स्वास्थ्य डायरी

काठमाडौं – रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बीएण्डबी अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। भदौ २९ गते उक्त रकमको चेक पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई हस्तान्तरण गरेको हो। अस्पतालले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन राज्यलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालले कोषमा रकम प्रदान गरेको जनाएको छ। बीएण्डबी अस्पतालले स्वास्थ्य सेवासँगै विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। अस्पतालले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवामा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले बाढी तथा विपद्का कारण धेरै मानिस शारीरिक समस्यासँगै मानसिक समस्यामा परेको बताइन् । आफू पनि नुवाकोटको विदुर नगरपालिकामा बालबालिका तथा महिलालाई उद्धार गर्ने क्रममा प्रत्यक्ष रुपमा सहभागी भएको बताउँदै उनले उद्धार गरिएका कतिपयमा स्वास्थ्य समस्या देखिएको र धेरैजना मानसिक समस्यामा रहेको समेत बताइन् । उनले विपद्पछि मानसिक स्वास्थ्य उपचार र पुनस्र्थापनाका लागि पर्याप्त अस्पताल तथा पुनस्र्थापना केन्द्रको अभाव रहेको बताइन् । आर्थिक रूपमा सक्षम…

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले उपचार कक्षमा उपचाररत बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘उपचार कक्ष अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ ।’ बिरामीका परिवारका सदस्यलाई समेत निश्चित समय र आवश्यक स्वास्थ्यसम्बन्धी नियम पालना गरेर मात्र भेट्न दिइने गरेको उनले बताइन् ।…

विस्तृतमा...

काठमाडौं – बाढीबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आर्या फार्मा ल्याब प्रालि र चितवन मेडिकल कलेजले नुवाकोटमा सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्। बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्मा ल्याबले यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। राहत अभियानलाई निरन्तरता दिँदै कम्पनीले अब चितवन मेडिकल कलेजसँगको सहकार्यमा प्रभावित बस्तीमै पुगेर स्वास्थ्य सेवा दिन लागेको हो। विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी सञ्चालन हुने शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित…

विस्तृतमा...

काठमाडौँ – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार जारी गरेको प्रतिवेदनअनुसार घाइते तथा बिरामी परेकामध्ये हाल २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचारका क्रममा चार जनाको मृत्यु भएको छ । त्यसैगरी बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ । नुवाकोटमा लक्षित जनसङ्ख्या ७१ हजार ६३५ मध्ये २८ हजार ९९ जना अर्थात् ३९.२२ प्रतिशतले खोप लगाएका छन् । रसुवामा लक्षित ३१…

विस्तृतमा...

काठमाडौं – भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने निर्णय गरेको छ । नयाँदिल्ली घोषणापत्रमार्फत ब्रिक्स स्वास्थ्य ट्र्याकअन्तर्गत टीसीआईएम सम्बन्धी विज्ञ कार्यसमूह गठन गर्ने प्रस्तावलाई स्वागत गरिएको हो । भारतको आयुष मन्त्रालयका अनुसार प्रस्तावित कार्यसमूहले ब्रिक्स सदस्य राष्ट्रहरूबीच परम्परागत चिकित्सासम्बन्धी संवाद, अनुसन्धान, ज्ञान आदानप्रदान र नीतिगत सहकार्यका लागि संस्थागत संयन्त्रको रूपमा काम गर्ने अपेक्षा गरिएको छ । भारतका आयुष मन्त्री प्रतापराव जाधवले घोषणापत्रमा टीसीआईएमलाई समेटिनु परम्परागत चिकित्सामा विश्वव्यापी सहकार्यलाई बलियो बनाउने महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनका अनुसार प्रस्तावित कार्यसमूहले सदस्य राष्ट्रहरूलाई अनुसन्धान विस्तार, प्रमाणमा…

विस्तृतमा...

