स्वास्थ्य डायरी

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ स्थानीय परिवेश अनुसार विद्यालयस्तर र सङ्घ–संस्था तहमा पनि दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ । दिवस मनाउन मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा रहेको मूल समारोह उपसमितिले दिवसका दिन यससँग सम्बन्धित सङ्घ संस्थालाई एक घन्टा नजिकको पायकपर्ने विद्यालयमा योग–ध्यानसम्बन्धी प्रवचन र अभ्यास गराउन आग्रह गरिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद अर्यालले जानकारी दिए । हरेक जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ भने राष्ट्रिय योग दिवस हरेक माघ १ गते…

विस्तृतमा...

काठमाडौं- घुँडा र कुमसम्बन्धी समस्या बढ्दै गइरहेका बेला आधुनिक चिकित्सा प्रविधि आर्थोस्कोपीले उपचार पद्धतिमा ठूलो परिवर्तन ल्याएको छ। चिरा नलगाइकन सानो प्वाल बनाएर जोर्नीभित्रका समस्या पत्ता लगाएर उपचार गर्ने यो प्रविधि आज ओपन सर्जरीको विकल्पका रूपमा स्थापित हुँदै गएको छ। बीएण्डबी अस्पतालका अर्थोपेडिक्स सर्जन डा. विवेक वाशुकलाले आर्थोस्कोपीलाई छिटो निको हुने, कम पीडादायी र सुरक्षित उपचार विधि भएको बताए। उनका अनुसार यो प्रविधिबाट घुँडा मात्र होइन, कुम, कुहिनो, नाडी, खुट्टाका टेका लगायत शरीरका प्रायः सबै जोर्नीहरूको उपचार सम्भव छ। डा. वाशुकलाका अनुसार परम्परागत ओपन सर्जरीमा ठूलो चिरा पार्नुपर्ने भएकाले घाउ बन्ने, संक्रमणको जोखिम बढ्ने र निको हुन समय लाग्ने समस्या…

विस्तृतमा...

ललितपुर- नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले ‘आस्क फर एक्स्पर्ट’ कार्यक्रम सम्पन्न गरेको छ। सर्भाइकल क्यान्सर अवारनेस मन्थ को अवसर पारेर बिहीबार अस्पताल परिसरमा आयोजना गरिएको ५५औँ क्यान्सर सर्भाइभर मिट अन्तर्गत उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा क्यान्सर विशेषज्ञ चिकित्सकहरूले क्यान्सर सर्भाइभर तथा उपचाररत बिरामीहरूले राखेका जिज्ञाशाको प्रत्यक्ष उत्तर दिएका थिए। ‘आस्क फर एक्स्पर्ट’ सत्रको सुरुवातमै एक सहभागीले सोधेको प्रश्नले सबैको ध्यान खिच्यो। ‘डा.साब, क्यान्सर भएका मानिसले मेकअप गर्न सक्छन् कि सक्दैनन् ?’ उनले साेधेकी थिइन्। यसको उत्तर दिँदै विशेषज्ञ चिकित्सक डा. अनु बज्राचार्यले केमिकलरहित मेकअप प्रयोग गर्न सकिने बताइन्। “केमिकल नहुने मेकअप र सामान्य ग्रुमिङ गर्न मिल्छ, तर उपचारका…

विस्तृतमा...

डडेल्धुरा – डडेल्धुरा अस्पतालका अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा माथि केही व्यक्तिहरूद्वारा भएको दुर्व्यवहारपछि बन्द भएको अस्पतालको स्वास्थ्य सेवा पुनः सुचारु गर्ने निर्णय भएको छ। आज बसेको सरोकारवालाहरुको बैठकले याे निर्णय गरेकाे हाे। यसअघि अस्पतालले आकस्मिक सेवा बाहेक सबै सेवा रोक्ने निर्णय गरेको थियो। बैठकमा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी, अमरगढी नगर प्रमुख डिल्ली राज जेशी, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, अस्पतालकी मे.सु. सुधा देवकोटा, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि लगायत सहभागी थिए। बैठकमा दुर्व्यवहारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिने निर्णय भएको छ। साथै, आगामी दिनमा यस्ता घटनाहरू नदोहोरियोस् भन्नका लागि सुरक्षा…

विस्तृतमा...

