स्वास्थ्य डायरी

कास्की- नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको समस्या देखा परेकाले निःशुल्क औषधि वितरण गरिएको थियो भने २४ जनालाई थप उपचारका लागि हिमालय आँखा अस्पताल ‘रिफर’ गरिएको थियो । शिविरको जिल्ला अदालत कास्कीका प्रमुख न्यायधीश हिमलाल वेलबासेले शुभारम्भ गरेका थिए । अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुभाष नेपालले शिविरमा उच्च अदालत र जिल्ला अदालतमा सेवारत र नेपाल बार कास्कीमा आवद्ध व्यक्तिले आँखा जाँच गराएका थिए । अस्पतालले विभिन्न साझेदारसँगका सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा निःशुल्क शिविर सञ्चालन गर्दै…

विस्तृतमा...

रुकुम पश्चिम- यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ । अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले राससलाई जानकारी दिए ।

विस्तृतमा...

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानका क्रममा अछाम पुगेका पत्रकार तथा युट्युबर दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। सिटौला अछाममा चुनावी अभियानका क्रममा एकाएक बेहोस भएपछि गम्भीर अवस्थामा नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याइएका थिए। अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चिकित्सकका अनुसार उनी एन्युरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित थिए। उनको निधनको खबरपछि परिवारका सदस्यहरू अस्पताल पुगेका थिए। परिवारले पोस्टमार्टम नगर्ने निर्णय गरेको छ। सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास…

विस्तृतमा...

भक्तपुर – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ । मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए । आज मन्त्री थापा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमसहितको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षणका क्रममा अस्पतालको स्तरोन्नति गर्ने निर्णय भएको जानकारी दिइएको हो । मन्त्री थापाले अस्पतालको नयाँ भवन निर्माणकार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिए ।

विस्तृतमा...

भोजपुर – ग्रामीण भेगमा रहेका आँखा रोगीको पहिचान गर्दै उनीहरूलाई सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष किरण राईका अनुसार माघ १८ देखि २३ गतेसम्म शिविर सञ्चालन गरिनेछ । गाउँघरमा रहेका आँखा…

विस्तृतमा...

पर्वत – लामो समयदेखि स्वास्थ्य बीमाको रकम नआउँदा पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल आर्थिक सङ्कटमा परेको छ । अस्पतालले स्वास्थ्य बीमा र डायलायसिस सेवा दिएबापत तीन करोड रुपैयाँभन्दा बढी रकम अझै पाउन सकेको छैन । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलका अनुसार गत आर्थिक वर्षदेखि नै सरकारले दिनुपर्ने रकम नआएकाले अस्पतालका नियमित काम प्रभावित भएका छन् । बीमा गरेका बिरामीको उपचार गरेबापत सरकारले भुक्तानी गर्नुपर्ने भए पनि समयमा रकम नआउँदा बक्यौता बढ्दै गएको छ । रकम नपाउँदा औषधि र उपकरण खरिद, कर्मचारीको तलब-भत्ता र अन्य दैनिक काम चलाउन गाह्रो भएको उनले बताए । पटकपटक माग गर्दा पनि सरकारले…

विस्तृतमा...

काठमाडौँ – भारतमा निपाह भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै इपिडियोलोजी तथा डिजिज कन्ट्रोल डिभिजन (ईडीसीडी) ले नमुना संकलन र परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका सार्वजनिक गरेको छ। निर्देशिकाअनुसार ज्वरोसँगै गम्भीर श्वासप्रश्वास समस्या देखिएका, चेतनास्तरमा परिवर्तन भएका वा निपाह प्रभावित क्षेत्रको यात्रा इतिहास भएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकरण गरिनेछ। विशेषगरी संक्रमित जनावर, खासगरी फलफूल खाने चमेरासँगको सम्पर्क, काँचो खजुराको रस सेवन गरेको इतिहास वा बंगलादेश, भारतको पश्चिम बंगाल तथा केरलाजस्ता निपाह प्रभावित क्षेत्रमा यात्रा गरेको विवरण भएमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। यस्ता लक्षण देखिँदै मृत्यु भएको वा गम्भीर अवस्थामा पुगेका व्यक्तिलाई ‘सम्भावित निपाह केस’ मानिने…

विस्तृतमा...

काठमाडौँ- काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत आजदेखि महानगरले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे घरघरमै पुगेर सर्वेक्षण थालेको हो। महानगरका अनुसार सेवा प्रवाहका लागि खटिने नर्सिङ कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ। उनीहरूलाई स्वास्थ्य परीक्षणका सामग्री, औषधि तथा डिजिटल सर्वेक्षणका लागि ट्याबलेटलगायतका उपकरणसमेत उपलब्ध गराइएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले सेवामा खटिने कर्मचारीले पदीय जिम्मेवारीसँगै मानवीय संवेदनशीलता देखाउनुपर्ने बताइन्। उनले भनिन्, “कोही नभएका ज्येष्ठ नागरिकलाई आवश्यक पर्दा सहयोग गर्ने कोही रहेछ भन्ने अनुभूति दिलाउने व्यवहार गर्नुहोला। आर्थिक अभाव वा पारिवारिक साथ नहुँदा उहाँहरूबाट अपेक्षित व्यवहार नआउन सक्छ, त्यसलाई स्वाभाविक…

विस्तृतमा...

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भएका चलचित्र पत्रकार दिनेश सिटौलालाई ब्रेन ह्यामरेज भएको पुष्टि भएको छ। हाल उनको काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार सिटौलालाई अस्पताल ल्याउनुअघि करिब ४५ मिनेटसम्म मुटुको चाल बन्द भएको थियो। “उहाँलाई ब्रेन ह्यामरेज भएको थियो। अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,” ग्रान्डी अस्पतालका एक चिकित्सकले जानकारी दिए। अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे औपचारिक विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ। चुनावी प्रचारका क्रममा सिटौला अछाम–२ बाट रास्वपाका उम्मेदवार भूपदेव शाहको घरमा बालेनसँगै पुगेका थिए। त्यही क्रममा उनी एक्कासि बेहोस…

विस्तृतमा...

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोग (नेग्लेक्टेड ट्रपिकल डिजिज–एनटीडी) चुनौतीका रूपमा देखा पर्दै गएको छ । पर्याप्त सरसफाइको अभाव, रोगबाहक कीटाणु, जनावरसँगको प्रत्यक्ष सम्पर्क र गरिबीका कारण यी रोगको संक्रमण प्रदेशका विभिन्न जिल्लामा बढ्दो क्रममा रहेको छ । उपेक्षित उष्णप्रदेशीय रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी तथा विषाक्त पदार्थका कारण लाग्ने गर्दछ । विश्वमा व्याप्त २१ प्रकारका रोगको समूहलाई उपेक्षित उष्णप्रदेशीय रोगको श्रेणीमा राखिएको छ । तीमध्ये नेपालमा हाल ११ प्रकारका रोग देखापर्ने गरेका छन् । त्यसमा डेंगु, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुकाको संक्रमण, सर्पदंश, लुतो, हात्तीपाइले, फित्तेजुका, कालाजार, माइसेटोमा, क्रोमाब्लास्टोमाइकोसिस तथा अन्य डिप माइकोसेस समावेश छन् ।…

विस्तृतमा...