काठमाडौं – साउदी अरबमा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकको मेडिकल परीक्षण र बायोमेट्रिक प्रक्रियामा सीमित संस्थाको एकाधिकार रहेको भन्दै म्यानपावर व्यवसायीले विरोध जनाएका छन्। प्रक्रियालाई सहज बनाउन तथा श्रमिकमाथि थप आर्थिक भार नपर्ने व्यवस्था गर्न उनीहरूले सरकारसँग माग गरेका छन्। स्वास्थ्य मन्त्रालयबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले साउदी जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था हुनुपर्ने व्यवसायीहरूको माग छ। बायोमेट्रिक प्रक्रियासमेत सहज र पारदर्शी बनाउनुपर्ने उनीहरूको भनाइ छ। तर, साउदी अरबको दूतावासको आफ्नै नीतिका कारण सीमित मेडिकल सेन्टरबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था रहेको उनीहरूको दाबी छ। यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि परेको व्यवसायीहरू बताउँछन्। देशका दुर्गम क्षेत्रबाट…

विस्तृतमा...

भक्तपुर – भक्तपुर अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्नाका लागि आवेदन आह्वान गरेको छ। अस्पतालले २०८३ भदौ २९ गते सूचना प्रकाशित गरी योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त मागेको हो। अस्पताल प्रशासनका अनुसार नवौँ तहको एनेस्थेसियोलोजिस्ट १ जना, कार्डियोलोजिस्ट १ जना र इ.एन.टी. सर्जन १ जना माग गरिएको छ। त्यसैगरी आठौँ तहको मेडिकल अधिकृत ६ जना र पाचौँ तहको स्टाफ नर्स १० जना गरी कुल १९ जना जनशक्तिका लागि विज्ञापन खोलिएको छ। इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज १२ गतेसम्म कार्यालय समयमा दरखास्त बुझाउन सक्नेछन्। भर्नासम्बन्धी विस्तृत जानकारी अस्पतालको आधिकारिक वेबसाइट (https://bhaktapurhospital.bagamati.gov.np)…

विस्तृतमा...

काठमाडौँ – काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत घाइतेको अन्तर्वार्ता लिइएको विषय विवादमा परेको छ। युट्युब कार्यक्रम ‘इनसाइड द बङ्कर’का लागि सुरजसिंह ठकुरीले आईसीयूभित्रै पुगेर भिडियो रेकर्ड गरेको विषयलाई लिएर स्वास्थ्य सुरक्षा र बिरामीको गोपनीयतामाथि प्रश्न उठेको हो। सार्वजनिक भएको भिडियोमा ठकुरी र घाइते दुवैले मास्क नलगाएको देखिन्छ। संवेदनशील स्वास्थ्य अवस्थामा रहेका बिरामीलाई आईसीयूभित्रै लामो कुराकानीमा सहभागी गराइएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ। घाइतेका आफन्तको अनुमति नलिइएको आरोपसमेत उठेको छ। आयोजक पक्षले भने आवश्यक स्वास्थ्य तथा सुरक्षा प्रोटोकल पालना गर्दै चिकित्सकको उपस्थितिमा र सम्बन्धित व्यक्तिको पूर्ण सहमतिमा अन्तर्वार्ता रेकर्ड गरिएको दाबी गरेको छ। ठकुरीले…

विस्तृतमा...

डडेल्धुरा – सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय डडेल्धुराले डडेल्धुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदमा करार सेवामार्फत पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ। सङ्कायले सोमबार पहिलोपटक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट विभिन्न विषयका शैक्षिक पदमा आवेदन मागेको हो। सूचनाअनुसार सह–प्राध्यापक पदका लागि फार्माकोलोजी, माइक्रोबायोलोजी र फिजियोलोजी विषयमा एक–एक जना माग गरिएको छ। यस्तै, उपप्राध्यापक पदअन्तर्गत माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, एनाटोमी र पब्लिक हेल्थ विषयमा एक–एक जनाका लागि आवेदन खुलाइएको छ। त्यसैगरी नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा ११ जना प्रशिक्षक पदका लागि समेत आवेदन माग गरिएको छ। इच्छुक आवेदकले २०८३ असोज १२ गतेसम्म कार्यालय समयभित्र स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालयमा…

विस्तृतमा...