स्वास्थ्य डायरी

काठमाडौं – नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले बाथरोग जागरण अभियान–२०८२ को अवसरमा दुई जेष्ठ प्राध्यापकलाई सम्मान गर्दै ‘तीर्थानन्द बैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका-८ का अध्यक्ष आशामान संगतले भौतिकशास्त्री प्रा. जयश्री मल्ल अमात्य र गणितज्ञ प्रा. धनकुमारी थापालाई अवार्ड प्रदान गरे। अवार्डसँगै नगद पुरस्कारसमेत प्रदान गरिएको थियो। बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर संगीत’ भन्ने नारासहित सांगीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको थालनी गरेको हो। प्रमुख अतिथि आशामान संगतले स्वास्थ्य सचेतना फैलाउने यस प्रयासको स्वागत गर्दै ८ नम्बर वडामा पनि अभियानलाई सहयोग गर्न तयार…

विस्तृतमा...

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी, नाक, कान, घाँटी, बाल स्वास्थ्य, रक्तचाप, मधुमेह, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउन्ड, फिजियोथेरापी तथा मनोरोगको परीक्षण गरिएको थियो । आवश्यकताअनुसार बिरामीलाई औषधि पनि वितरण गरिएको थियो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ श्यामराज रेग्मी, डा. अनिल भट्टराई, डा. भारती शर्मा, प्रसूति रोग विशेषज्ञ डा केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा सुजना रेग्मी, बालरोग विशेषज्ञ डा प्रकाश गौतमलगायत २५ जना चिकित्सकले सेवा प्रवाह गरेका थिए ।…

विस्तृतमा...

सिड्नी- हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानले देशभरका ५ वटा विश्वविद्यालयका औसत उमेर २० वर्षका ३ सय १७ जना विद्यार्थीमा सर्वेक्षण गरेको थियो । उनीहरूलाई हप्तामा ५ घण्टासम्म, ५ देखि १० घण्टासम्म र १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्ने विद्यार्थीहरूका रूपमा ३ वटा समूहमा बाँडिएको थियो । हप्तामा ५ घण्टासम्म र १० घण्टासम्म भिडियो गेम खेल्ने विद्यार्थीहरूको समान स्वास्थ्य परिणाम देखिए पनि १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्नेहरूमा आहार, निद्रा र तौललगायतमा नकारात्मक असर परेको पत्ता लागेको…

विस्तृतमा...

काठमाडौं- नेपाल चिकित्सक संघको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। संघले आइतबार एक सूचना जारी गर्दै पाटन उच्च अदालतबाट जारी अन्तरिम आदेशलाई ध्यानमा राखी निर्वाचन हाललाई स्थगित गर्ने निर्णय गरिएको जनाएको हो। सूचनाअनुसार अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यताका कारण यसअघि तय गरिएको निर्वाचन तालिका लागू नहुने भएको हो। निर्वाचन प्रक्रिया स्थगित भए पनि आगामी कार्यतालिका भने निर्वाचन समितिमार्फत अर्को सूचना जारी गरी सार्वजनिक गरिने संघले स्पष्ट पारेको छ। यसअघि संघको निर्वाचन पहिलो चरणमा उपत्यका बाहिर माघ २ र ३ गते तथा दोस्रो चरणमा उपत्यका भित्र माघ १५, १६ र १७ गते हुने तालिका तय गरिएको थियो। नयाँ निर्वाचन मिति र…

विस्तृतमा...

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको रु पाँच करोड र भक्तपुर नगरपालिकाको रु ६ करोड गरी कूल ११ करोड लागतमा मेसिन जडान गरिएको हो । भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालित ख्वप अस्पतालमा आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले सिटीस्क्यान सेवाको उद्घाटन गरे । नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिले नगरवासीका लागि सहज र गुणस्तरीय सेवा विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको सिटीस्क्यान सेवाले अब महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । अस्पतालमा अत्याधुनिक १२८ स्लाइसदेखि २५६ स्लाइस फोटो खिच्ने क्षमताको सिटीस्क्यान मेसिन सञ्चालनमा ल्याएको…

विस्तृतमा...

काठमाडौँ- महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिहीबारदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको उनले बताए । अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेबापत बोर्डबाट करिब रु ४० करोड भुक्तानी लिन बाँकी रहेको छ । “स्वास्थ्य बिमामार्फत मासिक रु दुई करोड बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ”, सूचना अधिकारी रोस्याराले भने, “बीमितको उपचार गरेबापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो । आन्तरिक स्रोतबाट…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नर्वेस्थित ‘लेर्डल ग्लोबल हेल्थ’ले कृत्रिम मानव ‘मेन्किन’ (सिमुलेसन मोडल) हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन सेवा केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीलाई सो संस्थाका प्रमुख कार्यकारी अधिकृत क्यारोलिन माइक्लेबस्ट लिन्डेले उक्त कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण गरेका हुन् । सो अवसरमा स्वास्थ्यमन्त्री डा. सुधा गौतमले नेपालको स्वास्थ्य प्रणालीमा सहयोग गरेकामा धन्यवाद दिँदै नेपालको स्वास्थ्य सुधार गर्न सहयोगी संस्थाको ठूलो योगदान रहेको बताइन् । उनले जेनजी आन्दोलनका बेला स्वास्थ्य आपतकालीन सेवा केन्द्र र यसका स्वास्थ्य उपकरणमा क्षति भएको उल्लेख गर्दै क्षति भएको उपकरण उपलब्ध गराएकामा सराहना व्यक्त गरिन् । मन्त्री डा. गौतमले…

विस्तृतमा...

पाेखरा- पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जग्गा व्यवस्थापन हुन नसक्दा अस्पताल निर्माणको योजना कार्यान्वयनमा आउन नसकेको बताए । प्रदेशको गौरवको आयोजनाका रूपमा घोषणा गरिएको विशिष्टीकृत अस्पताल निर्माणका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको बताउँदै उहाँले हालसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरे । प्रदेशको स्वास्थ्य मन्त्रालयकातर्फ गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष…

विस्तृतमा...

काठमाडौ- एघारौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा.हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही…

विस्तृतमा...

काठमाडाैं – तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । चिसो मौसममा तरुल खानुका फाइदाबारे जानकारी लिऔं । फाइबरयुक्तः तरुल फाइबर अर्थात् रेशाले भरिपूर्ण हुन्छ त्यसकारण यो पेटका लागि निकै फाइदाजनक मानिन्छ । फाइबरयुक्त खानेकुराको सेवनले आन्द्राको फोहोर सफा हुन्छ जसका कारण खाना राम्रोसँग पच्छ । त्यसकारण तरुल खाँदा तपाईंको पाचनक्रियासँग सम्बन्धित सबै समस्या समाप्त हुन्छ जस्तै कब्जियत, अपच, ग्यास अदि । तरुल खाँदा तपाईंको पेट राम्रोसँग सफा हुन्छ । अत्यधिक पोषक तत्वः तरुलमा अत्यधिक पोषक तत्व हुन्छ भन्ने…

विस्तृतमा...