स्वास्थ्य डायरी

काठमाडौं- भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको महामारी फैलिएको खबरसँगै नेपालका स्वास्थ्य निकायहरू सतर्क भएका छन्। महामारी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार सबै सम्बन्धित निकायलाई रोकथामका उपाय अपनाउन निर्देशन दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरसको मृत्युदर ४०–७५ प्रतिशत छ। पश्चिम बंगालमा गत सोमबार दुई शंकास्पद घटना भेटिएको थियो, जहाँ संक्रमित बिरामीहरू गम्भीर अवस्थामा छन्। डाक्टरहरूले यस भाइरसलाई कोरोना भाइरस जस्तै जुनोकिटबाट फैलिने भए पनि यो धेरै प्राणघातक भएको बताएका छन्। प्रायः संक्रमित जनावरबाट मानिसमा फैलिन्छ, तर केही घटनामा मानिस–मानिस पनि संक्रमण देखिएको छ। नेपालमा पनि चमेरो पाइने भएकाले निपाह भाइरसको सम्भावित जोखिम रहेको चिकित्सकहरूले चेतावनी दिएका छन्। विशेषगरी…

विस्तृतमा...

काठमाडौँ- बुढ्यौलीसँगै महिला र पुरुष दुवैमा हाडजोर्नी कमजोर हुँदै जाने भए पनि तुलनात्मक रूपमा महिलामा कम उमेरमै हाडजोर्नीका समस्या देखिन सुरु हुने चिकित्सकहरू बताउँछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्यांकहरूले समेत महिलामा हाडजोर्नीका रोग बढी देखिने तथ्य पुष्टि गरेका छन्। नेपाल प्रहरी अस्पतालको हाडजोर्नी विभागले सन् २०२५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार रजनोवृत्तिपछि उपचारमा पुग्ने महिलामा हड्डीको घनत्व तीव्र रूपमा घट्ने अर्थात् ओस्टियोपोरोसिसको समस्या बढी देखिन्छ। प्रतिवेदन अनुसार सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म उपचारमा पुगेका रजनोवृत्ति भएका महिलामध्ये ७१.९५ प्रतिशतमा ओस्टियोपोरोसिस देखिएको छ। डेक्सा स्क्यान मेसिनमार्फत परीक्षण गरिएका ८२ महिलामध्ये ५९ जनामा हड्डी कमजोर भएको पाइएको हो। यसैगरी सिभिल अस्पतालको हाडजोर्नी विभागमा उपचारका लागि…

विस्तृतमा...

उदयपुर – ‘आँखाका भगवान्’को उपमा पाइसकेका विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पछिल्लो तीन दिनयता उदयपुरमा रहेर मोतियाबिन्दुका रोगीहरूको आँखाको ज्योति फर्काउन व्यस्त छन्। आइतबार साँझ उदयपुर आइपुगेका डा. रुइत हाल चौदण्डीगढी नगरपालिका–७ स्थित साबिक कोभिड अस्पतालमा निरन्तर आँखाको शल्यक्रिया (अप्रेसन) गरिरहेका छन्। सोमबार बिहानदेखि सुरु भएको अप्रेसनमा डा. रुइतसहित तीन जना विशेषज्ञ चिकित्सक खटिएका छन्। चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको साताव्यापी निःशुल्क आँखा शिविरमा पहिचान भएका मोतियाबिन्दुका रोगीहरूको अप्रेसन भइरहेको हो। चौदण्डीगढी नगरपालिका–४ का वडाध्यक्ष तथा शिविर आयोजक समिति संयोजक लुँगराज राईका अनुसार सोमबार एकै दिन १ सय ५२ जनाको सफल आँखाको अप्रेसन सम्पन्न भइसकेको…

विस्तृतमा...

काठमाडौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त भएका छन्। कुलपति स्तरको निर्णयअनुसार प्रतिष्ठानका रजिस्ट्रार लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो। लम्सालले निमित्त उपकुलपतिको नियुक्ति पत्र समेत बुझिसकेका छन्। नियुक्ति पत्रमा अर्को उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको सम्पूर्ण शैक्षिक, आर्थिक तथा प्रशासनिक कामकारबाही सुचारु राख्ने जिम्मेवारी उनलाई प्रदान गरिएको उल्लेख छ। प्रतिष्ठानका अनुसार लम्साललाई शैक्षिक, आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।

विस्तृतमा...

