डडेल्धुरा- डडेल्धुरा अस्पताल विकास समितिले अध्यक्ष करुणाकर ओझामाथि बुधवार दिउँसो अस्पतालको कार्यकक्षमा केही व्यक्तिहरूद्वारा गरिएको दुर्व्यवहारप्रति गहिरो दुख व्यक्त गरेको छ। अस्पताल विकास समितिले जारी गरेको विज्ञप्तिमा अध्यक्ष ओझा अहोराव दिनरात बिरामी सेवाग्राहीका लागि अग्रपङ्क्तिमा खटिरहेको अवस्थामा संवेदनशील अस्पतालको कार्यकक्षमा प्रमाणविहीन र तथ्यविहीन आरोप लगाउनु लज्जाजनक भएको जनाइएकाे छ। घटनाले अस्पतालको सेवा प्रवाह र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर पार्ने भन्दै सबै सरोकारवालालाई उच्च नैतिक मूल्य कायम राख्दै अस्पतालको पक्षमा उभिन आह्वान गरिएको छ। विज्ञप्तिमा दोषीमाथि यथासिघ्र छानबिन गरी कानुनअनुसार कारवाही गर्न सम्बन्धित निकायमा माग गरिएको छ। साथै, भविष्यमा यस्ता अराजक गतिविधि नदोहोरिन सुनिश्चित गर्न सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र…
स्वास्थ्य डायरी
डडेल्धुरा – डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि नेकपा बहुमतको कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराकाे नेतृत्वमा जनकारबाही स्वरूप मोसो दलेको छ। घटना बुधबार कार्यकक्षमै भएको बताइएको छ। अस्पतालका अध्यक्ष ओझामाथि लगाइएका आरोपहरू क. सहविरद्धारा हस्ताक्षरित दश बुँदे आरोपपत्रमा समावेश छन्। आरोपपत्रमा अस्पताल सञ्चालन, कर्मचारी भर्ना, उपकरण खरिद र सेवा प्रवाहमा भ्रष्टाचार र अनियमितताको कुरा उल्लेख गरिएको छ। मुख्य आरोपहरू:
कास्की – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शय्या दुई महिनाभन्दा ठूला बच्चाका…
काठमाडौँ – स्वास्थ्य क्षेत्रका पाँच विभिन्न पेसागत सङ्घसंस्थाले स्वास्थ्य व्यवसायी परिषद् ऐन तत्काल संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल सिएमए सङ्घ र हेल्थ असिस्टेन्ट सङ्घले संयुक्त रूपमा परिषद्को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दबाब दिएका हुन्। ती संस्थाले परिषद् स्थापना भएको २७ वर्ष बितिसक्दा पनि ऐन संशोधन नहुनु दुःखद भएको उल्लेख गरेका छन्। परिषद्को ऐनमा पेसागत सङ्घसंस्थाको उचित प्रतिनिधित्वको व्यवस्था नभएको, विषयविज्ञको सट्टा बाहिरका व्यक्तिले विभिन्न समितिको नेतृत्व गरिरहेको र एकै सदस्यले पाँचभन्दा बढी समिति ओगटेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। ज्ञापनपत्रमा परिषद्को नेतृत्वले पेसागत मर्यादा र…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले अस्पतालभित्र देखिने समस्याहरू आन्तरिक रूपमा नै समाधान गर्न र नागरिकबाट कुनै पनि गुनासो नआउने गरी सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएकी छन्। कान्ति बाल अस्पतालको ६४औँ स्थापना दिवस (वार्षिकोत्सव) का अवसरमा आज मिति २०८२ साल पुस २२ गते आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गौतमले वर्तमान अवस्थामा नयाँ आयोजनाहरू तत्काल अघि बढाउन कठिन रहेको स्पष्ट पारिन्। तथापि, अस्पताल सञ्चालनमा कुनै समस्या उत्पन्न भए जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने र थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्यामा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले कान्ति बाल अस्पताललाई देशकै अत्याधुनिक बाल स्वास्थ्य संस्थाको रूपमा…
