काठमाडौँ- अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको तीन सदस्यीय वार्ता समिति र संयुक्त सङ्घर्ष समितिबीच भएको छलफलबाट सहमति जुटेको हो । सहमति पत्रमा नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एशोसिएसनका अध्यक्ष माइकल देवकोटा, नेपाल जनस्वास्थ्य सङ्घका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलाल, मेडिकल ल्याबोटरी एशोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का, नेपाल सिएमए संघका अध्यक्ष रामेश्वर प्रसाद, हेल्थ एशोसिएसन अफ नेपालका अध्यक्ष दाताराम अधिकारी, नेपाल सिएमए संघका प्रतिनिधि कपिल खनाल र ईश्वर चापागाईले हस्ताक्षर गरेका हुन् । सरकारतर्फबाट गठित वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी, महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटा र अस्पताल नर्सिङ प्रशासक…
स्वास्थ्य डायरी
महोत्तरी- यहाँ सञ्चालन भएको एक महिने निःशुल्क परिवार योजना शिविरबाट छ सयभन्दा बढी लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयद्वारा गत पुस ४ गतेदेखि यही माघ ३ गतेसम्म जिल्लाका १५ वटै पालिकाको ११ स्थानमा सञ्चालित शिविरबाट छ सय तीन जना महिला लाभान्वित भएका हुन् । कार्यालय प्रमुख नवलकिशोर साहका अनुसार सन्तानको इच्छा पूरा भएका महिला तथा पुरुष लक्षित गरेर शिविर आयोजना गरिएको थियो । कार्यक्रममा स्थायी बन्ध्याकरण गर्न महिलाका लागि मिनिल्याप र पुरुषका लागि भ्याक्सेटोमी सर्जरी सेवाको व्यवस्था गरिएको थियो । शिविरबाट महिलाले मात्रै मिनिल्याप सेवा लिएको कार्यक्रमका सम्पर्क व्यक्ति सिर्जना यादवले जानकारी दिए । शिविरमा दुई जनाले आइयुसिडी, चार…
काठमाडौँ- वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष थप गरेका हौँ । अझै २० आकस्मिक कक्ष चाँडै नै विस्तार हुनेछ ।” उक्त आकस्मिक कक्षमा बिरामीका कुरुवालाई खाना पकाउने व्यवस्था समेत गरिएको छ । अस्पतालका निर्देशक डा.शर्माका अनुसार उक्त आकस्मिक कक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट रु सात करोडको लागतमा…
काठमाडौँ- स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल (एचआरटीसी नेटवर्क)ले नेपालमा सुर्ती उद्योगको नीति निर्माण र सरोकारवालामा प्रभावबारे व्यापक प्रतिवेदन–२०८२ सार्वजनिक गरेको छ। रिपोर्टका अनुसार नेपाल विश्वका प्रभावित मुलुकहरूमध्ये पर्छ, जहाँ उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रका कार्यक्रममार्फत ऐन विपरीत प्रभाव पारिरहेको छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी, नेटवर्कका अध्यक्ष शान्तालाल मुल्मी, विश्व स्वास्थ्य संगठनका डा. ग्याम्पो दोर्जी र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रकी निर्देशक डा. राधिकन थपलियाले सहभागी भएर प्रतिवेदन सार्वजनिक गरेका थिए। नेटवर्कका अध्यक्ष मुल्मीले प्रतिवेदनको सारांश प्रस्तुत गर्दै बताए कि ग्लोबल गभरनेन्स अन टोबाको कन्ट्रोल तथा साउथ ईस्ट एसिया टोबाको…
काठमाडौँ- स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । तनहुँका काफ्ले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानीको दायित्व अत्यधिक बढ्दै बोर्ड गम्भीर दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो । हाल ठूला सरकारी अस्पतालहरूले सूचना सार्वजनिक गर्दै स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् । केही अस्पताल भने सेवा बन्द गर्ने तयारीमा रहेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ ।…
