डडेल्धुरा- संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले यहाँका नागरिकलाई लक्षित गर्दै जटिल प्रकृतिका हाडजोर्नीसम्बन्धी शल्यक्रिया सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्न थालेको छ । यससँगै उपचारका लागि ठूला सहर वा जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्दै गएको छ भने बिरामी र उनका परिवारले व्यहोर्नुपर्ने झन्झट र ठूलो खर्चसमेत जोगिने भएको छ । अस्पतालमा पछिल्लो समय विभिन्न जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन् । अमरगढी नगरपालिका–७ का ६५ वर्षीय पुरुष बिरामीको तिघ्रा फेर्ने (हिप रिप्लेसमेन्ट) शल्यक्रिया सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । यस्तै, अमरगढी नगरपालिका–१० का ७० वर्षीय पुरुषमा देखिएको घुँडाको हड्डी भाँचिएको समस्याको पनि सफल शल्यक्रिया गरिएको छ । डडेल्धुरा अस्पतालको…
स्वास्थ्य डायरी
विराटनगर- नेपाल औषधि व्यवस्था विभाग (डीडीए) विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा नोबेल अगाडिका ७ वटा फार्मेसीहरूमा शिलबन्दी गरिएको छ । अनुगमन टोलीले शिलबन्दी गरेका फार्मेसीहरूको सूची र तिनले गरिरहेको बदमासी सुन्दा सामान्य उपभोक्ता झस्कने अवस्था छ । सिताराम फार्मेसी यहाँ अनुसन्धान गर्दा नेपालमा दर्ता नै नभएका भेटिएपछि शिलबन्दी गरिएको विभागले जनाएको छ । त्यसैगरी छिन्नमस्ता फार्मेसीले पनि दर्ता विनाका अवैध औषधिहरू बिक्री गरिरहेको फेला परेको थियो । धनगढी माई मेडिकलले लामो समयदेखि दर्ता नवीकरण नगरेको भेटिएको छ । सुसंस्कृति फार्मेसीमा औषधि पसलमा अनिवार्य रूपमा रहनुपर्ने ‘फार्मासिस्ट’ वा औषधि विज्ञ यहाँ भेटिएनन् । बिना…
दार्चुला – जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त अस्पताल भवन २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग रु २६ करोड ४८ लाख २७ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । विसं २०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म सो लक्ष्य पूरा हुन सकेको छैन । निर्माण कम्पनीका सब–इन्जिनियर गोकर्ण जोशीका अनुसार हाल अस्पताल भवनको…
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट स्वास्थ्य मन्त्रालयकै प्रयोगमा जानुपर्ने भन्दै अर्थ मन्त्रालयमाथि दबाब दिएकी छन्। उनले विभिन्न देशका अनुभव र स्वदेशी विज्ञहरूले दिएका सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले उक्त बजेट पाउनुपर्ने तर्क गरिन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयको पहुँचमा हुनुपर्ने स्पष्ट पारिन्। उनले बजेट माग्दा मातहतका निकायले जिम्मेवार र प्रमाण आधारित प्रस्तुति गर्नुपर्नेमा पनि जोड दिइन्। मन्त्री गौतमले भनिन्, “विभिन्न सुझाव र अन्य देशका अनुभवहरू सही छन्। कतिपय अवस्थामा स्वास्थ्य वित्तसँग सम्बन्धित कर प्रणालीका कुरा उठेका छन्। हाम्रो स्वास्थ्य कर कोषमा धुम्रपानबाट उठेको कर पनि छ,…
काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजाललाई निलम्बन गरेको छ। काउन्सिलका स्रोतका अनुसार बिहीबार बसेको पूर्ण बैठकले लामो छलफलपछि रिजाललाई निलम्बन गर्ने निर्णय गरेको हो। निर्णय ७२ घण्टापछि माइन्युटिङ तयार भएपछि मात्र सार्वजनिक गरिने काउन्सिलले जनाएको छ। तर निलम्बनको अवधि कति समयको हुने भन्ने विषय स्रोतले खुलाएको छैन। यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग सम्बन्धित छ। सन् २०७३ फागुनमा पीडित महिला र दिवाकर रिजालबीच अंश मुद्दाको क्रममा चिनजान भएको थियो। उक्त सम्बन्धको फाइदा उठाउँदै दिवाकरले २०७९ जेठ ४ मा जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दायर गरिएको थियो। तर करणीको भनिएको समयमा दिवाकर नुवाकोटको खरानीटार अस्पतालमा उपचाररत रहेको दावी गर्दै अदालतमा…
बाँके- बाँकेका दुई ठूला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा प्रसूति सेवाको चाप असह्य रूपमा बढेको छ। सुत्केरीको संख्या अत्यधिक बढेपछि उपचार तथा सेवा व्यवस्थापनमा गम्भीर समस्या देखिएको अस्पतालले जनाएको छ। नेपालगन्जस्थित सञ्जीवनी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम हटाइएपछि पछिल्लो करिब एक वर्षयता भेरी अस्पतालमै सुरक्षित सुत्केरी सेवाका लागि बिरामीको चाप अत्यधिक बढेको चिकित्सकहरूले बताएका छन्। भेरी अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. उर्मिला पराजुलीका अनुसार बाँके जिल्लाकै बिरामी धेरै हुने अवस्थामै बर्दिया लगायत आसपासका जिल्लामा पर्याप्त चिकित्सक नहुँदा त्यहाँका गर्भवती र सुत्केरी महिलाहरू समेत भेरी अस्पतालमै आउने क्रम बढेको छ। डा. पराजुलीले…
काठमाडौं – नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । यस्तै काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । त्यस्तै काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।
काठमाडौं – बी एन्ड बी हस्पिटलले एकै वर्षमा साढे २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै उल्लेखनीय आर्थिक वृद्धि गरेको छ। अस्पतालले गत आर्थिक वर्षमा कुल २ अर्ब ५७ करोड रुपैयाँको कारोबार गरेको हो। रेटिङ विवरणअनुसार अस्पतालले सन् २०२४ मा १ अर्ब ९५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो। यसअघि सन् २०२३ मा १ अर्ब ४२ करोड ६० लाख, सन् २०२२ मा १ अर्ब ३२ करोड ७० लाख र सन् २०२१ मा ९४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको देखिन्छ। पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको अस्पतालको कारोबार सन् २०२५ मा ३१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा अस्पतालको कुल…
बैतडी- बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ। आव २०७९/८० देखि एचआइभी सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। चालु आवमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउन एक लाख विनियोजन गरिएको उनले बताए। अहिले नगर क्षेत्रभित्र ३६ एचआइभी सङ्क्रमित रहेका छन्। उनीहरुलाई सोही एक लाखबाट पोषण खर्च उपलब्ध गराइने उनले बताए। आव २०७९/८० मा एचआइभी सङ्क्रमितलाई तीनदिने व्यावसायिक तालिमसहित उनीहरुलाई वस्तुगत टेवाका लागि प्रतिव्यक्ति १२ हजारका दरले उपलब्ध गराएको छ। आव २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्ति ६ हजारका दरले उपलब्ध गराइएको थियो। गत आवमा ३५ जनालाई…
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् । मेलम्ची नगरपालिका–११ स्थित तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियावन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका वैद्यका अनुसार तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा रबा थापाको नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनीहरू खुसी भएका छन् । यही पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्ची, तिलगङ्गा आँखा प्रतिष्ठान…

