स्वास्थ्य डायरी

नेपालगन्ज – बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ । चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ । साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा शुक्रबार यहाँ पत्रकारसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मङ्गलबहादुर थारुले बाँकेका नरैनापुरलगायतका दुर्गम स्थानमा कुष्ठ रोगका नयाँ बिरामी फेला परेको उल्लेख गर्दै सबैभन्दा बढी मधेसी समुदायमा सो रोग देखिएको जानकारी दिए । त्यस बाहेक थारु समुदायमा पनि कुष्ठ रोगका बिरामी देखिएका छन्…

विस्तृतमा...

काठमाडाैं- पछिल्लो समय नेपालमा नसर्ने रोग, विशेषगरी क्यान्सर, गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिन थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा हाल ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी पहिचान भएका छन्। आर्थिक वर्ष २०८१–०८२ को प्रदेशगत तथ्यांक अनुसार बागमती प्रदेशमा क्यान्सरका बिरामीको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ। उपलब्ध तथ्यांकअनुसार बागमती प्रदेशमा क्यान्सरका बिरामी ८५ हजार ४०० पुगेका छन्, जुन अन्य सबै प्रदेशको तुलनामा अत्यधिक हो। त्यसैगरी कोशी प्रदेशमा ११ हजार ७२७ जना क्यान्सरका बिरामी रहेका छन्। गण्डकी प्रदेशमा २४५, लुम्बिनी प्रदेशमा २२३, मधेश प्रदेशमा २०६, कर्णाली प्रदेशमा १५४ र सुदूरपश्चिम प्रदेशमा १२५ जना क्यान्सरका बिरामी दर्ता भएको…

विस्तृतमा...

न्युयोर्क – संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ । सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण रूपमा टुंगिएका छैनन् । डब्लुएचओका अनुसार अमेरिकाले अझै सन् २०२४ र २०२५ का सदस्य शुल्क नतिरेकाले १३ करोड डलरभन्दा बढी रकम बक्यौता रहेको छ । यद्यपि ट्रम्प प्रशासनका अधिकारीहरूले सदस्यता फिर्ता लिँदै गर्दा उक्त रकम तिर्नुपर्ने कुनै कानुनी बाध्यता नरहेको दाबी गर्नुभएको छ । अर्कोतर्फ,…

विस्तृतमा...

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–५ नुममा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट दुर्गम क्षेत्रका ८ सयभन्दा बढी स्थानीय बासिन्दाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गरिब, अशक्त तथा लक्षित वर्गलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा कुल ८ सय ४१ जनाले स्वास्थ्य परीक्षण गराएका हुन्। आफ्नै गाउँघरमै विशेषज्ञ चिकित्सकबाट उपचार पाउँदा स्थानीय बासिन्दा उत्साहित र हर्षित देखिएका थिए। हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठको विशेष पहलमा आयोजना गरिएको शिविरमा अमेरिकाबाट आएका १४ जना विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो। बुधबार र बिहीबार सञ्चालन भएको शिविरमा जनरल फिजिसियन, हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, स्त्रीरोग तथा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो।…

विस्तृतमा...

म्याग्दी- बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन हजार २२ विद्यार्थीको मुटुको परीक्षण गरिएको छ । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी र बेनी सामुदायिक माविमा विद्यार्थीको मुटुको परीक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीका अध्यक्ष रामजीप्रसाद सुवेदीले बताए । शिविरमा एक सय विद्यार्थीको मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राफी) मार्फत परीक्षण गर्दा तीन विद्यार्थीको मुटुको उपचार गर्नुपर्ने पाइएको उनले बताए । शिविरमा एक सय शिक्षक, कर्मचारीलगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । म्याग्दी जिल्लामा प्रतिष्ठानको एकाइ गठन भएपछि पहिलोपटक आयोजित शिविरमार्फत जटिल समस्या देखिएका विद्यार्थीको निःशुल्क उपचार गरिएको…

विस्तृतमा...

बाँके- जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताए । “बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा स्थानीय प्रबुद्धहरुलाई उभ्याएर समूहगत छलफल गरी औषधि सेवनका निम्ति उत्प्रेरित गरिन्छ”, उनले भने । यसअघि डुडुवामा पालिकास्तरीय हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । त्यसअवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारणका लागि सरकारले गरेको लगानीबारे…

विस्तृतमा...

कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन वर्षयता बाल कुपोषणको अवस्था झन् गम्भीर बन्दै गएको छ। स्वास्थ्य निर्देशनालय डोटीले सन् २०२५ मा गरेको ‘स्मार्ट प्लस’ अध्ययनले ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषणको दर तीव्र रूपमा बढेको तथ्य सार्वजनिक गरेको हो। अध्ययन अनुसार सुदूरपश्चिममा शीघ्र कुपोषणको दर १५ दशमलव ८ प्रतिशत पुगेको छ। यसको अर्थ, यहाँका प्रत्येक एक सय बालबालिकामध्ये झन्डै १६ जनामा उचाइअनुसार आवश्यक तौल छैन। सन् २०२२ मा गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा यो दर मात्र ५ प्रतिशत थियो। तीन वर्षमै यो दर तीन गुणा बढ्नुले बाल स्वास्थ्यमा गहिरो संकटको संकेत गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफका…

विस्तृतमा...

काठमाडौँ- छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण देखिएपछि नेपालका सबै हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई र थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका सम्भावित लक्षण देखिएका यात्रुमाथि निगरानी भइरहेको जानकारी दिए। उनका अनुसार निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेकाले संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा तत्काल उपचारका लागि अस्पतालसमेत तोकिएको छ। ‘संक्रमण फैलिन नदिन सबै तयारी अवस्थामा छौँ,’…

विस्तृतमा...

काठमाडौं- नेपालका सडकहरू दिनानुदिन मृत्युमार्गमा रूपान्तरण हुँदै गएका छन् । पछिल्ला तथ्याङ्कले सडक दुर्घटना हरेक वर्ष औसत ५.४ प्रतिशतका दरले बढिरहेको देखाउँदा यसले अब यातायातको समस्या मात्र नभई गम्भीर जनस्वास्थ्य संकटको रूप लिएको संकेत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले दुर्घटनाको बढ्दो दरप्रति गहिरो चिन्ता व्यक्त गर्दै वर्तमान अवस्था नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिएका छन्। कार्यक्रममा स्वास्थ्य मन्त्री डा. गौतमले सडक दुर्घटनालाई मुलुककै प्रमुख जनस्वास्थ्य समस्यामध्ये एकका रूपमा चित्रण गरिन् । उनले विशेषगरी जेन–जी युवा पुस्ता दुर्घटनाबाट सबैभन्दा बढी प्रभावित भइरहेको उल्लेख गर्दै यो अवस्था राज्यका लागि दीर्घकालीन सामाजिक र आर्थिक चुनौती…

विस्तृतमा...

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार महानगर प्रहरी बल कार्यालयमा सम्पूर्ण सकल दर्जाका नगर प्रहरीहरूलाई सार्वजनिक क्षेत्रभित्र धूम्रपान रोक्न अभियान केही कमजोर भएको जस्तो देखिएको भन्दै प्रभावकारी रुपमा सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

विस्तृतमा...