स्वास्थ्य डायरी

ललितपुर- बी एन्ड बी अस्पतालका वरिष्ठ चिकित्सकहरू प्रोफेसर डा. जगदीश लाल वैद्य र प्रोफेसर डा. अशोक कुमार बान्सकोटालाई ‘द एचआरएम नेपाल अवार्ड्स फर डिस्टिङ्गुइस्ड सर्भिसेस २०२५’ बाट सम्मान प्रदान गरिएको छ। कर्पोरेट क्लब नेपाल प्रा.लि.द्वारा आयोजित ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स तथा अवार्ड्स फर डिस्टिङ्गुइस्ड सर्भिसेस २०२५’ समारोहमा उनीहरूलाई ‘Institution Builder’ विधामा सम्मान गरिएको हो। स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएको कदरस्वरूप स्वतन्त्र निर्णायक समितिको निर्णयअनुसार उक्त सम्मान प्रदान गरिएको आयोजक कर्पोरेट क्लब नेपालले जनाएको छ। कर्पोरेट क्लब नेपालका अनुसार प्रो. डा. वैद्य र प्रो. डा. बान्सकोटाले नेपाली स्वास्थ्य क्षेत्रको संस्थागत विकास, चिकित्सकीय सेवा र मानव संसाधन…

विस्तृतमा...

काठमाडौं– नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक रूपमा बिरामी रिफर नगर्न कडा निर्देशन दिएको छ। बोर्डको नीति, योजना तथा अनुगमन शाखाले जारी गरेको पत्रमा भनिएको छ कि आफ्नै संस्थामा सेवा उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई अन्यत्र पठाइने अभ्यास भेटिएको हुँदा यसलाई तुरुन्त रोक्न आग्रह गरिएको छ। पत्रमा स्पष्ट रूपमा उल्लेख छ कि स्वास्थ्य बीमा ऐन २०७५, नियमावली २०७५ र प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रिफर गर्ने संस्थामाथि आवश्यक कारबाही गरिनेछ। पत्र अनुसार, ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नै संस्थामा उपलब्ध सेवा उपेक्षा गरी अन्यत्र बिरामी पठाउनु स्वास्थ्य बीमा प्रणालीको मर्म विपरीत हो। यसले बीमित…

विस्तृतमा...

काठमाडौं- सर्लाहीको मलंगवामा हालसम्म साढे ८ हजारभन्दा बढी बालबालिकाले दादुरा विरुद्धको खोप लगाएका छन्। माघ १२ गतेदेखि सुरु गरिएको खोप अभियानअन्तर्गत हालसम्म ८ हजार ५७४ बालबालिकालाई खोप लगाइएको हो। माघ १४ गते मात्र २ हजार ७८९ बालबालिकाले दादुरा विरुद्धको खोप लगाएको मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए। दादुरा संक्रमण फैलिन नदिन मलंगवा नगरपालिकाभित्र ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन भइरहेको छ। नगरपालिकाका वडा नम्बर २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा दादुरा विरुद्धको खोप अभियान सुरु गरिएको हो। नगरपालिकाका अनुसार वडा नम्बर ३ र ४ मा भेटिएका २७…

विस्तृतमा...

काठमाडौं – नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन तथा व्यक्तिगत सरसफाइका सामग्रीमै जनस्वास्थ्यका लागि अत्यन्त घातक मानिने सिसा (लिड) अत्यधिक मात्रामा भेटिएको एक अध्ययनले गम्भीर खतरा उजागर गरेको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले गरेको पछिल्लो अध्ययनले सिन्दूर, टुथपेस्ट र गाजलजस्ता सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी लिड फेला परेको देखाएको हो। यसले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको विज्ञहरूको भनाइ छ। ‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’को प्राविधिक तथा आर्थिक सहयोगमा गरिएको यो अध्ययन काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलमा बिक्री भइरहेका उत्पादनमा केन्द्रित थियो। सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म संकलन गरिएका १०० नमुनामध्ये ३१ प्रतिशतमा लिड भेटिनुले बजारमा…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन् । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताएकी हुन् । “स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बीमाको रकमको खर्च हुन थालेकाले समस्या परेको हो, अनावश्यक रुपमा डाक्टरले बिरामी जाँचेर औैषधि लेखिदिने र बिरामीले अनावश्यक रुपमा बीमाको दाबी गर्दा अहिलेको समस्या आएको हो, यसलाई समाधान गर्न सरकारले काम गरिरहेको छ,” उनले भनिन् । स्वास्थ्य बीमामा सङ्घीय सरकारको एकोहोरो बोझ परेको उनको भनाइ थियो । स्वास्थ्य बीमालाई सफल बनाउन तीनै…

विस्तृतमा...

