा ज्वरोसँगै खोकीका बिरामीको संख्या तुलनात्मक रूपमा बढी पाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भदौ २३ गते ज्वरो तथा रुघाखोकीका बिरामीको संख्या ६६ जनासम्म पुगेको थियो। सामान्य ज्वरोका बिरामी भदौ २१ गते २० जनासम्म पुगेका थिए। झाडापखालाका बिरामी भदौ १८ र १९ गते ९–९ जना भेटिएका थिए। बिमिरासहितको ज्वरोका बिरामी भदौ १७, १८ र १९ गते लगातार ४–४ जना भेटिएका थिए। पछिल्लो १० दिनको विवरण हेर्दा रसुवाका होल्डिङ सेन्टर…

विस्तृतमा...

काठमाडौं- नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशका १६ जिल्लामा २६ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी झापामा ६ जनाको मृत्यु भएको छ । सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा एक–एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो पटक तनहुँ र रोल्पामा एक–एक जनाको मृत्यु भएको हो । मृतकमध्ये १२ पुरुष र १४ महिला छन् । मृत्यु भएकामध्ये ७७ प्रतिशत ५०…

विस्तृतमा...

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतालबीच ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ । आज प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ र सम्बन्धित अस्पतालका प्रतिनिधिबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कार्यक्रमका लागि सूचीकृत अस्पतालमार्फत जटिल रोगबाट पीडित प्रदेशवासीले सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्ने मन्त्री तामाङले जानकारी दिए । उक्त कार्यक्रमबाट जटिल रोगका बिरामीलाई उपचारमा राहत पुग्ने उनको विश्वास छ…

विस्तृतमा...

काठमाडौँ- नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घरोगका कारण हुने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै विभागले सुरक्षित उपचार र निरन्तर स्वास्थ्य सेवामा जोड दिएको हो। विश्व बिरामी सुरक्षा दिवस २०२६ को अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य सेवा विभागले जारी गरेको प्रेस विज्ञप्तिमा नसर्ने रोगको व्यवस्थापनमा बिरामीको सुरक्षा सुनिश्चित गर्न सुरक्षित चिकित्सा प्रणाली र निरन्तर निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ। यस वर्षको दिवसको नारा ‘सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार’ रहेको छ। विभागका अनुसार विश्वभर हुने कुल मृत्युमध्ये…

विस्तृतमा...

काठमाडौँ – हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण ‘हिमभास–२०२७’ आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। आयोजकका अनुसार सम्मेलन १७ देखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ। हिमभास–२०२७ मा विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकहरूको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनका लागि १०० भन्दा बढी देशका विशेषज्ञलाई निमन्त्रणा गरिएको र हालसम्म ६० भन्दा बढी देशबाट सहभागीको रजिस्ट्रेसन भइसकेको आयोजकको भनाइ छ। हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार यसपटकको सम्मेलन पहिलो संस्करणभन्दा ठूलो आकारमा आयोजना गर्ने तयारी गरिएको छ। पहिलो संस्करणको तुलनामा कम्तीमा दोब्बर विदेशी विज्ञको सहभागिता हुने अपेक्षा गरिएको उनले बताए। सन्…

विस्तृतमा...