काठमाडौँ- स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेललाई दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए । “बिमा बोर्ड जस्तो महत्वपूर्ण ठाउँमा प्रमुख पद खाली राख्न भएन । त्यसैले मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो,” उनले भने । कार्यकारी निर्देशक डा.रघुराम काफ्लेले गत आइतबार राजीनामा दिएका थिए । निमित्त कार्यकारी निर्देशक पौडेल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा प्रमुख रहेका थिए । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार उनलाई बोर्ड र नीति तथा योजनामा…
स्वास्थ्य डायरी
सर्लाही- आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबिच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरे । स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताए । क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत उपकरण प्रदान गरेको छ । केन्द्रको स्तरोन्नतिपछि यहाँका नागरिकले काठमाडौँस्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाइ छ…
काठमाडौं- टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. अनुप बाँस्तोलालाई दिइएको छ । स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले निर्वाचन आचारसंहिता लागू हुनुभन्दा एक दिनअघि गत ४ माघमा मन्त्रीस्तरीय निर्णयमार्फत डा. बाँस्तोलालाई उक्त जिम्मेवारी दिने निर्णय गरेकी हुन् । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले टेकु अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि खाली भएको निर्देशक पदमा डा. बाँस्तोलालाई जिम्मेवारी दिइएको हो । डा. बाँस्तोला कोभिड–१९ महामारीको समयमा टेकु अस्पतालका निर्देशकका रूपमा कार्यरत थिए । त्यसपछि उनी स्वास्थ्य मन्त्रालय तथा विभागअन्तर्गतका…
काठमाडौँ- गर्भावस्थामा शारीरिक व्यायाम सुरक्षित हुन्छ कि हुँदैन भन्ने विषयमा अझै धेरैमा अन्योल देखिन्छ । तर पछिल्लो समय विशेषज्ञहरूले सही तरिकाले गरिने व्यायाम आमा र गर्भस्थ शिशु दुवैका लागि लाभदायक हुने बताउन थालेका छन् । बीएण्डबी अस्पतालकी पेल्भिक फ्लोर फिजियोथेरापिस्ट अम्शु भट्टराईका अनुसार गर्भावस्थामा गरिने नियमित शारीरिक व्यायामले आमाको शारीरिक र मानसिक स्वास्थ्य मजबुत बनाउनुका साथै बच्चाको समग्र विकासमा पनि सकारात्मक प्रभाव पार्छ । “रिसर्चअनुसार हप्तामा कम्तीमा १५० मिनेट शारीरिक व्यायाम गर्नु फाइदाजनक मानिन्छ,” भट्टराई भन्छिन्, “यसमा स्ट्रेच ट्रेनिङ, स्वासप्रश्वास सम्बन्धी व्यायाम, मानसिक तनाव व्यवस्थापनका अभ्यास तथा हल्का एरोबिक व्यायाम समावेश हुन्छन् ।” उनका अनुसार गर्भावस्थामा हुने ढाड दुखाइ, पेल्भिक…
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बुधबार, न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले धरौटी माग गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन्। कात्तिक २ गते, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता भएको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्रसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारको दाबी अनुसार, ती व्यक्तिहरूले झूटा बिल, गलत प्रतिवेदन र मिलेमतोका आधारमा राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी हानी पुर्याएका थिए।
काठमाडौं – उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजालमाथि गरेको दुई महिनाको निलम्बन तत्काल लागू नगर्न अन्तरकालीन आदेश जारी गरेको छ। न्यायाधीशद्वय ऋषि राज भण्डारी र दीपक खनालको संयुक्त इजलासले डा. रिजालले दायर गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले उल्लेख गरेको छ कि जिल्ला अदालतको फैसला अझै पुनरावेदन प्रक्रियामा विचाराधीन रहँदै गर्दा काउन्सिलले निलम्बन निर्णय लागू गर्दा निवेदकलाई अपूरणीय क्षति पुग्न सक्ने सम्भावना छ। डा. रिजालमाथि गरिएको निलम्बन नेपाल मेडिकल काउन्सिलको आचारसंहिता उल्लङ्घनको आरोपमा दिइएको थियो। मुद्दा दिवाकर रिजालको बलात्कार घटनासँग सम्बन्धित छ। जिल्ला अदालतले दिवाकरलाई सात वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना…
