स्वास्थ्य डायरी

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा रुघाखोकी, ज्वरो तथा झाडापखालालगायत सरुवा रोगका बिरामी देखिन थालेका छन्। प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा गरिएको निगरानीका क्रममा ज्वरो तथा ज्वरोसँगै खोकीका बिरामीको संख्या तुलनात्मक रूपमा बढी पाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भदौ २३ गते ज्वरो तथा रुघाखोकीका बिरामीको संख्या ६६ जनासम्म पुगेको थियो। सामान्य ज्वरोका बिरामी भदौ २१ गते २० जनासम्म पुगेका थिए। झाडापखालाका बिरामी भदौ १८ र १९ गते ९–९ जना भेटिएका थिए। बिमिरासहितको ज्वरोका बिरामी भदौ १७, १८ र १९ गते लगातार ४–४ जना भेटिएका थिए। पछिल्लो १० दिनको विवरण हेर्दा रसुवाका होल्डिङ सेन्टर…

विस्तृतमा...

काठमाडौं- नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशका १६ जिल्लामा २६ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी झापामा ६ जनाको मृत्यु भएको छ । सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा एक–एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो पटक तनहुँ र रोल्पामा एक–एक जनाको मृत्यु भएको हो । मृतकमध्ये १२ पुरुष र १४ महिला छन् । मृत्यु भएकामध्ये ७७ प्रतिशत ५०…

विस्तृतमा...

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतालबीच ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ । आज प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ र सम्बन्धित अस्पतालका प्रतिनिधिबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कार्यक्रमका लागि सूचीकृत अस्पतालमार्फत जटिल रोगबाट पीडित प्रदेशवासीले सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्ने मन्त्री तामाङले जानकारी दिए । उक्त कार्यक्रमबाट जटिल रोगका बिरामीलाई उपचारमा राहत पुग्ने उनको विश्वास छ…

विस्तृतमा...

काठमाडौँ- नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घरोगका कारण हुने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै विभागले सुरक्षित उपचार र निरन्तर स्वास्थ्य सेवामा जोड दिएको हो। विश्व बिरामी सुरक्षा दिवस २०२६ को अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य सेवा विभागले जारी गरेको प्रेस विज्ञप्तिमा नसर्ने रोगको व्यवस्थापनमा बिरामीको सुरक्षा सुनिश्चित गर्न सुरक्षित चिकित्सा प्रणाली र निरन्तर निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ। यस वर्षको दिवसको नारा ‘सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार’ रहेको छ। विभागका अनुसार विश्वभर हुने कुल मृत्युमध्ये…

विस्तृतमा...

काठमाडौँ – हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण ‘हिमभास–२०२७’ आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। आयोजकका अनुसार सम्मेलन १७ देखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ। हिमभास–२०२७ मा विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकहरूको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनका लागि १०० भन्दा बढी देशका विशेषज्ञलाई निमन्त्रणा गरिएको र हालसम्म ६० भन्दा बढी देशबाट सहभागीको रजिस्ट्रेसन भइसकेको आयोजकको भनाइ छ। हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार यसपटकको सम्मेलन पहिलो संस्करणभन्दा ठूलो आकारमा आयोजना गर्ने तयारी गरिएको छ। पहिलो संस्करणको तुलनामा कम्तीमा दोब्बर विदेशी विज्ञको सहभागिता हुने अपेक्षा गरिएको उनले बताए। सन्…

विस्तृतमा...

काठमाडौँ – नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै नुवाकोटको विदुरमा अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। भोटेकोशी र त्रिशूली नदी आसपासका बाढी प्रभावितलाई लक्षित गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जले भदौ १४ गतेदेखि पाँच शैयाको लेभल–१ अस्पताल सञ्चालन गरिरहेको हो। नेपाल प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षकसहितको विशेषज्ञ चिकित्सक टोली आवश्यक उपकरणसहित फिल्ड अस्पतालमा खटिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि विभिन्न रोगको संक्रमण फैलिन सक्ने र सामान्य स्वास्थ्य सेवा लिनसमेत कठिनाइ हुने अवस्थालाई ध्यानमा राखेर अस्थायी अस्पताल सञ्चालन गरिएको हो। फिल्ड अस्पतालबाट विशेषज्ञ चिकित्सकसहित २४ घण्टा आकस्मिक सेवा, ओपीडी तथा औषधि…

विस्तृतमा...

म्याग्दी – बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था म्याग्दीमा कायमै रहेको छ। जिल्लामा गत आर्थिक वर्षमा सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका रहेका छन्। कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अर्थात् १९.८२ प्रतिशत २० वर्षमुनिका रहेको कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताएका छन्। ‘छ जना घरमै सुत्केरी भएका हुन्,’ सुवेदी भन्छन्, ‘गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अर्थात् ४३ जना…

विस्तृतमा...

काठमाडौँ – सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार गरिएको विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको छ। विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा पेस गर्ने तयारी भइरहेको कानुनमन्त्री सोबिता गौतमले जानकारी दिएकी छन्। मन्त्री गौतमका अनुसार प्रस्तावित संशोधनमा आमाका लागि तलबसहितको प्रसूति बिदा र बुबाका लागि नवजात शिशुको स्याहारका लागि तलबसहितको बिदाको व्यवस्था गर्न लागिएको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्री गौतमले व्यस्त जीवनशैली र कामको चापका कारण पछिल्लो समय धेरै परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको उल्लेख गरेकी छन्। यस्तो अवस्थामा मातृत्व र पितृत्वको विशेष समयमा…

विस्तृतमा...

बागलुङ – नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेङ्गु फैलिएको छ। बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ। जुन तथ्याङ्क नेपालमै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो। सदरमुकाममा हाल घरैपिच्छे डेङ्गु सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ। दैनिकजसो डेङ्गु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ। गत वर्ष…

विस्तृतमा...

काठमाडौँ – सघन उपचार कक्ष (आईसीयू), आकस्मिक तथा अन्य संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा बिरामीको अनुमति र स्वास्थ्य संस्थाको स्वीकृतिबिना फोटो तथा भिडियो खिच्ने र अन्तर्वार्ता लिने कार्य नगर्न पाँचवटा स्वास्थ्य व्यवसायी परिषद्ले आग्रह गरेका छन्। नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद्ले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको गोपनीयता, स्वायत्तता, मर्यादा र सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्। परिषद्हरूले स्वास्थ्य संस्थाको पूर्वस्वीकृतिबिना आईसीयू, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, प्रसूति कक्ष तथा मानसिक स्वास्थ्य सेवा कक्षजस्ता संवेदनशील क्षेत्रमा प्रवेश नगर्न र त्यहाँ कुनै पनि श्रव्यदृश्य सामग्री रेकर्ड नगर्न वा नगराउन…

विस्तृतमा...