ललितपुर- बीएन्डबी अस्पताल परिसरमा ‘एकेबी कृत्रिम अंग जडान केन्द्र’ को औपचारिक उद्घाटन गरिएको छ। अस्पतालका संस्थापक सम्माननीय प्रा. डा. जगदीशलाल वैद्य र प्रा. डा. अशोक कुमार बाँस्कोटाको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन सम्पन्न भएको हो। उद्घाटन समारोहमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनहरू, अस्पतालका विभिन्न विभागका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिबेक बाँस्कोटाले ‘एकेबी कृत्रिम अंग जडान केन्द्र’ कृत्रिम अंग जडान गर्ने केन्द्र मात्र नभई अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, गतिशीलता र जीवनप्रति आशा पुनःस्थापना गर्ने उद्देश्यले स्थापना गरिएको बताए। उहाँले उपचारलाई शल्यक्रियामा मात्र सीमित नराखी पुनर्स्थापना सेवासँग जोड्दै बिरामीलाई आत्मविश्वासका साथ पुनः…
स्वास्थ्य डायरी
मलंगवा- सर्लाहीको नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। पाइल्सको समस्याबाट पीडित लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थायी बासिन्दा हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्। परिवारजनका अनुसार उपचारअघि हंसुको अवस्था सामान्य थियो। तर औषधालयमा इन्जेक्सन लगाएपछि अचानक स्वास्थ्य बिग्रिएको र केही समयपछि पुनः अर्को इन्जेक्सन लगाएसँगै अवस्था झन् जटिल बन्दै गएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको पीडित पक्षको दाबी छ। बिरामीको अवस्था गम्भीर भएपछि उनलाई नवलपुरबाट हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गमा चक्काजामसमेत गरेका थिए। प्रहरीका अनुसार अहिले…
काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित एक पानी उद्योगको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘एमोनिया’ फेला पारेको छ। विभागले ७ माघमा काठमाडौं उपत्यकाभित्र सञ्चालन गरेको मोबाइल खाद्य प्रयोगशाला भ्यानसहितको छड्के अनुगमन क्रममा श्रीकृष्ण बेभरेज उद्योगको जारको पानीमा एमोनिया पोजिटिभ पाइएको जानकारी दिएको छ। मोबाइल प्रयोगशालामा गरिएको किट परीक्षण अनुसार, उद्योगले उत्पादित पानी मानव स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको देखिएको छ। अनुगमनका क्रममा उद्योगका कामदारले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको, पन्जा नलगाई जार भर्ने गरेको अवस्था पनि भेटिएको विभागले जनाएको छ। पानीको प्रारम्भिक परीक्षणमा जोखिम देखिएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम थप प्रयोगशालामा परीक्षणका…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली गरेको तीन महिनामा भएका कार्यप्रगति सार्वजनिक गरेकी छिन्। उनले २०८२ कात्तिक १० गते मन्त्री पद सम्हालेकी थिइन्। तीन महिनाको अवधिमा जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार तथा स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर काम गरिएको मन्त्री गौतमले बताइन्। कार्यप्रगतिअनुसार जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि तयार गरी हालसम्म १८९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइएको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ। शहीद परिवारका लागि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था…
काठमाडौँ- आज जनवरी महिनाको अन्तिम आइतवार अर्थात् विश्व कुष्ठरोग दिवस मनाइँदैछ। हरेक वर्ष जनवरीको अन्तिम आइतवार यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको रोगीलाई गरिने व्यवहार हो’ रहेको छ। नेपालमा हरेक वर्ष करिब तीन हजार नयाँ कुष्ठरोगी फेला पर्ने गरेका छन्। नेपालले सन् २०१० मै कुष्ठरोग निर्मूल भएको घोषणा गरे पनि अहिले पनि नयाँ बिरामी भेटिने क्रम रोकिएको छैन। चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ हजार ४ सय ९ नयाँ कुष्ठरोगी पुष्टि भएका छन्। कुष्ठरोगका प्रारम्भिक लक्षणमा शरीरको कुनै भाग छुँदा थाहा नहुने, फुस्रो वा हल्का रातो दाग देखिनेजस्ता समस्या देखिन्छन्। सरकारले कुष्ठरोगको…
