

ललितपुर- बी एन्ड बी अस्पतालका वरिष्ठ चिकित्सकहरू प्रोफेसर डा. जगदीश लाल वैद्य र प्रोफेसर डा. अशोक कुमार बान्सकोटालाई ‘द एचआरएम नेपाल अवार्ड्स फर डिस्टिङ्गुइस्ड सर्भिसेस २०२५’ बाट सम्मान प्रदान गरिएको छ।
कर्पोरेट क्लब नेपाल प्रा.लि.द्वारा आयोजित ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स तथा अवार्ड्स फर डिस्टिङ्गुइस्ड सर्भिसेस २०२५’ समारोहमा उनीहरूलाई ‘Institution Builder’ विधामा सम्मान गरिएको हो।
स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएको कदरस्वरूप स्वतन्त्र निर्णायक समितिको निर्णयअनुसार उक्त सम्मान प्रदान गरिएको आयोजक कर्पोरेट क्लब नेपालले जनाएको छ।
कर्पोरेट क्लब नेपालका अनुसार प्रो. डा. वैद्य र प्रो. डा. बान्सकोटाले नेपाली स्वास्थ्य क्षेत्रको संस्थागत विकास, चिकित्सकीय सेवा र मानव संसाधन निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
सन् २००९ मा स्थापना भएको कर्पोरेट क्लब नेपालले प्रत्येक वर्ष विभिन्न विधामा कर्पोरेट तथा व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।


