काठमाडौं- युट्युब च्यानलमा देखाइएको तौल घटाउने उपायको विश्वास गरेर बोरेक्स सेवन गरेपछि तमिलनाडुको मदुरैस्थित एक कलेजकी छात्राको मृत्यु भएको छ । मृतक छात्रा मदुरैको सेलूर क्षेत्र अन्तर्गत मीनाम्बलपुरमकी स्थायी बासिन्दा कलैयारसी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कलैयारसी निजी कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् । प्रहरीका अनुसार उनको तौल केही बढी भएकाले तौल घटाउने उद्देश्यले उनले युट्युब च्यानलमा गरिएको दाबीका आधारमा स्थानीय औषधि पसलबाट बोरेक्स खरिद गरेकी थिइन् । तौल घट्छ भन्ने आशामा उनले उक्त पदार्थ सेवन गरेकी थिइन् । सेवन गरेको केही समयमै उनलाई तीव्र वान्ता सुरु भयो र उनी बेहोस भइन् । त्यसपछि उनलाई एक निजी…
स्वास्थ्य डायरी
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । प्रारम्भिक परीक्षणपछि उनलाई थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । यद्यपि, उनको उपचार भने त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकहरूको टोलीले गरिरहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका अनुसार नेता नेपाललाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने (घ्यार–घ्यार) समस्या पनि देखिएको छ । टिचिङ अस्पतालमा भीआईपी क्याबिन उपलब्ध नभएपछि उनलाई मनमोहन सेन्टरमा राखेर उपचार गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।…
काठमाडौं- अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री रहँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताएकी छन्। बिहीबार काठमाडौँमा आयोजित ६४ औँ वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको र वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य तथा मातृशिशु मृत्युदर घटाउने कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिने उल्लेख गरिन्। साथै, स्वास्थ्य प्रणालीको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको उनले जिकिर गरिन्। मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद-बिक्री र आपूर्ति व्यवस्थालाई सुदृढ बनाउने योजना अघि सारेकी छन्। सम्बोधनका क्रममा उनले भनिन्, “मैले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएकी छु। हाम्रो देशबाट…
कैलाली- नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले प्रदेशको कैलालीमा यो रोग पत्ता लाग्ने दर बढ्दै गएको बताए। “समग्र देशको सन्दर्भमा कुष्ठ रोग निवारण भइसकेको छ”, उनले भने, “सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा बिरामी आउँछन्, सोको करिब ६८ प्रतिशत कैलालीमा देखिएका छन् ।” रोगी पत्ता लाग्ने दर नघट्दा यसको निवारण चुनौतीपूर्ण बन्न थालेको उनको भनाइ छ । समग्र देशको तथ्याङ्क भने प्रतिदश हजार जनसङ्ख्यामा शून्य दशमलव…
काठमाडौं- नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्याउने उद्देश्यले सञ्चालन भएको स्वास्थ्य बीमा कार्यक्रम वित्तीय असन्तुलन र नीतिगत कमजोरीका कारण संकटतर्फ धकेलिएको देखिएको छ। ठूला स्वास्थ्य संस्थाहरूले धमाधम सेवा रोक्दा बिरामीहरूले ठूलो असुविधा भोग्नुपरेको छ। बीमामार्फत दाबी भुक्तानी समयमै नपाएको भन्दै अस्पतालहरूले सेवा बन्द गर्न थालेपछि बीमाको दिगोपनमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले करिब ४० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी नपाएको भन्दै माघ १ देखि बीमामार्फतको सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। टिचिङ परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पनि बीमा सेवा बन्द गरेको छ। यसअघि गंगालाल अस्पताल लगायतका स्वास्थ्य संस्थाले पनि बीमा सेवा…
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सेलुलाइटिस भएको पुष्टि भएको छ। टिचिङ अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो। अस्पतालका चिकित्सकका अनुसार सेलुलाइटिस छालाको भित्री तहसम्म हुने संक्रमण हो। छालाभित्र कीटाणुको संक्रमण फैलिँदा प्रभावित स्थान सुन्निने, रातो देखिने, दुख्ने तथा तातो महसुस हुने लक्षण देखिन्छ। अस्पतालले हाल लामिछानेलाई संक्रमण नियन्त्रणका लागि नसाबाट एन्टिबायोटिक दिइरहेको जनाएको छ। उनी हाडजोर्नी विभाग अन्तर्गत भर्ना छन् भने अन्य स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ। लामिछानेलाई जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा देब्रे खुट्टामा चोट लागेको थियो। सोही चोटका कारण संक्रमण बढेर सेलुलाइटिस…
सर्लाही- सर्लाहीको मलङ्वा नगरपालिकामा २३ जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा विशेष खोप अभियान सुरु गरिएको छ। दादुरा देखिएको मलङ्वा नगरपालिका–३ तथा त्यससँग जोडिएका वडा नम्बर २, ४, ८, ९ र १० मा छ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन थालिएको हो। जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाका अनुसार दादुरा सङ्क्रमण देखिएको मलङ्वा नगरपालिका–३ सहित सिमाना जोडिएका ६ वटा वडाका करिब आठ हजार बालबालिकालाई खोप लगाइनेछ। गत पुस २४ गते मलङ्वा नगरपालिका–३ को मुस्लिम टोलमा पाँच वर्षीय एक बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएको थियो। प्रयोगशाला परीक्षणबाट…
काठमाडौँ- सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र दीगो बनाउन स्वास्थ्य बीमा बोर्डले सेवाग्राही र सेवा प्रदायक दुवै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। मंगलबार एक अपिल जारी गर्दै बोर्डले ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा जिम्मेवार रूपमा प्रयोग गर्न, बीमा सेवाको दुरुपयोग नगर्न तथा अनावश्यक परीक्षण गराउन चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दबाब नदिन अनुरोध गरेको छ। त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, प्रयोगशाला परीक्षण तथा उपचार गर्न र प्रचलित कानुन, बोर्डद्वारा जारी निर्देशिका, कार्यविधि तथा परिपत्रको पूर्ण पालना गर्न बोर्डले आग्रह गरेको छ। स्वास्थ्य बीमा…
भारत+ भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत सङ्क्रमण फैलिन नदिइएको स्पष्ट पारेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्ने बताइएको छ। यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएका १९६ जनाको पहिचान गरी परीक्षण गरिएको छ र सबैको नतिजा नकारात्मक…
पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बीमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताइन् । अहिले पनि थुप्रै अस्पतालले स्वास्थ्य बीमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै उनले सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताइन् । अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै रु एक अर्ब बीमा बोर्डलाई भुक्तानी भएको उनको भनाइ छ । मन्त्री गौतमले आफूले विभिन्न…

