स्वास्थ्य डायरी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाको टिकट काउन्टरबाट संकलित राजस्व हिनामिना गरेको अभियोगमा तत्कालीन दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवलाई मुख्य प्रतिवादी बनाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका आठवटा बिल काउन्टरबाट उठेको सेवा शुल्क बैंकमा दाखिला नगरी हिनामिना गरिएको आयोगको ठहर छ। अनुसन्धानका क्रममा सफ्टवेयर प्रणालीमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर विवरण तुलना गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा बराबरको फरक भेटिएको आयोगले जनाएको छ। आयोगका अनुसार तत्कालीन…

विस्तृतमा...

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष तथा सोभन्दा माथिका नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा दिने कार्यक्रम सुरु गरेको विषयमा आयोगले पत्राचार गरेको हो। आयोगका अनुसार यस सम्बन्धमा कार्यबाहक नगरप्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि स्पष्टीकरण माग गरिएको हो। निर्वाचन आचारसंहिता २०८२ को दफा ५ (क) (ग) अनुसार वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएका नयाँ नीति, योजना वा कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था छ। सोही सन्दर्भमा आयोगले महानगरपालिकालाई उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको हो वा होइन भनी स्पष्ट जवाफसहित कागजात पेश गर्न निर्देशन दिएको छ। यदि कार्यक्रम…

विस्तृतमा...

भक्तपुर – क्षयरोगका बिरामीलाई अन्तरङ्ग सेवा सञ्चालन गर्ने लक्ष्यका साथ १०० शय्याको अस्पताल भवन निर्माण भए पनि सेवा सञ्चालनमा ल्याउन नसकिएका विषयमा साेमबार बृहत् छलफल गरिएको छ । सो छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सो सम्बन्धमा सङ्घीय सरकारसँग पनि समन्वय तथा पहल गर्ने बताए । मध्यपुरथिमिस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै उनले चार वर्ष अगाडि नै अस्पताल सञ्चालनका लागि भवन निर्माण सम्पन्न भएपनि सेवा सञ्चालन हुन नसक्नु दुःखद् भएको बताए । राष्ट्रिय क्षयरोग केन्द्रका कार्यकारी निर्देशक डा. भुवन पौडेलसहितको उपस्थितिमा भएको छलफलमा मन्त्री मगरले अस्पतालले तत्काल अन्तरङ्ग सेवा सञ्चालन गरी क्षयरोगका बिरामीलाई अस्पतालमै…

विस्तृतमा...

बाजुरा– बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभरका एक हजार ८०६ जना किशोरीलाई यो खोप लगाउने तयारी पूरा भएको छ । यही माघ २७ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने यस अभियानमा विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेटिने छ । स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काका अनुसार जिल्लाका कक्षा ६ मा अध्ययनरत एक हजार ७८१ र विद्यालय बाहिर रहेका २५ जना किशोरीलाई खोप दिइने लक्ष्य राखिएको छ । विद्यालय बाहिर रहेका किशोरीहरुमध्ये बुढीगङ्गामा १६, बडीमालिकामा ६ र त्रिवेणी नगरपालिकामा एक जना रहेका छन् ।…

विस्तृतमा...

भक्तपुर – बागमती प्रदेश सरकारले भक्तपुरको सूर्यविनायकमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ। २०७५ सालदेखि काभ्रेको धुलिखेलमा सञ्चालन गर्ने तयारी गरिए पनि जग्गा अभावका कारण अन्योलमा परेको यो प्रयोगशाला अन्ततः सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा स्थानान्तरण गरी सञ्चालन गरिएको हो। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले सोमबार आफैँले रगत परीक्षण गराएर प्रयोगशालाको उद्घाटन गरेका छन्। हाल सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयको खाली भवनमा सञ्चालनमा आएको यो ल्याबका लागि सोही क्षेत्रमा ११ करोड रुपैयाँको लागतमा आफ्नै अत्याधुनिक भवन निर्माण प्रक्रिया समेत अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रयोगशालाका लागि ५ रोपनी जग्गा प्राप्त भइसकेको र एक वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न हुने मन्त्री थापाले…

विस्तृतमा...

काठमाडौं- पश्चिम नेपालमा सिकलसेलपछि सबैभन्दा धेरै देखिने थालेसिमिया रोगका बिरामीले अब सरकारबाट एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन् । सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रममा थालेसिमियालाई पनि समेटेसँगै अब यस रोगका बिरामीले सरकारी आर्थिक सहयोग पाउने व्यवस्था भएको हो । यसअघि थालेसिमियाका बिरामी सरकारी उपचार सुविधाको दायराभन्दा बाहिर रहेका थिए । नयाँ व्यवस्थासँगै उनीहरूले औषधि, शल्यक्रिया, औषधिजन्य सामग्री तथा प्रयोगशाला सेवासमेत एक लाख रुपैयाँसम्म निःशुल्क प्राप्त गर्न सक्ने भएका छन् । सिकलसेल तथा थालेसिमिया रोग विज्ञसमेत रहेका भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले थालेसिमियाका बिरामीले अब भेरी अस्पतालबाटै सो सेवा लिन सक्ने जानकारी दिए ।उहाँका अनुसार यसअघि…

विस्तृतमा...

कञ्चनपुर- छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ। भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए। उनका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ। “नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ”, जोशीले भने– “हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखिकरण समेत गराइएको छ।” उनले कोभिड–१९ को समयमा बनाइएका आइसोलेस वार्ड समेत तयारी अवस्थामा राखिएको बताए। भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएकाले यसको जोखिम पश्चिम…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य बीमाबाट बीमित बिरामीले अब एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा लिन पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले ओपीडी सेवामा बढ्दो वित्तीय भार नियन्त्रण गर्न नयाँ सेवा वर्गीकरण लागू गर्न लागेको हो । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बीमाको ठूलो हिस्सा ओपीडी सेवामै खर्चिन थालेपछि सन्तुलन मिलाउन यो निर्णय गरिएको हो । उनका अनुसार २५ हजार रुपैयाँभन्दा बढीको उपचार खर्च अब अस्पताल भर्ना, प्रयोगशाला (ल्याब) परीक्षण तथा आकस्मिक उपचार सेवामा मात्र उपयोग गर्न सकिनेछ । बोर्डले आगामी फागुन १ गतेदेखि यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ…

विस्तृतमा...

चितवन – भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ । डा सापकोटाले भने, “भिटामिन डी हर्मोन पनि हो । हाम्रो…

विस्तृतमा...

गोरखा- गोरखाको अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षीया सुबी गुरुङले दुई वर्षपछि पुनः संसार देख्न सफल भएकी छन्। लामो समयदेखि मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएकी उनलाई छोरा कान्छा गुरुङले बोकेर अस्पतालसम्म पुर्‍याएका थिए। शल्यक्रियापछि आँखाको पट्टी खोलिएसँगै सुबीको अनुहारमा खुसीको सीमा रहेन। स्वास्थ्यकर्मीले आँखा सफा गरेर चस्मा लगाइदिएपछि उनले मान्छे चिन्न थालेकी छन्। आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिँदै उनी अब लौरो र सहाराबिना नै हिँड्न सक्ने भएकी छन्। सुबी मात्र होइन, भच्चेकमा सञ्चालित निःशुल्क आँखा शिविरमा उनीजस्तै २७ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ। अजिरकोट–३ डिहिटारका ९१ वर्षीय गुणनिधि अधिकारी पनि शल्यक्रियापछि आँखा देख्ने भएपछि दंग छन्। बुबाले आँखा देखेपछि छोरा…

विस्तृतमा...