स्वास्थ्य डायरी

वीरगञ्ज । स्थापनाको २५ वर्ष पूरा गरेको क्वेष्ट फर्मास्युटिकल्स प्रालिले शनिबार वीरगञ्जमा भव्य समारोह आयोजना गरी रजत जयन्ती मनाएको छ। यसअघि कम्पनीले गत २६ असारमा काठमाडौंमा पनि रजत जयन्ती समारोह आयोजना गरेको थियो। बाराको छातापिपरामा रहेको उद्योग तथा वीरगञ्जस्थित कर्पोरेट कार्यालयमा कार्यरत ६ सयभन्दा बढी कर्मचारीको सम्मानमा वीरगञ्जमा विशेष समारोह आयोजना गरिएको कम्पनीले जनाएको छ। सन् १९९९ मा स्थापना भएको क्वेष्टले सन् २००१ देखि औपचारिक रूपमा औषधि उत्पादन सुरु गरेको हो। कम्पनीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठले विगत २५ वर्षदेखि गुणस्तरीय, सुरक्षित र नवीन…

विस्तृतमा...

बेलायत । बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले ‘जामा’लाई मानव शरीरको ४९औँ रक्त समूह प्रणालीका रूपमा मान्यता दिएको छ। वैज्ञानिकहरूले एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययन गर्ने क्रममा नयाँ रक्त समूह पहिचान गरेका हुन्। अनुसन्धानका क्रममा एफ ११ आर जीन तथा त्यसबाट बन्ने जेएएम–ए प्रोटिनसँग सम्बन्धित आनुवंशिक परिवर्तनसमेत फेला परेको थियो। ‘जामा’ रक्त समूहमा सामान्य मानिसमा पाइने एक विशेष एन्टिजन अनुपस्थित हुन्छ। यस्तो दुर्लभ अवस्था भएका व्यक्तिलाई सामान्य रक्त समूहको रगत दिँदा शरीरले एन्टिबडी बनाएर चढाइएको रातो रक्तकोषिकामाथि आक्रमण गर्न सक्ने भएकाले गम्भीर रक्तसञ्चार प्रतिक्रिया हुन…

विस्तृतमा...

नुवाकोट । बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न नुवाकोटमा सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार ४६७ जनाले खोप सेवन गरेका छन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभियान सञ्चालन गरिएको हो। जनस्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बाढी प्रभावित चार स्थानीय तहमा हालसम्म ५० हजारभन्दा बढीले खोप सेवन गरेका छन्। जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा. अञ्जु कार्कीका अनुसार विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको…

विस्तृतमा...

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ । स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका देशभरका विभिन्न स्वास्थ्य संस्थाले पेस गरेका दाबीबापत उक्त रकम भुक्तानी गरिएको हो । जेठ महिनाको भुक्तानी विवरणमा देशभरका ३८१ वटा स्वास्थ्य संस्था समावेश छन् । सूचीमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत स्वास्थ्य संस्था रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई प्रदान गरिएको स्वास्थ्य सेवाको दाबी प्रक्रिया पूरा भएपछि सम्बन्धित स्वास्थ्य संस्थालाई सेवा रकम भुक्तानी गरिएको बोर्डले…

विस्तृतमा...

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे। नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के छन्।

विस्तृतमा...

काठमाडौं । स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा सापकोटाले काठमाडौंलगायत प्रमुख सहरमा महँगा जग्गा खरिद गरी घर निर्माण गरेको, सवारीसाधन खरिद गरेको तथा आम्दानीको तुलनामा अस्वाभाविक जीवनशैली बिताएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो। आयोगले सापकोटाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मलाई जाँच अवधि कायम गरी सम्पत्ति तथा आय–व्ययको अनुसन्धान गरेको जनाएको छ। अनुसन्धानका क्रममा उक्त अवधिमा सापकोटाको पारिश्रमिक, भत्ता, सवारीसाधन…

विस्तृतमा...

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन(ओसिभी)’ अभियान तीव्र बनाइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले खोप पाएका उल्लेख गरेको छ । प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनाले मुखबाट दिइने हैजाविरुद्धको खोप पाएका हुन् । रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा तथा नुवाकोटको बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ । यसैबीच…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि (एआरटी) तथा सरोगेसीसम्बन्धी विषयलाई स्पष्ट र प्रभावकारी रूपमा नियमन गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएकी छिन् । राष्ट्रियसभाको बैठकमा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणका सम्बन्धमा प्रस्तुत सङ्कल्प प्रस्तावमाथि जवाफ दिँदै उनले निःसन्तान व्यवस्थापन, अन्तर्गर्भाशयी शुक्रकिट प्रविष्टि ढआइयुआई), इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ) तथा सहायक प्रजनन प्रविधिसम्बन्धी सेवा विस्तार, गुणस्तर, पहुँच, नियमन र व्यवस्थापन महत्त्वपूर्ण तथा संवेदनशील विषय भएको बताइन् । “नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक तथा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको उल्लेख गर्दै नागरिकको प्रजनन स्वास्थ्य अधिकारको संरक्षण, सुरक्षित तथा…

विस्तृतमा...

काठमाडौं – नर्स बनेर बिरामीको सेवा गर्ने, चार भाइबहिनीलाई पढाउने र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर रसुवा पुगेकी डोल्पा मुड्केचुला गाउँपालिका–१ की २४ वर्षीया दिनिशा शाही अहिले परिवारका लागि कहिल्यै नसकिने पर्खाइ बनेकी छन्। डोल्पाको विकट गाउँमा जन्मिएकी दिनिशा परिवारकी जेठी छोरी हुन्। बुबा पृथीबहादुर र आमा विष्णुकुमारीका लागि छोरीले पढेर परिवारको आर्थिक अवस्था सुधार्छिन् भन्ने ठूलो आशा थियो। अभावका बीच पढाइ पूरा गरेकी दिनिशाले स्टाफ नर्सको अध्ययन सकेपछि अवसर खोज्दै रसुवा पुगेकी थिइन्। उनी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत चिलिमेको सल्लेढुङ्गा स्वास्थ्य एकाइमा करार सेवामा कार्यरत थिइन्। घरबाट टाढा भए पनि बिरामीको सेवा गर्दै परिवारको भविष्य बनाउने उनको सपना अघि बढिरहेको…

विस्तृतमा...

ललितपुर – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ । ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिकविज्ञ निराजन थापाक्षेत्रीका अनुसार डिएनए परीक्षणका लागि अहिलेसम्म ८३७ शव र ८२५ आफन्तको नमूना सङ्कलन भइसकेको छ । प्रयोगशालाका प्रमुख थापाले भने, “अहिलेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको ल्याबमा ८३७ शव र ८२५ वटा परिवारका सदस्यको नमूना आएको छ । प्राप्त आफन्तको रगतको नमूनामध्ये ५८८ वटाको डिएनए परीक्षण भइसकेको छ भने ८३७ मध्ये १९ वटा शवको मात्र डिएनए परीक्षण भएको छ ।” प्रयोगशालामा प्राप्त एक हजार ६६२ नमूनाको ‘प्रोफाइल’ निकालेर डिएनए मिलान…

विस्तृतमा...