काठमाडौं- अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई महँगी तथा अन्य भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ। संघका अध्यक्ष डा. अनिल कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमलाई ज्ञापनपत्र बुझाउँदै करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी भत्ता सहितका सेवा–सुविधा उपलब्ध गराउन आग्रह गरेका हुन्। संघले नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ बमोजिम करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी भत्ता लगायतका सुविधा सुनिश्चित गर्न माग गरेको छ। यद्यपि मन्त्रालयले जारी गरेको उक्त निर्देशिकामा महँगी भत्ताबारे स्पष्ट व्यवस्था नभएको संघको भनाइ छ। करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल…

विस्तृतमा...

काठमाडौं- तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती चरण बन्न सक्दछ । राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको बताए । उनले सुर्र्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ सार्वजनिक ठाउँमा हुक्का खानलाई प्रतिबन्ध गरे पनि रेष्टुरेन्ट, चियापसलमा अहिले…

विस्तृतमा...

ललितपुर- नेपाल एनसिडी एलायन्सको आयोजनामा नसर्ने रोग (एनसिडी) तथा मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘साउथ इस्ट एसिया रिजनल कन्फरेन्स अन एनसिडी एन्ड मेन्टल हेल्थ : स्ट्रेन्थेनिङ एकाउन्टविलिटी, पोस्ट युएन एचएलएम–२०२५’ सम्पन्न भएको छ । साउथ इस्ट एसिया रिजनल (सेरो) एनसिडी एलायन्स र नेपाल एनसिडी एलायन्सको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनको मुख्य उद्देश्य सन् २०२५ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय बैठकपछि नसर्ने रोग तथा मानसिक स्वास्थ्य क्षेत्रमा गरिएको प्रतिबद्धताको कार्यान्वयन अवस्थालाई यस क्षेत्रका देशहरूमा सुदृढ गर्नु रहेको थियो । सम्मेलनमा नेपाल एनसिडी एलायन्स, बङ्गलादेश एनसिडी फोरम, हेल्दी इन्डिया एलायन्स, बङ्गलादेश नन कम्युनिकेवल डिजिजेज फोरम, एनसिडी एलायन्स श्रीलङ्का, मालदिभ्स एनसिडी एलायन्स, इन्डोनेसिया एनसिडी एलायन्स,…

विस्तृतमा...

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु भएको छ । नगरपालिकाको सहयोगमा काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतको टिमले निःशुल्क आँखा शल्यक्रिया सेवा सुरु गरेको हो । सोमबारदेखि सुरु भएको शिविरमा पाँच सय बढी आँखाका बिरामीको जलविन्दु र मोतियाविन्दुसम्बन्धी शल्यक्रिया गरिने चौदण्डीगढी नपाकी उपप्रमुख मणिकादेवी दुलालले बताइन् । पहिलो दिनमै १२५ जनाको जलविन्दु र मोतियाविन्दुसम्बन्धी उपचार गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । आँखाको उपचार र शल्यक्रिया सेवाका लागि चौदण्डीगढीसहित त्रियुगा र बेलका नगरपालिका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा आँखाका बिरामी शिविरमा पुगेको जनाएको छ ।

विस्तृतमा...

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्यांकअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार ती बिरामीमध्ये दुई हजार ४७७ स्वास्थ्य बीमाका हुन् भने ६४२ नगदमा सेवा लिने हुन् । बीमाबाट सेवा लिने ७५ प्रतिशत रहेका छन् । विसं २०८१ पुस २८ गते दुई हजार ४७० जनाले सेवा लिएका थिए । त्यतिबेला एक हजार ८०५ स्वास्थ्य बीमाका र ६६५ अन्य रहेका थिए । विसं २०८० मा यो सङ्ख्या दुई हजार ३५७ थियो ।…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग (एनसिडी) को उपचार र यससँग सम्बन्धित जटिलतामा खर्च भइरहेको बताएकी छन्। एनसिडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अधिकांश नसर्ने रोगहरू रोकथाम गर्न सकिने भए पनि उपचारमा मात्रै केन्द्रित हुँदा राज्यको स्वास्थ्य बजेटमा ठूलो आर्थिक भार थपिँदै गएको बताइन्। मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको गम्भीर वित्तीय खाडलप्रति समेत चिन्ता व्यक्त गरिन्। उनका अनुसार सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ र थप १ अर्ब गरी जम्मा ११ अर्ब रुपैयाँ बजेट छुट्याए पनि हालसम्म बीमा कार्यक्रमअन्तर्गतको खर्च २४ अर्ब रुपैयाँ नाघिसकेको छ।…

विस्तृतमा...