स्वास्थ्य डायरी

काठमाडौं – नेपालमा निःसन्तान दम्पतीहरूको उपचारमा नयाँ युग प्रारम्भ गर्दै ह्याम्स् हस्पिटल आइभीएफ सेन्टरले देशभरिका हजारौँ दम्पतीलाई आशा दिएको छ। वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा आइभीएफ विशेषज्ञ डा. भोला रिजालको नेतृत्वमा सञ्चालित यो सेन्टरले नेपालमै विश्वस्तरको आइभीएफ उपचार सेवा प्रदान गर्दै आएको छ। डा. रिजालका अनुसार ३० वर्षअघि भारतको कोलकातास्थित प्रतिष्ठित क्लिनिकमा तालिम गर्दा नेपालका धेरै महिलाहरू आइभीएफ उपचारका लागि भारत जान बाध्य हुन्थे। “त्यतिबेला नेपालमा आइभीएफ सेवा उपलब्ध थिएन। तर अहिले हामीले यहाँ नै सक्षम सेवा सुरु गरेका छौँ,” उनले भने। पहिलो आइभीएफ सफलता र यात्राको सुरुवात २० वर्षअघि डा. रिजालको टोलीले नेपालमै पहिलो आइभीएफ सफल केस सम्पन्न गरेको थियो।…

विस्तृतमा...

काठमाडौं– नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले करार सेवामा विभिन्न पदका लागि जनशक्ति माग गरेको छ । बोर्डले एक सुचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेश शाखा कार्यालय तथा जिल्ला सम्पर्क शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेको जनाएको छ । सूचना अनुसार मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेन्ट १ जना, हेल्थ इकोनोमिस्ट १ जना, जनस्वास्थ्य अधिकृत १ जना, एक्चुअरियन अधिकृत १ जना, सूचना प्रविधि सहायक ३ जना तथा दर्ता अधिकारी ६० जना गरी जम्मा ७३ जना कर्मचारी करार सेवामा पदपूर्ति गरिनेछ । इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त पेश गर्नुपर्नेछ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई…

विस्तृतमा...

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बिमा बोर्डसँग उपचार शुल्क दररेटलगायतका विषयमा सहमति हुन नसकेपछि कार्यक्रम रोक्न बाध्य भएको जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा स्वास्थ्य बिमा बोर्ड र अस्पतालबीच उपचार दररेटमा स्पष्ट अन्तर रहेको, पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी र प्रस्ताव पेश गर्दा समेत सुनुवाइ नभएको उल्लेख गरिएको छ। दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोत प्रयोग गरी दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप आर्थिक घाटा व्यहोर्न नसक्ने अवस्था आएको सूचनामा जनाइएको छ। टिचिङ अस्पतालका निर्देशक डा. सुवास आचार्यका…

विस्तृतमा...

काठमाडौं- नेपालको चिकित्सा शिक्षालाई धरासायी बनाउने गम्भीर कसरत भइरहेको भन्दै निजी मेडिकल कलेजहरूले कडा आपत्ति जनाएका छन्। राष्ट्रिय चिकित्सा ऐन २०७५ ले निजी मेडिकल कलेजलाई गैरनाफामूलक (एनजिओ) बनाउने प्रस्ताव गरेर समग्र चिकित्सा शिक्षा प्रणाली नै कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाइएको छ। नेपाल मेडिकल कलेजको २६औँ वार्षिक साधारण सभामा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डा. जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेजलाई एनजिओकरण गरेर निजी लगानी समाप्त पार्ने खेल भइरहेको दाबी गर्दै सबै मेडिकल कलेज एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार राष्ट्रिय चिकित्सा ऐनको दफा ४७ को उपदफा (१) मा ऐन लागू भएको मितिले १० वर्षपछि नेपालभित्र सञ्चालित सबै चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमशः…

विस्तृतमा...

काठमाडौँ – सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले आइतबार आयोजना गरेको एक दिने आँखा स्वास्थ्य शिविरमा २०५ जनाले आँखा परीक्षण गराएका छन् । सवारी दुर्घटना न्यूनीकरण र चालक तथा यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक सप्ताह–२०८२ अन्तर्गत उक्त शिविर आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । नेपाल प्रहरी अस्पताल महाराजगन्ज र ग्रिनसिटी अस्पताल सामाखुसीको सहकार्यमा उक्त शिविर आयोजना गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सवारीसाधनका चालकको दृष्टि क्षमता सवारी सुरक्षासँग प्रत्यक्ष रूपमा…

विस्तृतमा...