काठमाडौँ- मागहरू सुनुवाइ नभएको भन्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिहरूले आमरण अनसन सुरु गरेका छन् । नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा उनीहरू ३० पुसदेखि काठमाडौँको सिफल चौरमा आमरण अनसनमा बसेका हुन् । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपालले गठन गरेको संयुक्त संघर्ष समितिको तर्फबाट उपाध्याय अनसनमा बसेका हुन् । अनसन सुरु भएको पाँच दिन बितिसक्दा पनि सरकारी पक्षबाट मागका विषयमा कुनै औपचारिक प्रतिक्रिया नआएको संयुक्त संघर्ष समितिले जनाएको छ । समितिका अनुसार, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लामो समयदेखि कानुनी, संरचनागत र प्रतिनिधित्वसम्बन्धी गम्भीर…
नेपालगन्ज- भेरी अस्पतालले लामो समयदेखि स्वास्थ्य बिमाअन्तर्गत उपचार गरेका बिमितको ठुलो रकम भुक्तानी नपाउँदा अस्पतालमा बिमा सेवा नै बन्द हुने अवस्थामा पुगेको छ । बिमा तथा विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गतको करिब १५ करोड रुपियाँ भुक्तानी नआउँदा बिमा सेवासँगै अस्पतालका अन्य अत्यावश्यक सेवाहरू समेत ठप्प हुने जोखिम बढेको हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार बिमा रकम समयमै भुक्तानी नहुँदा बिमामार्फत प्रदान गरिने उपचार सेवा मात्र होइन, अस्पतालले नियमित रूपमा प्रवाह गर्दै आएका डायलाइसिस, क्याथल्याब, आमा सुरक्षा कार्यक्रमअन्तर्गतका डेलिभरी सेवा तथा शल्यक्रिया जस्ता अत्यावश्यक सेवाहरू समेत प्रभावित भई बन्द हुने अवस्था सिर्जना भएको छ । डा. सुवेदीले बिमा…
काठमाडौं- उमेर बढ्दै जाँदा हरेक मानिसको स्मरणशक्ति घट्दै जान्छ । यसो हुनुको मुख्य कारण मस्तिष्कको कुनै एक भाग वा एउटै जीन मात्र नभई समयसँगै मस्तिष्कभरि हुने संरचनागत परिवर्तनहरू भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । हजारौँ स्वस्थ वयस्कका एमआरआई स्क्यान र स्मरणशक्ति परीक्षणको विश्लेषण गर्दा, मस्तिष्कको ऊतक खुम्चिँदै जाँदा स्मरणशक्ति झन् तीव्र रूपमा घट्ने पाइएको छ । यो प्रभाव विशेषगरी जीवनको पछिल्लो चरणमा बढी देखिने अध्ययनले जनाएको छ । यद्यपि हिप्पोक्याम्पस स्मरणशक्तिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण मस्तिष्क भाग हो । तर अध्ययनले देखाएअनुसार स्मरणशक्ति ह्रासमा मस्तिष्कका अन्य धेरै भागहरूको पनि भूमिका रहेको छ । यसले कुनै एक स्थानमा मात्र क्षति…
काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अबदेखि सातै प्रदेशबाट सञ्चालन गर्ने भएको छ। लाइसेन्स परीक्षाका लागि देशभरका चिकित्सक काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य गर्दै काउन्सिलले यस्तो निर्णय गरेको हो। काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देवले चिकित्सकलाई काठमाडौँ आउनुपर्ने झन्झट हटाउन सातै प्रदेशबाट परीक्षा लिने व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार प्रदेशका कुन–कुन स्थानमा परीक्षा केन्द्र राख्ने भन्नेबारे भने निर्णय हुन बाँकी छ। सातै प्रदेशबाट परीक्षा सञ्चालन गर्दा परीक्षार्थीको समय र खर्च बचत हुने मात्र नभई परीक्षा प्रणालीको पारदर्शिता र गुणस्तर समेत वृद्धि हुने काउन्सिलको विश्वास छ। यसैगरी काउन्सिलले आफ्नो आगामी निर्वाचन पनि अनलाइनमार्फत गर्ने महत्वपूर्ण निर्णय गरेको…
काठमाडौं – आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न कडा निर्देशन दिएको छ। परिषद्ले जारी गरेको सूचनामा भनिएको छ कि आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान र प्रचार प्रसार नगर्न सबैलाई सचेत गराइएको छ। परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्था यस्तो कार्य गरे कारबाही हुने चेतावनीसमेत दिइएको छ। यसैगरी आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ वा विशेषज्ञहरूको नाम जोडेर औषधि, उपचार वा चिकित्सा सेवा सम्बन्धि सामग्री सामाजिक सञ्जालमा प्रचार गरेर जनमानसमा भ्रम सिर्जना गर्न नहुने पनि परिषद्ले स्पष्ट पारेको छ। परिषद्का अनुसार यस्तो उल्लङ्घन प्रचलित ऐन र नियम अनुसार कानुनी…