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। झापाको दमक नगरपालिका–९ घर भएका बिकास पौडेललाई साइबर ब्युरोले सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टबाट पक्राउ गरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत अभियोग दर्ता गरेको हो। गत असोज २६ गते मेडिकल काउन्सिलको वेबसाइट ह्याक गरी ‘जेनजी आन्दोलन’ का क्रममा मारिएका युवाहरूको विषय उठाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको मागसहित ब्यानर राखिएको थियो। प्रहरी अनुसन्धानका क्रममा काउन्सिलको सर्भरमा अनधिकृत पहुँच पुर्‍याई ७.६ जीबी डाक्टरहरूको सर्टिफिकेट, १२३ एमबी सम्पर्क विवरण र १५ एमबी मार्कसिटसहित ठूलो मात्रामा डाटा चोरी भएको खुलेको…

विस्तृतमा...

काठमाडौं– आजको व्यस्त, प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीसँगै टाउको दुख्ने समस्या घर–घरमा देखिन थालेको छ। बिहान उठ्नेबित्तिकै टाउको भारी हुने, दिनभर चर्को दुखाइले सताउने वा साँझसम्म पनि टाउको दुखिरहने समस्या अहिले धेरैको दैनिकी बनेको छ। यस्तो अवस्थामा अधिकांश मानिस चिकित्सकको सल्लाह नलिई सजिलै पाइने पेनकिलरमा निर्भर हुने गरेका छन्। तर विज्ञहरूका अनुसार बारम्बार औषधि सेवन गर्नु दीर्घकालीन रूपमा शरीरका लागि हानिकारक हुन सक्छ। यदि औषधि खाँदा–खाँदै पनि टाउको दुखाइ कम भइरहेको छैन भने समस्या औषधिको कमी होइन, तपाईंको जीवनशैलीमा लुकेका गलत बानी नै हुन सक्छन्। स्वास्थ्य विशेषज्ञहरू भन्छन्—’आजको अव्यवस्थित दैनिकी, असन्तुलित खानपान, अपर्याप्त निन्द्रा र मानसिक तनाव टाउको दुखाइका प्रमुख कारक…

विस्तृतमा...

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एक -एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ । बिहिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले तीन वटा स्थानीय तहलाई एक -एक करोड बजेट दिने निर्णय गरेको हो । सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड रकम दिने निर्णय भएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।…

विस्तृतमा...

सर्लाही- सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो । शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको हो । शिविरको पहिलो दिन ७९ जना, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिए । बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने शल्यक्रिया शिविर सञ्चालन भएको हो । गत पुस १५ गतेदेखि बागमती नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका…

विस्तृतमा...

धुलिखेल- काभ्रेपलान्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमार्फत स्थानीय नागरिकले गाउँमै स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । शिविरमा विद्यालय स्वास्थ्य उपचार सेवाअन्तर्गत विद्यार्थीहरूको नाक, कान र घाँटीसम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श, मुख तथा दाँतसम्बन्धी रोग, आँखा रोगको परीक्षण, उपचार तथा चस्मा वितरण गरिएको थियो । साथै मुटु रोग परीक्षण, रक्त समूह जाँच तथा कार्ड वितरणसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले जानकारी दिए । त्यसैगरी, विशेषज्ञ चिकित्सकहरूबाट सामान्य स्वास्थ्य परीक्षण, प्रसूति तथा स्त्री रोग, क्षयरोग पहिचानका लागि…

विस्तृतमा...

डडेल्धुरा– डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन्। अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको घटनाको विरोधमा विकास समितिले यस्तो निर्णय गरेको हो। अस्पताल विकास समितिले बुधबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष ओझा बिरामी तथा सेवाग्राहीको सेवामा अहोरात्र खटिरहेको अवस्थामा अस्पताल जस्तो संवेदनशील संस्थाभित्र प्रमाणविहीन र तथ्यविहीन आरोप लगाउँदै गरिएको दुर्व्यवहार अत्यन्तै निन्दनीय र लज्जाजनक भएको उल्लेख गरेको छ। समितिले उक्त घटनाले अस्पतालको सेवा प्रवाह र कर्मचारीहरूको मनोबलमा गम्भीर नकारात्मक असर पार्ने चेतावनीसमेत दिएको छ। विकास समितिले घटनामा संलग्न दोषीमाथि यथाशीघ्र छानबिन गरी कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, भविष्यमा यस्ता अराजक र गैरजिम्मेवार…

विस्तृतमा...