लहान – लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको शवगृहमा राखिएको एक किशोरीको शव अर्कै परिवारलाई जिम्मा दिएपछि गम्भीर लापरबाही सार्वजनिक भएको छ । घटनापछि मृतक निशाको परिवारले शव माग्दै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन् । सिरहाको गोलबजार नगरपालिका–३, जम्दह निवासी पूर्णबहादुर बानियाँकी करिब १६ वर्षीया छोरी निशा गत शनिबार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि उनको शव लहानस्थित उक्त प्रादेशिक अस्पताल पठाएको थियो । सोही दिन सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया किशोरी राधिका साहको शव पनि पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको थियो ।…
स्वास्थ्य डायरी
गण्डकी- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा सुधारको खाँचो रहेको औंल्याएकी छन्। पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहमा उनले स्वास्थ्य बिमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेको बताइन्। “स्वास्थ्य बिमा कार्यक्रमका लागि यस वर्ष सरकारले रु ११ अर्ब विनियोजन गरेको थियो, त्यो बजेट सकिएर अर्को ११ अर्ब खर्च भइसकेको छ”, मन्त्री गौतमले भनिन्, “स्वास्थ्य बिमामा भइरहेको दुरुपयोग नरोक्ने हो र खर्चमा मितव्ययिता नअपनाउने हो भने अब राज्यको क्षमताले यसलाई भ्याउँदैन।” स्वास्थ्य बिमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने प्रवृत्तिले चुनौती थपिएको उनको भनाइ छ। “स्वास्थ्य बिमा हुनेखाने र…
सिरहा- लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्येष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको हो । गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो । रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए । हिजाे बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा त्यहाँ शव फेला पारेनन् । अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र…
काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रूपमा एचपीभी खोप लगाइने जानकारी दिए । “खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाइने छ”, गौतमले भने, “कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउनेछन् । फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरूलाई खोप लगाइसक्ने हाम्रो तयारी छ ।” उनले अहिले खोप लगाउने…
सुर्खेत- कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोर-किशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतको तथ्यांक अनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन् । बीस वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचाररत रहेका अस्पतालका सर्जन डा. सुवास शर्माले जानकारी दिए । ‘तीमध्ये साइकोसिस, अटिजमलगायत समस्या भएका व्यक्ति बढी देखिएका छन् । कम उमेरमा मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक विषय हो’, उनले भने । डा. शर्माका अनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका पाँच र क्यान्सरका एक जना बालबालिका उपचाररत छन् । अस्वस्थ जीवनशैली, पत्रुखानाको बढ्दो प्रयोग, शारीरिक…
काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. नवीस मान सिंह प्रधान नियुक्त भएका छन्। नवनियुक्त डिन प्रा.डा. प्रधान २३ वर्षदेखि प्रतिष्ठानमा चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय छन्। उनी प्रतिष्ठानका वरिष्ठ अर्थोपेडिक्स सर्जन र प्राध्यापकसमेत हुन्। डा. प्रधानले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको चिकित्सा शिक्षा, क्लिनिकल सेवा र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनी चीनको पेकिङ युनिभर्सिटीबाट अर्थोपेडिक्समा एमएस गरेका हुन्। जोर्नी प्रत्यारोपण र काँधसम्बन्धी शल्यक्रियामा विशेष दक्षता राख्ने डा. प्रधानलाई अनुभवी चिकित्सक र शिक्षकको रूपमा चिनिन्छ। उनको नेतृत्वमा स्कुल अफ मेडिसिनले शिक्षा, सेवा र अनुसन्धान क्षेत्रमा अझ मजबुत प्रगति गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ । बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । ‘स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै नै त्रुटि हुने गर्दछन्,’ उनले भने, ‘स्वास्थ्य संस्थाले गर्ने दाबी बापतको रकमलाई पुनः एकपटक त्यही स्वास्थ्य संस्थामा पुनरावलोकन गर्नका लागि समिति बनाउनु आग्रह गरेको हौँ ।’ उनले स्वास्थ्य बीमा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि–२०८० अनुसार दाबी रुजु तथा मूल्यांकन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक…
मुगु- बदलिँदो जीवनशैलीसँगै फिजियोथेरापी उपचारप्रति जनविश्वास बढ्दै जाँदा गण्डकी अस्पतालको फिजियोथेरापी विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ। मानव स्वास्थ्यमा फिजियोथेरापीको महत्त्वबारे चेतना बढेसँगै हाडजोर्नी तथा नशासम्बन्धी समस्याका बिरामीहरू फिजियोथेरापीलाई प्रभावकारी उपचार विधिका रूपमा अपनाउन थालेका छन्। यसका कारण गण्डकी अस्पतालको फिजियोथेरापी ओपिडीमा दैनिक ६० देखि ९० जना बिरामीले उपचार तथा परामर्श लिने गरेका छन्। गण्डकी अस्पताल फिजियोथेरापी विभागका चिकित्सक अजित पाण्डेका अनुसार करिब एक दशकअघि अस्पतालमा फिजियोथेरापी सेवा सुरु गर्दा अधिकांश सेवाग्राहीलाई फिजियोथेरापी के हो भन्ने सामान्य जानकारीसमेत थिएन। “त्यो समयमा फिजियोथेरापीलाई धेरैले औषधि उपचारसँग मात्र तुलना गर्थे,” उनले भने। तर पछिल्लो समय…
झापा – झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला परेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको हो। स्वास्थ्य कार्यालय झापाका अनुसार पुस मसान्तसम्म फेला परेका यी नयाँ बिरामीमध्ये एक जना बालबालिका समेत रहेका छन्। जिल्लाका १५ पालिकाहरूमध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिका कुष्ठरोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन्। यी दुई पालिकामा मात्रै १२/१२ जना नयाँ बिरामी भेटिएका छन्। यस्तै शिवसताक्षी, बाह्रदशी र बिर्तामोडमा ५/५ जना, भद्रपुरमा ४ जना, मेचीनगरमा ३ जना तथा बुद्धशान्ति, गौरादह र गौरीगञ्जमा २/२ जना नयाँ बिरामी पहिचान भएका छन्।…
काठमाडौं- सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले आजबाट दादुराविरुद्धको खोप अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र विभिन्न साझेदार संस्थासँगको समन्वयमा घर–घरमा खोजपडताल, निगरानी, जनचेतना अभिवृद्धि तथा आपतकालीन दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो। स्वास्थ्य सेवा विभागको बाल तथा खोप शाखाका अनुसार आजबाट मलङ्गवा नगरपालिका वडा नं ३ का साथै २, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गरी दादुराविरुद्धको खोप दिइनेछ। त्यस क्षेत्रमा हालसम्म ७ जनामा दादुरा संक्रमण भएको प्रयोगशालाबाट पुष्टि भइसकेको छ भने २३ जना शंकास्पद बिरामी फेला परेका छन्।…