काठमाडौं – छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल राज्यमा मानिसमा निपा भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको सरकारी अधिकारीहरूले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ महामारीका बेला स्थापना गरिएका नेपाल–भारत स्थलसीमाका प्रवेशबिन्दु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका स्वास्थ्य जाँच एकाइमार्फत हाल निगरानी भइरहेको छ। मन्त्रालयका प्रवक्ताले बीबीसीसँग नेपालले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाइरहेको जानकारी दिएका छन्। भारतीय अधिकारीहरूका अनुसार गत महिना पश्चिम बङ्गालमा निपा भाइरस सङ्क्रमण पुष्टि भएका दुई स्वास्थ्यकर्मीको सम्पर्कमा आएका झन्डै २०० जनाको पहिचान गरी निगरानी गरिएको थियो। ती व्यक्तिहरूमा हालसम्म भाइरस सङ्क्रमण पुष्टि नभएको भारतीय पक्षले जनाएको छ। भारतीय निकायहरूले नेपाललाई…

विस्तृतमा...

जनकपुरधाम- जनकपुरधामको गोदावरी मोर्डन हस्पिटलमा पाठेघरको शल्यक्रियाका लागि पुगेकी महिलाको मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ की ४० वर्षीय उर्मिलादेवी यादव बुधबार साँझ शल्यक्रियाअघि बेहोस गर्ने क्रममा निधन भएकी हुन् । घटनापछि मृतकका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गरेका थिए । तनावग्रस्त अवस्था देखिएपछि प्रहरीले मृतकका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको छ । मृतकका भान्जा आकाश यादवका अनुसार स्त्री रोग विशेषज्ञ डा. सुरेन्द्र कर्णको सल्लाहमा आवश्यक जाँचपछि उनी अप्रेसन थिएटरमा लगिएकी थिइन् । आकाशले मृत्यु साँझ ७ बजे भएको र अस्पतालले राति ९ बजे मात्र सूचना दिएको आरोप लगाए । अस्पताल सञ्चालक डा. अशोक अधिकारीले…

विस्तृतमा...

काठमाडौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जना र हिमालयन मेडिटेक प्रा.लि.माथि भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रतिष्ठानका लागि सीटी स्क्यान मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 128 Slice CT Scan Machine खरिद गर्दा आवश्यकताको पहिचान एवं गुरूयोजना नै नबनाई किनेको पाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । भण्डारीसहित प्रतिष्ठानका तत्कालीन का.मु.रजिष्ट्रार तथा डेपुटी फाईनान्स म्यानेजर कैलाश प्रसाद देव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम वि.सी., तत्कालीन बोयोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आषुतोश भण्डारी, त्रिभुवन…

विस्तृतमा...

काठमाडौं- हालसम्म नेपालमा निपाह भाइरसको संक्रमण पुष्टि भएको छैन । तर पूर्वी नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएसँगै नेपाल उच्च जोखिमको अवस्थामा रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् । यही जोखिमलाई ध्यानमा राख्दै सरकारले पूर्वी नाकाहरूमा निगरानी कडाइ गरिएको जनाएको छ । निपाह भाइरस एक अत्यन्त घातक र छिटो फैलिन सक्ने जुनोटिक भाइरस हो, जसको संक्रमण जनावरबाट मानिसमा सर्ने गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निपाह भाइरसलाई भविष्यमा महामारी फैलाउन सक्ने उच्च जोखिमयुक्त भाइरसहरूको सूचीमा समावेश गरेको छ । यसको मृत्यु दर ४० देखि ७५ प्रतिशतसम्म पुग्न सक्ने भएकाले यसलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा लिइन्छ । निपाह…

विस्तृतमा...

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस समेटिएको ७४औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् । काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार कुल ९४३ परीक्षार्थीमध्ये ३७२ जनाले मात्रै परीक्षा उत्तीर्ण गरे । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा केन्द्रमा मंगलबार र बुधबार कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालन गरिएको थियो । लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसतर्फ गरी ९६७ जनाले आवेदन दिएका थिए । तर तीमध्ये २४ जना परीक्षामा अनुपस्थित रहेको डा. देवले जानकारी दिए । एमबीबीएसतर्फ ७९३ जनाले फारम भरेका थिए भने ७७५…

विस्तृतमा...