स्वास्थ्य डायरी

काठमाडौं । मधुमेहका लागि प्रयोग हुने औषधि ‘ग्लिपिड–१’ र वाकवाकी तथा बान्ता रोक्न प्रयोग हुने ‘भोमिसेट’ प्रयोग गरिरहनुभएको छ ? यदि तपाईंले टाइम फार्मास्युटिकल्स लिमिटेडद्वारा उत्पादित यी औषधिका निश्चित समूह प्रयोग गरिरहनुभएको छ भने होसियार हुनुपर्ने भएको छ । औषधि व्यवस्था विभागले टाइम फार्मास्युटिकल्सका यी दुई औषधिका निश्चित समूह तोकिएको गुणस्तर मापदण्डअनुसार नभएको परीक्षणबाट देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। अझ महत्वपूर्ण कुरा, यी दुई औषधि १५ दिनको अन्तरमा फिर्ता गर्न निर्देशन दिइएको हो। १५ दिनमा टाइमका दुई औषधि फिर्ता औषधि व्यवस्था विभागले २०८३ भदौ १६ गते जारी गरेको सूचनामा टाइम फार्मास्युटिकल्सद्वारा उत्पादित ‘भोमिसेट सिरप’ फिर्ता गर्न निर्देशन…

विस्तृतमा...

ललितपुर । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्याङ्कन गरिएको जानकारी दिए । जनस्वास्थ्य कार्यालयले आज आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्याङ्क प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट शिक्षण अस्पतालले जिल्लाका निजी अस्पतालमध्ये प्रथम स्थान हासिल गरेको जानकारी दिइयो । कार्यक्रममा जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए । त्यस अवसरमा सहभागी अस्पतालले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क प्रस्तुतका…

विस्तृतमा...

काठमाडौं । आयुर्वेदिक औषधि तथा उपचारका नाममा विभिन्न जटिल रोग तत्काल निको हुने दाबी गर्दै गरिने भ्रामक प्रचारप्रसार रोक्न आयुर्वेद चिकित्सा परिषद्–नेपालले चेतावनी दिएको छ । परिषद्ले दर्ता नभएका औषधि बिक्री–वितरण गर्ने तथा क्यान्सर, पाइल्सलगायत रोगको नाम ठूला अक्षरमा उल्लेख गरेर उपचारसम्बन्धी भ्रम फैलाउने कार्य कानुनविपरीत रहेको जनाएको छ । परिषद्का अनुसार ‘चट्टै निको हुन्छ’, ‘निको नभए पैसा फिर्ता’ जस्ता दाबी गर्दै उपचार तथा औषधिको प्रचार गर्ने प्रवृत्तिले सर्वसाधारणलाई भ्रममा पार्न सक्ने भएकाले यस्ता गतिविधि तत्काल रोक्नुपर्नेछ । परिषद्ले यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र भ्रामक विज्ञापन तथा प्रचारप्रसार बन्द गर्न आग्रह गरेको छ…

विस्तृतमा...

पोखरा । पोखराको पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गरी सञ्चालन अनुमति दिने क्रममा घुस मागेको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसिएको छ। प्रदेश सरकारले बसौलालाई अर्को व्यवस्था नभएसम्म स्वास्थ्य मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतबहादुर शेरचनले सचिवलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको जानकारी दिएका छन्। प्रकरणको छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। सरकारले घटनाबारे थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार…

विस्तृतमा...

जनकपुरधाम । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा चर्चित टिकटकर सुधिरा मुखियासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–८ का २६ वर्षीय सुधिरा मुखिया बिन र औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार बर्थिङका लागि अस्पताल पुगेकी एक महिलाका आफन्तले ड्युटीमा रहेका चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको सूचना पाएपछि प्रहरी टोली अस्पताल पुगेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुधिरा र विजयलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि…

विस्तृतमा...