सर्लाही- मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । मलङ्गवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् । यहाँ दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए। उनका अनुसार सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलङ्गवावासीसँग अनुरोध गरेको छ । दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए। सो अभियानअन्तर्गत मलङ्गवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४…
बाँके- “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भनिन् । उनका अनुसार कानमा कीरा पसेपछि नजिकैको मेडिकलमा जाँच गराए पनि समस्या समाधान हुन सकेन । “औषधि खाँदा दुखाइ केही समय कम हुन्थ्यो, तर फेरि दुखाइ उस्तै हुन्थ्यो”, घर्तीले पीडा सुनाइन् । ग्रामीण भेगमा बसोबास गर्ने दिलकुमारीजस्ता नागरिकका लागि विशेषज्ञ सेवा पाउनु सहज छैन । टाढाको अस्पताल जान आर्थिक अवस्था, बाटोको कठिनाइ र उमेरले पनि…
नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अहिले ३० जना कुष्ठरोगी उपचाररत रहेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को तथ्याङ्क अनुसार नयाँ र पुराना गरी अहिले जिल्लामा ३० जना कुष्ठरोगी उपचाररत छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आठ जना नयाँ कुष्ठरोगी पहिचान भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का कुष्ठरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए । “जिल्लामा अहिले १२ जना महिला र १८ जना पुरुष गरी ३० जना कुष्ठरोगी उपचारमा हुनुहुन्छ”, उनले भने, “चालु आवमा मात्र एक महिला र सात पुरुष गरी आठ जना नयाँ भेटिनुभएको हो ।” जिल्लामा कुष्ठरोगीमध्य यो अवधिमा चार महिला र छ पुरुष गरी…
बैतडी- बैतडीमा सुरक्षित गर्भपतन सेवा लिने महिलामध्ये २० वर्ष मुनिका किशोरीहरूको संख्या उल्लेख्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकले देखाएको छ। यसले किशोर–किशोरी उमेर समूहमा अनिच्छित गर्भधारणको समस्या बढ्दो क्रममा रहेको संकेत गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडी र जिल्लास्थित ४९ स्वास्थ्य संस्थाबाट संकलित पछिल्लो तथ्यांकअनुसार सुरक्षित गर्भपतन सेवा लिने कुल सेवाग्राहीमध्ये १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूको हिस्सा करिब ३ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत खगेन्द्र सिंह कार्कीले जानकारी दिए। गत आर्थिक वर्षमा बैतडीमा जम्मा १ हजार १ सय ५८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार कम उमेरमै विवाह, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको…
काठमाडौं- सरकारको महत्वाकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा फसेको छ। लामो समयदेखि बीमाको दाबी (क्लेम) भुक्तानी नहुँदा देशभरका अस्पतालहरू क्रमशः स्वास्थ्य बीमा सेवाबाट बाहिरिन थालेका छन्, जसको प्रत्यक्ष असर सेवाग्राहीमाथि परेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले स्वास्थ्य बीमा नाफामुखी नभई राज्यको सामाजिक दायित्व भएको बताए। तर स्वास्थ्य बीमा ऐन, नियमावली तथा निर्देशिका पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा कार्यक्रम आर्थिक अभावमा परेको उनको भनाइ छ। उनले फर्मल सेक्टरका सबै नागरिकलाई बीमामा समेट्न नसक्नु, सेवा प्रदायक र सेवाग्राही दुवैतर्फको दुरुपयोग तथा क्लेम भेरिफिकेसनमा हुने ढिलाइलाई प्रमुख समस्या बताए। उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको परिकल्पना गर्दा…