काठमाडौँ – भारतमा हालै निपाह भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा पनि यसको सम्भावित जोखिम बढेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले चेतावनी दिएका छन्। भारतमा देखिएको संक्रमणमा स्वास्थ्यकर्मीसमेत परेकाले यो भाइरस अत्यन्तै सजिलै मानिसबाट मानिसमा सर्न सक्ने खतरनाक चरणमा रहेको उनको भनाइ छ। डा. पुनका अनुसार भारतमा पुष्टि भएका संक्रमितमध्ये केहीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। “चिन्ताको विषय के हो भने संक्रमितमध्ये नर्स र चिकित्सकसमेत छन्, जसले मानिसबाट मानिसमा संक्रमण फैलिएको स्पष्ट संकेत गर्छ,” उनले भने। उनका अनुसार निपाह भाइरस पारामिक्सोभिरिडी परिवार अन्तर्गत पर्ने हेनिपाभाइरस समूहको अत्यन्तै घातक भाइरस हो। यो भाइरस पहिलोपटक सन् १९९९ मा मलेसियामा सुँगुर पालक कृषकहरूमा देखिएको…
चितवन- चितवनमा सञ्चालनमा रहेका उपचार तथा पुनर्स्थापना केन्द्रहरू सरकारी निगरानीको घेरामा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभित्र सञ्चालित सबै उपचार तथा पुनर्स्थापना केन्द्रलाई तीन दिनभित्र आवश्यक कागजातसहित विवरण पेश गर्न निर्देशन दिएको छ । यसलाई केन्द्रहरूको वैधानिकता, पारदर्शिता र सेवा मापदण्ड सुनिश्चित गर्ने प्रयासका रूपमा हेरिएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै लागुऔषध प्रयोगकर्ताका लागि सञ्चालनमा रहेका उपचार तथा पुनर्स्थापना केन्द्रहरूले तोकिएको समयसीमाभित्र सम्पूर्ण विवरण बुझाउनुपर्ने स्पष्ट पारेको छ । प्रशासनका अनुसार गृह मन्त्रालयको पत्रको आधारमा यो प्रक्रिया अघि बढाइएको हो । लागुऔषध प्रयोगकर्ताका लागि उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५ अनुसार केन्द्रहरूको अवस्थाबारे अद्यावधिक विवरण…
अछाम- अछामको बयालपाटा प्रादेशिक अस्पतालमा लामो समयदेखि रोकिएको स्वास्थ्य बीमा सेवा पुनः सुरु भएसँगै सर्वसाधारण बिरामीले फेरि राहत पाएका छन् । करिब पाँच महिनाको अवरोधपछि माघ १ गतेदेखि अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः लागू भएको हो, जसले जिल्लाका हजारौँ नागरिकका लागि उपचार पहुँच सहज बनाएको छ । यसअघि गैरसरकारी संस्था न्याय हेल्थ नेपालले व्यवस्थापन गर्दै आएको बयालपाटा अस्पताल भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा आएपछि अस्पतालको सेवा संरचनामा परिवर्तन भएको थियो । प्रशासनिक हस्तान्तरण र आवश्यक प्रक्रिया पूरा नहुँदा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द भएको थियो । सबै प्राविधिक तथा नीतिगत प्रक्रिया पूरा भएपछि पुनः बीमा सेवा सञ्चालनमा…
भक्तपुर- बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । भक्तपुर अस्पताल स्थापना भएको १२१ वर्षपछि प्रदेश सरकारबाट प्राप्त हुने ६२ करोडको लागानीमा नयाँ भवन बन्न लागेको हो। सेवा प्रवाहका हिसावले विगत तीन वर्षदेखि प्रदेशस्तरमा उत्कृष्ट बन्न सफल सो अस्पतालको नयाँ भवन निर्माण भएपछि विशेषगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकसहित पूर्वका जनतालाई राहत मिल्ने बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए । स्वास्थ्यमन्त्री थापाले भने “बागमती प्रदेश सरकारको प्राथमिकतामा रहेको भक्तपुर अस्पतालको भवन निर्माणको काम सुनिश्चित भएको छ । भक्तपुर अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउने उद्देश्यले मिहेनतका साथ बजेट सुनिश्चित…