बागलुङ । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालमा चिकित्सक अभावमा रोकिएका चार विशेषज्ञ विभाग एक महिनादेखि नियमित सञ्चालनमा आएका छन् । पछिल्लो एक वर्षदेखि रोकिएका विभागमा विशेषज्ञसहितको सेवाले निरन्तरता पाएको हो । धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माका अनुसार अस्पतालमा मनोरोग, नाक, कान तथा घाँटीसम्बन्धी, यौन तथा छाला रोग र प्याथोलोजी विभागले एक महिनादेखि नियमित सेवा सञ्चालन गरेका छन् । मनोरोग विभाग चिकित्सक अभावमा एक वर्षदेखि सञ्चालनमा आउन नसकेको बताउँदै उनले १० महिनादेखि यौन तथा छाला रोग विभाग प्रभावित बनेको जानकारी दिए। पाँच महिनादेखि प्रभावित बनेको नाक, कान तथा घाँटी रोग विभाग र प्याथोलोजी विभाग पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष शर्माले उल्लेख…

विस्तृतमा...

काठमाडौँ । भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ । साँघुरो ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ। अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावले फर्काउनु परेको अस्पतालका निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए। उनले अस्पतालमा उपचारका सबै सेवा भए पनि शय्या अभावले बिरामीको उपचार गर्न नसकिएको बताए। “हामीसँग क्यान्सरको उपचारको सेवा सबै उपलब्ध छ”, निर्देशक डा. चालिसेले भने, “तर बिरामी राख्ने ठाउँ नभएर उपचार दिन सकेका छैनाैँ ।” उनका अनुसार अस्पतालले दैनिक ३० क्यान्सरका बिरामीलाई उपचार सेवा दिनुपर्ने भए पनि शय्या अभावले समस्या भएको छ।…

विस्तृतमा...

झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ। प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा उच्च जोखिममा परेको छ। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृति लुइँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्याङ्कअनुसार प्रदेशभर ७९३ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमण पुष्टि भएकाहरूमध्ये झापामा मात्रै हालसम्म २२८ जना रहेका छन्। दोस्रो धेरै सङ्क्रमित भेटिएको जिल्ला सुनसरी हो, जहाँ २०३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। निर्देशनालयका अनुसार ओखलढुङ्गामा १२२ जना र खोटाङमा ८२ जनामा सङ्क्रमण देखिएको छ। यसैगरी पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, सङ्खुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा…

विस्तृतमा...

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ बाहुनीकी मेनुका बिकले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै छोरीलाई जन्म दिएकी छिन् । आइतबार बिहान घरमै प्रसव व्यथा सुरु भएपछि साप्पाटा स्वास्थ्य संस्था बर्खु जाने क्रममा स्वास्थ्य संस्था पुग्नुअघि नै उहाँले बाटोमा छोरी जन्माएकी हुन् । मेनुका घरबाट स्वास्थ्य संस्था पुग्न करिब दुई घण्टा लाग्ने भएकाले प्रसव व्यथा सुरु भएपछि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनुभएको हो। भौगोलिक रूपमा विकट क्षेत्र र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण स्वामिकार्तिक खापरका गर्भवती महिलाले यस्तो समस्या भोग्दै आएका छन्। मेनुका बाटोमै सुत्केरी भए पनि आमा र नवजात शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको साप्पाटा…

विस्तृतमा...

काठमाडौं । नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौं शाखाले जिल्लाभित्र सञ्चालित औषधि पसललाई कानुनी मापदण्ड पालना गर्दै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ। औषधि व्यवस्था विभागसँगको छलफलपछि सङ्घले सूचना जारी गर्दै दर्ताबिना औषधि पसल सञ्चालन नगर्न, अनुगमनबाट बच्न बिहान–बेलुका वा सार्वजनिक बिदाका दिन मात्र पसल खोल्ने प्रवृत्ति रोक्न तथा आफ्नो नाममा रहेको औषधि बिक्री–वितरणसम्बन्धी अनुमति वा व्यावसायिक प्रमाणपत्र अरूलाई भाडामा नदिन सचेत गराएको हो। सङ्घका अनुसार औषधि व्यवसाय सामान्य व्यापारभन्दा फरक र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यवसायीले कानुनी अनुशासन तथा पेसागत मर्यादा कायम गर्न आवश्यक छ। सङ्घले लागुऔषध, एन्टिबायोटिक्स तथा चिकित्सकको पुर्जा आवश्यक पर्ने औषधि बिनापुर्जा वा अनधिकृत रूपमा…

विस्तृतमा...