काठमाडौं- स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्तसम्म हासिल भएका उपलब्धिहरू सार्वजनिक गरेको छ। मंगलबार आयोजित कार्यक्रममा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममार्फत सञ्चालन भइरहेका गतिविधि, सूचकअनुसारको प्रगति, कार्यक्रमको पैरवी, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा सुधारका प्रयासबारे जानकारी दिएको हो। कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष तथा निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन गरी नीतिगत सुधार गरिएको बताए। संशोधनअनुसार अब देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दुका रूपमा कम्तीमा एक सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य गरिएको छ। उनका अनुसार दाबी भुक्तानी तथा समीक्षा सम्बन्धी कार्यविधिमा पनि संशोधन गरिएको छ, जसमा रियल टाइम क्लेमसहितका नयाँ प्रावधान समावेश गरिएको…
काठमाडौं- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति र रजिस्ट्रार पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा काठमाडौंमा आज बसेको विश्वविद्यालयसभाको दोस्रो बैठकले उपकुलपति र रजिस्ट्रारको नियुक्ति गरेको हो। विश्वविद्यालयसभा सदस्यसमेत रहेका गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका अनुसार उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशी नियुक्त भएका छन्। यसअघि प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा रहेको उपकुलपति र रजिस्ट्रार नियुक्ति सिफारिस समितिले उपकुलपतिमा जोशी र रजिस्ट्रारमा तीन जनाको नाम सिफारिस गरेको थियो। रजिस्ट्रारमा सिफारिस गरिएका अन्य दुई जनालाई वैकल्पिक सूचीमा राखिएको छ। उपकुलपतिमा तेस्रो पटक विज्ञापन खोलेपछि दुई जनाले आवेदन दिएका थिए। त्यसमध्ये जोशीको मात्रै आवेदन स्वीकृत भएको थियो।…
काठमाडौं- बिएण्डबी अस्पतालमा ५४ वर्षीया महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । अस्पतालका अनुसार ती महिलाले आइभिएफ (इन भिट्रो फर्टिलाइजेशन) प्रविधिमार्फत पहिलो प्रयासमै गर्भधारण गरेकी थिइन् र सोमबार शल्यक्रियामार्फत शिशुको जन्म भएको हो। उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्या रहेकी महिलाको प्रसूति चिकित्सकीय दृष्टिले चुनौतीपूर्ण मानिए पनि विशेषज्ञ चिकित्सकहरूको टिमको सक्रिय निगरानी र उपचारका कारण आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रसूति गराउने प्रमुख चिकित्सक डा. नुतन शर्माले बढ्दो उमेरका बाबजुद महिलालाई सन्तान सुख दिन सफल भएकोमा खुशी व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत खुशी साट्दै उनले आफ्नो सम्पूर्ण मेडिकल टिम तथा बिएण्डबी अस्पताललाई धन्यवाद ज्ञापन…
गोरखा- गोरखामा परालको थुप्रो (टौवा)मा उम्रिएको च्याउको तरकारी खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हिरा पहरीको परिवार विषालु च्याउ सेवनका कारण बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । प्रहरीका अनुसार सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रोमा उम्रिएको च्याउ टिपेर पकाएर खाएपछि आमा हिरा पहरीसहित १२ वर्षीय छोरा किसान, ६ वर्षीय छोरा हिमाल र ५ वर्षीया छोरी सुजिता बिरामी परेका हुन् । च्याउ खाए लगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता…
काठमाडौँ – यस वर्षको राष्ट्रिय योग दिवस ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ मनाइने भएको छ। नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परा अनुसार यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको मूल समारोह उपसमितिको बैठकले योग दिवसलाई साताव्यापी रूपमा मनाउने निर्णय गरेको छ। यस अवधिमा योगको महत्व र आवश्यकताका बारेमा प्राथमिकताका साथ प्रचारप्रसार गरिनेछ। ऋषि महर्षिहरूको तपोवन र योग साधनाको उद्गम स्थल मानिएको नेपालमा योगलाई जनस्तरसम्म पुर्याउन सरकारले विशेष पहल गरेको हो। दैनिक योगाभ्यासले मानिसलाई अनुशासित र नैतिकवान् बनाउनुका…