बागलुङ – ढोरपाटन क्षेत्रमा अत्यधिक चिसो बढी पानी जम्न थाल्दा पनि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी मारमा परेका छन् । चिसो बढेपछि स्थानीय बासिन्दा बँेसी झर्न थालेसँगै केही विद्यालयले तलतिरै पठनपाठन सुरु गरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालयले साबिककै स्थानमा कक्षा सञ्चालन गर्दा विद्यार्थी मारमा परेका हुन् । ढोरपाटन नगरपालिका–९ चिसापानीमा रहेको ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी तथा शिक्षक अत्यधिक चिसोका कारण बिरामी भई पठनपाठन प्रभावित भएको छ । ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैका अनुसार बिहान बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा…

विस्तृतमा...

मुगु- पुसको पहिलो साताबाट फैलिएको रुघाखोकी (भाइरल इन्फ्लुएन्जा) मुगु जिल्लामा पुसको अन्तिम सातासम्म पनि नियन्त्रणमा आउन नसक्ने देखिएको छ । भाइरल संक्रमणकै कारण सोरु गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ भने विद्यालय बन्ददेखि स्वास्थ्य सेवा दबाबमा पर्ने अवस्था सिर्जना भएको छ । सोरु गाउँपालिका–७ की ३६ वर्षीया जानदेवी बिष्ट र वडा नम्बर–६ की ६८ वर्षीया नरया भण्डारीको पुसको तेस्रो सातामा भाइरल संक्रमणकै कारण मृत्यु भएको पुष्टि गरिएको छ । रुघाखोकीको प्रकोप बढेपछि सोरु गाउँपालिकाका नार्थपु, कालैं, सिड्डी, खनाया, सोरुकोटलगायतका बस्तीमा प्राथमिक तहदेखि कक्षा १२ सम्मका विद्यालयहरू पुसको अन्तिमसम्म बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समिति र स्थानीय निकायको संयुक्त निर्णयमा…

विस्तृतमा...

डोल्पा- हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गम्भीर औषधि अभाव देखिएको छ । नगरपालिकामातहत सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि सकिँदै गएपछि सेवाग्राहीहरू प्रभावित बनेका छन् । आर्थिक वर्षको सुरुमै खरिद गर्नुपर्ने औषधि प्रमुख प्रशासकीय अधिकृत नहुँदा झण्डै सात महिनासम्म खरिद प्रक्रिया अघि बढ्न नसक्दा स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको हो । नगरपालिका मातहतका १२ वटै स्वास्थ्य इकाइहरूमा सामान्य सिटामोल, एमोक्सिसिलिन, जीवनजल, दमसम्बन्धी औषधिलगायत धेरै अत्यावश्यक औषधि सकिएको स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुले जानकारी दिए । ‘कार्यालय प्रमुख नहुँदा लामो समयदेखि औषधि खरिद हुन सकेको छैन । त्यसकै कारण अहिले सामान्य किसिमका औषधिसमेत उपलब्ध छैनन् । स्वास्थ्य चौकीका इन्चार्जहरूले पनि…

विस्तृतमा...

काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अस्पतालका निर्देशक डा युवानिधि बसौलाबिच सहमति पत्रमा शनिबार हस्ताक्षर भएको छ । अस्पतालका निर्देशक डा बसौलाले सहमतिअनुसार शनिबारदेखि ट्राफिक प्रहरीलाई खोप लगाउन थालिएको जानकारी दिए । उनका अनुसार आज १५ जनालाई इन्फ्लुएन्जा (श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण) विरुद्धको खोप लगाइएको छ । जाडो बढेसँगै इन्फ्लुएन्जाबाट सुरक्षित रहनका लागि खोप लगाइएको उनले बताए । जाडो महिनामा धेरै सक्रिय हुने इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई हुनसक्ने भएकाले सबैलाई सचेत रहन…

विस्तृतमा...

सुर्खेत- जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार कार्य सुरु गरिएको जाजरकोट स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए । नलगाड नगरपालिकामा छ जना, छेडागाड नगरपालिकामा पाँच जना, जुनिचाँदे गाउँपालिकामा–३ जना तथा भेरी र बारेकोट गाउँपालिकामा दुई/दुई जना बिरामी रहेका छन् । कुष्ठरोगसँग जोडिएको सामाजिक लाञ्छना र भेदभाव कम गर्दै रोगको शीघ्र पहिचान, उपचार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा जिल्लाका सम्पूर्ण स्थानीय तहमा कुष्ठरोग ‘केस भेरिफिकेशन’ कार्यक्रम पुस १७ देखि २२ गतेसम्म सञ्चालन भएको थियो…

विस्तृतमा...